निर्णय नं. १६९० - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६९० - लेनदेन भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०६/१६ २३८८ निर्णय नं. १६९० ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको दे.पु.नं. ४८६ फैसला भएको मिति : २०४०।६।१६।१ मा पुनरावेदक/प्रतिवादी : जिल्ला बारा प्रगन्ना भटेरुवा गा.पं.वडा नं.७ बस्ने मिश्री सा कानु विरूद्ध विपक्षी/वादी : ऐ.वार्ड नं.६ बस्ने विदेशी सा कानू मुद्दा : लेनदेन (१) थपी लेखिएको लिपीहरूको मसी लिखत व्यहोराको समुचा लिपिहरूको मसीको तुलनामा फरक छ भनी विस्तृत विवरण दिएको देखिन्छ, विशेषज्ञको उक्त कारणहरू लिखत हेर्दा पनि मिलेको नै देखिएकोले लिखतलाई कीर्ते ठहर्‍याएको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. मध्माञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चबाट २०३७।१०।२०।२ मा भएको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने २०३७।११।२५।१ को निवेदनपत्रमा २०३८।१२।११।४ को आदेशले पुनरावेदकको अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको रहेछ । २. २०३०।४।११।५ का दिन मबाट विपक्षीले घर खर्च गर्न भनी रू.५,४९७। लिई सो रूपैयाँमा आफ्नो नामको पटेर्वा पञ्चायत वार्ड नं.४ कि.नं.५३ को जग्गा बिगाहा ०–१२–८, २०३० सालको बाली देखि सुक्रीबिक्री राजीनामा लेखी दिएको लिखत पारित गरी नदिई म्याद गुजारी दिएकोले लिखत कपाली भएको हुँदा साँवा ब्याज नबुझाएकोले साँवा रू.५,४९७। सयकडा १० ले आजतक ब्याज रू.५८९।३९ समेत साँवा ब्याज समेत जम्मा रु. ६,०८६।३९ र फैसला मितिसम्मको ब्याज तथा कोर्टफी समेत दिलाई भराई पाउँ भन्ने समेतको व्यहोराको फिरादपत्र रहेछ । ३. वादी दावी बमोजिम मैले वादीसँग रूपैयाँ लिई जग्गा राजीनामा लेखी दिएको छैन वादीसँग मैले ०३९।४।११।५ मा रू.४९७। लिखत गरी दिएको थिएँ रू.५,४९७। लिखत गरेको छैन वादीसँग लिएको रू.४९७। २०३० साल मार्ग महीनामा बुझाइसकेको छु सक्कल लिखत पाए पूर्ण विवरण खुलाउनेछु वादीको लिखत कीर्ते जालसाजी हुनुपर्छ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र रहेछ । ४. २०३०।४।११।५ को लिखतमा लेखिएको रू.५,४९७। मा ५ को अड्ढ पछि थपिएको हो र अक्षरमा पनि चौवन्न सौ लेखिएकोले चारसौ भन्नेमा अक्षर उडाई चौवन्न सौ गराएको हो । ४९७। को लिखतलाई कीर्ते गरी ५,४९७। गराएको हो भन्ने समेत व्यहोराको प्रतिवादीको वारेश माधव उपाध्यायको बयान रहेछ । ५. लिखत बमोजिम रू.५,४९७। लिएर जग्गा ०–१२–८ को लिखत गरी दिएको ठीक हो प्र.वा.को बयान बमोजिम ५ को अड्ढ पछि थपेको होइन लिखत सच्चा हो भन्ने समेत व्यहोराको वादी वा.यदुनन्दन कायस्थको बयान रहेछ । ६. धनी विदेशी सा कानू ऋणी मिश्री सा कानु गएको रू.५,४९७। को लिखत ज.वि.०–१२–८ को (३३३) ०३०।४।११ को सक्कल लिखत बमोजिम रू.५,४९७। लिनुभएको ठीक साँचो हो यसमा पछि ५ को अड्ढ थपेको होइन भन्ने समेत व्यहोराको लिखत साक्षी चन्दर सा कानु इनरदेव महतोको वा.चन्दर साकानु अर्तिनन्दन निधिकास्थको बयान रहेछ । ७. लिखतको प्रकृति समेतबाट प्रतिवादीको बयान जिकिर मुताविक रू.४९७। को लिखतलाई रू.५,४९७। को गराई कीर्ते गरेको ठहर्छ भन्ने समेत शुरू बारा जिल्ला अदालतको फैसला बयान रहेछ । ८. बारा जिल्ला अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन रहेछ । ९.