निर्णय नं. १६९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६९५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/२१ २४४६ निर्णय नं. १६९५ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. १०९४ आदेश भएको मिति : २०४०।७।२१।२ मा निवेदक : जिल्ला भक्तपुर आदर्श गुण्डु गा.पं.वार्ड नं.३ सिगामगाल बस्ने खड्गबहादुर खत्री विरूद्ध विपक्षी : श्री ५ सरकार कार्यरथीविभाग प्राउ विनाक शाही नेपाली जंगीअड्डा काठमाडौं समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निर्धारित गरेको पूर्वावस्थाको अभावमा गाउँ पञ्चायत बैठकबाट जग्गा निष्काशन फिर्ता गर्न नमिल्ने भनी गरेको निर्णय उपरको पुनरावेदन लिई भू.सु.शाखाले जोताहाको नाम कट्टा गरी जग्गा धनीका नाममा जोत कायम गर्ने गरी गरेको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि गरी अनधिकृत निर्णय गरेको भन्नुपर्ने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणी राज सिंह मल्ल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्रबहादुर सिंह १. ०३९।४।१५ को निर्णय बदर गराई पाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : विपक्षी पे्रमबहादुरले जोत झिकी पाउँ भनी यस कार्यालयमा निवेदन गर्दा मेरो हकको भ.पु.जि.गुण्डु गा.पं.वार्ड नं.२ को कि.नं.२०४ को रोपनी ३०–०–० जग्गामा जोताहा खड्ग बहादुरको नाउँ खारेज गरी मेरो जोत कायम गरिपाउँ भन्ने भएकोमा विपक्ष खड्ग बहादुरलाई म्याद काटी झिकाउँदा निजका घर दैलामा म्याद टाँस भएकोमा खड्गबहादुर हाजिर नभई म्याद गुजारी बसेको र प्रेमबहादुरले विपक्षी मोहीबाट बाली भराई पाउँने ठहर्छ भन्ने भ.पु.जि.अ.का मिति ०३२।३।३९ को फैसला पेश भएको देखिएको साथै विपक्षीले श्री भ.पु.जि.अ.मा मिति २०२३।७।३ मा दिएको प्रतिउत्तरपत्रको नक्कलमा ०२१ सालको बाली पद्मबहादुरले तिरेको र नापीमा खड्ग बहादुरको नाउँमा लेखिएको भन्ने देखिएको साथै निवेदक प्रेमबहादुर थापाले निवेदनमादावी भएको भ.पु.जि.गुण्डु गा.पं.वार्ड नं.२ को कि.नं.२०४ को रोपनी ३०–०–० जग्गाको आफ्नो नाममा दर्ता भएको जग्गाधनी दर्ता प्रमाणपूर्जा देखाई नक्कल समेत पेश गरेको मिसिलबाट देखिएको हुँदा विपक्षीले जग्गामा जोत छोड्न नपर्ने कारणहरू भए म्यादमा हाजिर भई जिरह लिनु पर्नेमा सो पनि भए गरेको नदेखिएको र गुण्डु गा.पं.ले निर्णय गर्दा ज.ध.पूर्जा पेश नगरेकोले जग्गा निष्काशन फिर्ता गर्न नमिल्ने भनी निर्णय गरेको मनासिव देखिएन साथै जग्गाधनी निवेदकले आफ्नो नाउँमा दर्ता भएको जग्गाधनी दर्ता प्रमाणपूर्जाको सक्कल देखाई नक्कल पेश गरेको हुँदा भू.सं.ऐन, २०२१ को दफा २८ उपदफा (३) बमोजिम पर्नआएको हुँदा सैनिक सेवाको कारणबाट जोत कमाउन दिएको जग्गा देखिँदा भू.सं.ऐन, २०२१ को दफा २८ को उपदफा (११) बमोजिम भ.पु.जि.गुण्डु गा.पं.वार्ड नं.२ को कि.नं.२०४ को रोपनी ३०–०–० जग्गाको जोताहा खड्गबहादुर खत्रीको नाम कट्टा गरी ज.ध.प्रेमबहादुरको नाममा जोत कायम हुने ठहर्छ भनी मिति ०३९।४।१५ मा भू.सु.शाखा भक्तपुरबाट निर्णय भएको रहेछ । ३. उक्त निर्णय विपक्षी शाही नेपाली सैनिक अड्डाले विपक्षी प्रेमबहादुर सैनिकमा बहाल छँदैमा हाल आफैंंले कमाउन सक्ने भई म निवेदकलाई निष्काशन गर्न (३४८) पाउने प्रचलित ऐनले अधिकार दिएको छै