निर्णय नं. १६९४ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६९४ - ज्यान भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०६/१७ २५६९ निर्णय नं. १६९४ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको फौ.पु.नं. २३८ सम्वत् २०३९ सालको फौ.सा.नं. ९० फैसला भएको मिति : २०४०।६।१७।२ मा पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला भद्रकाली गा.पं.वडा नं.३ घर भई हाल केन्द्रीय कारागारमा बस्ने कृष्णबहादुर भण्डारी क्षेत्री विरूद्ध विपक्षी/वादी : भीमबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) प्रहरीमा गरेको साविती बयान समेतको आधारमा निजले कसूर गरेको ठहर्‍याई गरेको इन्साफ सदर ठहर्ने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्द विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर उल्लिखित मुद्दा : निवेदक मोहर मल्ली प्रसलमान समेत विपक्षी श्री ५ को सरकार भएको ज्यान मुद्दा ०३८ सालको फौ.पु.नं. ८ मा प्रतिपादित सिद्धान्त फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चबाट २०३९।२।१२।४ मा भएको फैसला बदर गरिपाउँ भन्ने २०३९।४।६ को कृष्णबहादुर भण्डारीको पुनरावेदन तथा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार रहेछ । २. २०३७।४।३ गतेका दिन बिहान ७ बजे कौडोल तिर जान लागेको बाटोमा पर्ने डेलीको सल्लाको रुखमा रातो कपडा लगाएकी अं.वर्ष १३ की नाम नजानेकी कृष्णबहादुरको घरमा बसेकी केटी सानो पटुकाले घाँटीमा बाँधी झुण्डी मरी रहेको देखी निज केटी कर्तव्यबाट मर्न गएको शड्ढ लागेकाले कारवाही गरिपाउँ भन्ने ०३७।४।२ को प्र.ह.भीमबहादुरको प्रतिवेदन रहेछ । ३. भद्रकाली गा.पं.वडा नं.३ को बडेली भन्ने गाउँ नजिकको सल्लाको रुखको फेदमा पूर्वउत्तर मुख पश्चिमदक्षिण पीठ पारी अं. ५ फिट उचाईको २ इन्च गोलाईको सल्लाको रुखको तेर्सिएको हाँगामा सानो पटुकाले पासो लगाई झुण्डिएको सो लासको दुवै हातको मुठ्ठी खुल्ला र दुबै घुँडा जमीनमा टेकेको र सो लासको मलद्वारबाट मल निस्केको अन्य शरीरहरूमा निलडाम देखिएको सो लासको स्थिति ४,५ दिन अघि देखि मृत्यु भएको देखिन्छ भन्ने ०३७।४।३ को लासप्रकृति मुचुल्का रहेछ । ४. कृष्णबहादुरको घरमा बसेकी केटीको मृत्यु को कसबाट भएको रहेछ भनी बुझ्दा निज कृष्णबहादुरले मारेको भन्ने जानकारी हुनआएकोले निजलाई पक्राउ गरी कानुनी कारवाही भएमा अपराध खुल्ने व्यहोरा प्रतिवेदन गरेको छु भन्ने समेत ०३७।४।५ को प्र.रामचन्द्र उपाध्यायको प्रतिवेदन रहेछ । ५. मेरो घरमा बसेकी बर्ष १२ की पार्वतीले ०३७।५।२९ गते रू.१०। चोरी गरी लगिछ त्यसको भोलिपल्ट निजलाई किन चोरिस भनी गाली दिई निज चुपलागी घाँस काट्न गई दिनको अं.११ बजे भैंसी चराउन भनी डेलीको जड्डलमा गएको थिएँ, दिनको १ बजे निज पार्वती र म भैंसी चराइरहेको भन्दा केही माथि सोतर काट्न आएको देखी किन सोतर काट्न आईस भनी गाली गरेँ तैले काट्नु पर्ने होइन भनी मलाई गाली दिएबाट १ थप्पड गालामा हानेँ निज भुँइमा लडी मैले पालेकीले मलाई नै गाली गरेको हुँदा निजलाई मारी नै दिन्छु भनी निजको घोक्रामा निचोरी निजले खुट्टा चलाउन लाग्दा मेरो दुवै खुट्टाले थिच्दा ५,६ मिनेट पछि निजको मृत्यु भएछ सो लासलाई घाँटीमा सेतो कोराको अं.३,४ हात लामो पटुकाले बाँधी अं.१३,१४ हात फरक सल्लाको रुखको ३ हात अग्लो डेढ ईन्च मोटाईको हाँगामा झुण्डाई झुण्डी मरेको जस्तो पारी म घर आएँ, मैले पार्वतीलाई घाँटी निचोरी नाकबाट रगत निक्लेको र मुखबाट प