निर्णय नं. १६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६९२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/३१ २२५७ निर्णय नं. १६९२ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रिट नं. १७४७ आदेश भएको मिति : २०४०।५।३१।६ मा निवेदक : जि.धनुषा नगराइन गाउँ पञ्चायत वडा नं.२ बस्ने शिवनारायण निधि विरूद्ध प्रतिरक्षी : जि.धनुषा, जनकपुर नगरपञ्चायत जनकपुर धाम समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) नक्सा बमोजिमको बनाइने घरले चर्चेको जग्गा सम्बन्धमा विवादको निरोपण नगरेको हुँदा तेरो मेरोमा प्रवेश गरेको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी जनकपुर नगरपञ्चायतले ०३८।२।१३।३ मा गरेको निर्णय र सो आधारमा जारी गरिएको आदेश समेतलाई बदर गरिपाउँ भनी यस अदालतमा मिति ०३८।३।३१।४ मा निवेदन दर्ता भएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर : जि.म.जलेश्वर गा.पं.वडा नं.९ को किशोरी पाठक सँग ०३६।५।२६ गते रू.२५,०००। मा जनकपुर न.पं.वडा नं.४(ख) कि.नं.९८ को ०–२–० दुई कठ्ठा मध्ये पश्चिम तर्फबाट बाटोको लागि ०–०–३ धुर छुट्याई बाँकी रहेको ०–१–१७ मध्ये जि.ध.सबैला गा.पं.वडा नं.३ को रिता नायकलाई उत्तरतर्फबाट पहिले ०३५।९।१६ मा राजीनामा गरेको ०–०–१४ धुर कटाई बाँकी रहेको दक्षिणतर्फको ०–१–३ धुर जग्गा मैले राजीनामा गराई भोग गर्दै आएको छु। ३. मेरो र रिता नायकको राजीनामा बमोजिमको जग्गा छुट्याउनु पर्नेमा रिता नायकले आफ्नो भोग भनी देखाएको राजीनामा भन्दा बढी जग्गालाई निजको भन्दै मुचुल्का खडा गरी ल्याएकोमा रिता नायकले हक प्राप्त गरेको भन्दा बढी र फरक भएकोले विरोध जनाउँदा सो सन्दर्भमा अद्यापि पनि विवादको अन्त भइसकेको छैन । प्रतिरक्षीले ०–०–१४ धुर जग्गालाई आफ्नो देखाई निजको जग्गा मिची घर बनाएकोमा निजको पहिलो उजूरीबाट घर बनाउने काम रोक्का समेत रहेको पूर्जि जाँदा जाँदै पनि प्रतिरक्षीले उक्त जग्गा शान्ति सुरक्षाको लागि जि.का.धनुषामा निवेदन दिइएकोमा जि.का.धनुषाले जनकपुर न.पं.मा पठाई दियो । जनकपुर नगरपञ्चायतले आफूले ऐनले हेर्न नहुने तेरो मेरो विवाद परेको साँधको सीमाना सम्बन्धी प्रमाण बुझी फैसला गर्नुपर्ने कुरामा आफ्नो ओभरसियरद्वारा प्रतिवेदन लिई अनधिकृत किसिमले हकदैया नै नभएको असम्बद्ध व्यक्तिको उजूरीबाट रू.१५। जरिवाना गरी सीमाना छुट्याई दिने ठहर्याई ०३८।२।१३।३ मा निर्णय गरेको सूचना प्रधान अधिकृत मार्फत मिति ०३८।२।२२ मा पत्र दिएको भन्ने व्यहोरा उल्लेख गर्दै निवेदन दिएको रहेछ । ४. न.पं.को ओभरसियरको प्रतिवेदनबाटै पनि जग्गा तेरो मेरोको अवस्था देखिन आउँछ । मैले ५ फिट जग्गा च्यापेको छ छैन भन्ने कुरा राजीनामा बमोजिमको जग्गा नाप नक्सा गरी तेरो मेरोमा निरोपण गर्नु पर्ने विवाद हो । रिता नायकको त्यस सम्बन्धमा कुनै उजूरी छैन, परेको अवस्थामा न.पं.ले तेरो मेरोमा अदालतमा जानु भनी सुनाउनु पर्ने हुन्छ र त्यस्तो अवस्थामा रिता नायकले अदालतबाट मैले घर बनाएको ठाउँ निजको जग्गा भित्र घुसेको ठहर्याई फैसला गराई लिएमा निजको हकको स्वतः प्रचलन हुने नै हुँदा अ.बं.८२ नं.तथा (३३८) ऐनको दफा १७(१)(ढ) को प्रतिकूल निर्णय गरिएको हुनाले अनधिकृत निर्णय र सो को आधारमा जारी गरिएको आदेश समेतलाई उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन