निर्णय नं. १६९६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६९६ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/०२ २३०९ निर्णय नं. १६९६ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नं. ७८८ आदेश भएको मिति : ०४०।५।२।५ मा निवेदक : जिल्ला तनहुँ श्यामघाट गा.पं.वार्ड नं.४ बस्ने राजकुमार कर्माचार्य विरूद्ध विपक्षी : कृषि विकास बैड्ढ उपशाखा कार्यालय दमौली तनहुँ समेत विषय : उत्प्रेषण (१) ऋण सुगमतासाथ असूल हुने लिष्टबाट सबै धितो लिलाम बढाबढ भएकोले लिलाम त्रुटिपूर्ण नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री यादवप्रसाद खरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे र विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. ०३९।२।२६ मा लिलाम गरी ०३९।२।२८ मा मलाई दिएको बोधार्थ बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : मैले सिसाघाट बजारमा मिल स्थापना गर्न र पम्पसेट स्थापना गर्न समेत गरी मिति ०२८।८।४ मा विपक्षी कृषि विकास बैड्ढबाट रू.१८,२४०। र भू.सु.बचत संस्था रूपन्देहीबाट ०२८।९।६ मा रू.३,९००। लिखत गरी ऋण लिई पम्पसेट सञ्चालन गरी आएको थिएँ । शुरू (३५१) अवस्थामा राम्रो नाफा पनि हुन नसकेको र विपक्षी कृषि विकास बैड्ढले कोष भित्रै मैले विरोध जनाउँदा जनाउँदै त्यस्तै मिल अन्य व्यक्तिलाई ऋण दिई सञ्चालन गरेबाट मैले मिलबाट घाटा रहनुपरेको र ०२९।९।१५ मा विपक्षी बैड्ढबाट खटिई आएका मिल निरीक्षकले मिलको अवस्था अध्ययन गरी सो ति पसलमा रहेका मिल धेरै टाढा नपर्ने हुँदा यदाकदा धक्का दिने सम्भावना देखिन्छ । हालसम्म मिलको आयस्ता त्यस्तो असन्तोषजनक देखिँदैन । निजलाई केही सञ्चालन पूँजि उपलब्ध गराउन पर्ने देखिन्छ भनी प्रतिवेदन समेत दिएको छ र घाटा भएको कुरा अनुरोध गर्दै आएको र साँवा ब्याज गरी जम्मा रू.९,२९८।८० विपक्षी बैड्ढलाई बुझाइसकेको छु । ३. मिति ०३९।२।२१ गते पम्पसेट र मिल स्थापनार्थ र लिनुभएको ऋण नतिर्नु भई धितो लिलाम हुँदा यस बैड्ढलाई तिर्नु पर्ने ४२,८०८।६९ कटाई तपाईंलाई रू.१९२।३१ भुक्तानी दिनुपर्नेमा राखिएको छ । उक्त रकम यस बैड्ढमा लिन आउन जानकारी गराइन्छ भनी उल्लेख गरी लेखिएको पत्र मेरी श्रीमती विद्यालक्ष्मीलाई ०३९।३।३ मा बुझाइयो सो पत्रमा रू.१९,५३४।९९ ऋण लिनुभएकोमा उपरोक्त बमोजिम लिनुभएको ऋण रकमको सम्बन्धमा कृषि विकास बैड्ढ ऐन, २०२४ (संशोधन सहितको) दफा २०(क) को (१) अनुसार बैड्ढसँग भएको शर्तनामा पालना नगर्नु भएकोले मिति ०३९।२।२६ का दिन कानुन बमोजिम धितो लिलाम हुँदा सबभन्दा बढी रू.४३,०००। मा श्री शान्तबहादुरले सकार्नु भएको र उक्त रकम लिलाम भएको दिन बुझाएकोले उक्त धितो रहेका जग्गाहरू र मिल, मिल घर समेत विपक्षी शान्तबहादुरको नाउँमा नामसारी गरी दिन भनी मालपोत कार्यालयलाई लेखी पठाई मेरो सम्पत्ति गैरकानुनी तवरले लिलाम गरियो । ४. उक्त लिलाम कृषि विकास बैड्ढ ऐन, २०२४ को संशोधन सहितको दफा २०क (१) बमोजिम बैड्ढसँग राखेको धितोलाई बैड्ढले बिक्री वा लिलाम वा अन्य कुनै व्यवस्था गरी आफ्नो साँवा ब्याज असूल गर्नसक्ने छ र बैड्ढ ऋण असूली नियमावली, २०३२ ले लिलाम गर्दा र लिलाम गर्नु भन्दा अगाडि अपनाउनु पर्ने कार्यविधिको निश्चित गरेको छ । मैले ऋण लिँदा धितो राखेको जग्गाको मूल्य र अहिलेको मूल्यमा बढ्दै ग