निर्णय नं. १६९७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६९७ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/१५ २३१६ निर्णय नं. १६९७ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३८ सालको रिट नं. १५७८ आदेश भएको मिति : २०४०।७।१५।३ मा निवेदक : भ.पु.जि.सिपाडोल गा.पं.वार्ड नं.९ बस्ने गणेशबहादुर थापा विरूद्ध विपक्षी : श्री ५ को सरकार (वन विभाग) काठमाडौं वन डिभिजन कार्यालय लैनचौर समेत विषय : उत्प्रेषण (१) नि.से.नि., २०२१ को नियम १०.१० ले गरेको बाध्यात्मक व्यवस्थाको परिपूर्ति नै नगरी निवेदकलाई भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी नोकरीबाट हटाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलप्रसाद घिमिरे विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : म निवेदकलाई लकडी मुद्दा र वन भित्रको जग्गा आवाद गरेको भन्ने मुद्दामा कारवाई चलाई वन संरक्षण विशेष अदालत एक सदस्य काठमाडौं डिभिजन कार्यालयबाट लकडी काटेको ठहर्छ भनी फैसला भयो । जग्गा आवाद गर्‍यो भन्ने मुद्दा फैसला भई लकडी मुद्दा फैसला नहुँदै म निवदेकसँग कुनै प्रमाण र सफाईको मौका समेत नदिई उक्त मुद्दाहरूको पुनरावेदन तहको अदालतमा कारवाई हुँदैका अवस्थामा ०३०।१२।७।४ मा सस्पेण्ड गरेको देखिँदा भन्दै म निवेदकलाई नि.से.नि. को परिच्छेद १० को नियम १०–६ को उपदफा (५) र (८) बमोजिम भविष्यमा सरकारी नोकरीका निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट हटाई चित्त नबुझे ३५ दिन भित्र वीरगञ्ज प्रधान वन कार्यालयमा पुनरावेदन गर्नु भनी मिति ०३१।५।१६ मा काठमाडौं डिभिजन कार्यालयबाट निर्णय भई ०३१।५।१८।३ मा सो पत्र निवेदकलाई बुझाइयो । सो अनुरूप निवेदकले काठमाडौं वन डिभिजन कार्यालय मार्फत पुनरावेदन गरेकोमा मिति ०३८।१०।१२ मा डिभिजन कार्यालयले गरेको निर्णय प्रधान वन कार्यालयले सदर गरेको जानकारी निवेदकलाई दिइयो । २. म निवेदक उपर लगाइएको लकडी र वन भित्रको जग्गा आवाद गर्‍यो भन्ने मुद्दा समेत दुवैमा कसूर गरेको ठहर्दैन भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३५।८।१२ मा फैसला भई म निर्दोष ठहरिएको छु । जुन कसूर गरे बापत मलाई नोकरीबाट हटाउने निर्णय गरेको हो सो कसूरबाट मैले सफाई पाएपछि नोकरीबाट हटाउने निर्णय स्वतः गैरकानुनी छ र नि.से.नि., २०२१ को परिच्छेद १० को नियम ९ मा सजाय सम्बन्धी अपनाउनु पर्ने कुरा नियम १० मा कार्यविधि पूरा भएपछि गर्ने कुराहरू छन् र १०(१) मा सजायको उल्लेख भएको छ तसर्थ निवेदकले पाएको बर्खासी पत्रमा पर्याप्त कारण खुलाउन सकेको छैन र अदालतमा विचाराधीन रहेको मुद्दामा पर्याप्त कारण छ भनी उल्लेख गर्न मिल्दैन र सामान्यत विभागीय सजाय गर्दा सफाइको सबूत दिने मनासिव माफिकको मौका दिनुपर्छ भन्ने व्यवस्था नियम १०–९ तथा १०.१० मा गरिएको छ । यसको अपवादको रूपमा नि.से.नि. ऐन, २०१३ (३५५) को दफा ६(१)ख विद्यमान छ । यसको अन्धाधुन्द प्रयोग गर्ने विधिकर्ताको मनसाय होइन । प्रतिबन्धात्मक व्यवस्थाको अवस्था सृजित नहुञ्जेल साधारण तथा सामान्य व्यवस्थाको प्रयोग प्रचलन हुन बाध्य छ दफा ६(१)ख अनुसार स्पष्टीकरणको मौका दिन किन अव्यवहारिक भयो त्यसको पर्चा खुलाई कारण उल्लेख हुन अनिवार्यता छ र नि.से.नि., २०२१ को नियम १०.