निर्णय नं. १६९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६९३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/०६ २३८९ निर्णय नं. १६९३ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. १८४४ आदेश भएको मिति : २०४०।७।६।१ मा निवेदक : पर्सा जिल्ला वीरगञ्ज न.पं.वडा नं.१२ बस्ने बैजनाथप्रसाद शाह विरूद्ध विपक्षी : निमित्त प्रशासन शाखा अधिकृत, नन्दकिशोरप्रसाद सिंह समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अस्थायी ३ महीने म्याद नोकरी मात्रै जिल्ला शिक्षा कार्यालय पर्सामा गरेको भन्ने रिट निवेदन लेखाईबाट देखिएको हुँदा नियम विपरीत काम गरेको ठहराई निवेदकलाई बरखास्त गर्ने गरेको (३४०) वीरगञ्ज चिनी कारखाना लि.को निर्णय कानुन बमोजिमको नै देखिने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री नूतन थपलिया विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी वीरगञ्ज चिनी कारखानाले २०२८।११।१० मा गरेको निर्णय सम्पूर्ण कारवाही समेत बदर गरिपाउँ भनी यस अदालतमा मिति ०३९।३।१८।६ मा निवेदन दर्ता भएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : वीरगञ्ज चिनी कारखानामा ०३०।९।१३ मा अस्थायी नियुक्ति क्रसिड्डसिजनको लागि पाएको थिएँ र ०३१।१०।८ देखि एकाउण्ट क्लर्क पदमा रिटेनिड्ड भत्ता समेत पाउने गरी (काम नभएको सिजनमा अर्थात बर्ष करिब ८ महीना जति तलव नपाए तलबको आधा रिटेनिड्ड भत्ता पाउने गरी) मासिक तलब मोरु. १७०। मा नियुक्ति भएको थिए । सिजन नभएको समयमा हाल रिटेनिङ्ग भत्ता मासिक मो.रु.२८४।४० ले मात्रै नपुगी अस्थायी नोकरी गर्न बाध्य भएको छु । अनैतिक नबनी संस्थानको ड्युटी पूरा गरी अर्को ठाउँमा अस्थायी नोकरी गर्दैमा मैले संस्थानको हानी नोक्सानी गरेको छैन र सो संस्थान नियम विपरीत काम पनि गरेको छैन । अस्थायी तीन महीने म्यादी नोकरी मात्रै जिल्ला शिक्षा कार्यालय पर्सामा गरेको छु । अस्थायी म्यादी नोकरी गरेकोमा सम्बन्धित संस्थानलाई सूचना दिनुपर्ने वीरगञ्ज चिनी कारखानाको नियमावलीमा कतै उल्लेख छैन भनी स्पष्ट रूपमा जवाफ दिएको थिएँ । मिति २०३८।११।१० को निर्णय अनुसार तपाईं रिटेनिड्ड पाउने सिजनल स्थायी कर्मचारी भई सिजनको अवधिमा कारखानाको पूरा समय काम गरी सकेपछि शिक्षा कार्यालय पर्साको काममा पनि हाजिरी भई यसरी सरकारी कार्यालय शिक्षा शाखा र कारखाना समेत दोहरो नोकरी गरी दोहरो महंगी चामल भत्ता तथा बडा दशैंको खर्च खाएको प्रमाणित हुन आएकोले तपाईंलाई मिति ०३८।११।११ देखि कारखानाको सेवाबाट मुक्त गरिएको पत्र पाएँ पछि म्यादै भित्र पुनरावेदन दिएको थिएँ । आरोप पटक–पटक फेरि मलाई मेरो पदबाट बरखास्त गर्ने गरेको निर्णय बदरभागी छ । चिनी कारखानाको नियमावली र कम्पनी ऐनले आदेश वा सूचनालाई नियम भनी कानुनी मान्यता दिँदैन । उपरोक्त नियमावली, २०२९ को पछि धेरै आदेश वा सूचना निकालिएको छ । ती सबै नियम हुनसक्दैन र यसै नियमावलीमा थपिएको पनि छैन । नेपालको संविधान, २०१९ को भाग १३ को धारा ७८ को संशोधित उपधारा (३)(क) अनुसार श्री ५ को सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्था वा त्यस्तो संस्थाको स्वामित्व वा नियन्त्रण भएको अन्य संस्थाको कर्मचारी सेवा शर्त सम्बन्धित नियम र त्यस्तो संस्थाको सेवा पदमा