निर्णय नं. १६९८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६९८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/१३ २२६२ निर्णय नं. १६९८ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नं. ७६७ आदेश भएको मिति : २०४०।५।१३।२ मा निवेदक : काठमाडौं जिल्ला का.न.पं.वडा नं.२० भीमसेन स्थान बस्ने राधाकृष्ण डड्डोल विरूद्ध विपक्षी : श्री मालपोत कार्यालय काठमाडौंसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निवेदक समेतको हक लाग्ने जग्गा कसैले एकलौटी दर्ता गराएको भए आफ्नो हकको सबूत प्रमाण देखाई अदालतबाट आफ्नो हक कायम गराउनु पर्ने । (प्रकरण नं. ९) (२) असाधारण अधिकारको प्रयोग गरी निवेदन जिकिर अनुसार हक कायम गराउन रिट क्षेत्रबाट मिल्ने अवस्था नहुने । (प्रकरण नं. ९) आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. विपक्षी कार्यालयको ०३९।१।२० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ । २. संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : रिट निवेदनमा उल्लेखित जग्गा साविक लगत उतारमा हरिकृष्ण र दशनारायण डड्डोल समेतका नाममा दर्ता भएको आफैंं गुठी चलाई तिरो तिरी खाइआएको भन्ने किसानको व्यहोरामा उल्लेख भएको जोताहा रत्नबहादुर र बाल भाजु समेतको ०३८।१।५ को निवेदनमा दर्तावाला हरिकृष्ण र दशनारायण हुन हरिबहादुरलाई श्राद्ध चलाउनलाई बाली तिरी खाइआएको हो भन्ने उल्लेख भएको का.न.पं.वडा नं.२३ समितिको ०३८।१२।२६ को सिफारिशमा दशनारायण हरिकृष्ण र हरिबहादुर मरी हक खाने निवेदिका राममाया हुन भन्ने उल्लेख भएको मोठ श्रेस्तामा हरिबहादुर महर्जनका नाममा दर्ता बाँकी श्रेस्ता खडा भएको समेत हुँदा मृतकहरूको नाम खारेज गरी राममाया डड्डोलको नाममा नामसारी रैकर परिणत (३५८) गरी दिने भन्ने समेत मालपोत कार्यालय काठमाडौंको ०३९।१।२० को निर्णय । ३. वाल भाजुले जोती आएको निजीगुठी जनिएको जिपिनडोल खेत रोपनी २–०–० सितापाइला गा.पं.वार्ड नं.१(ख) कि.नं.१३ को ३–२–१ कि.नं.१६ को ०–१–३–० रत्नबहादुरले जोती आएको निजीगुठी जिपिनडोल खेत २–०–० को सितापाइला गा.पं.वार्ड नं.३(क) कि.नं.२४१ को १–०–१ कि.नं.२४४ को १–११–० र कि.नं.२६० को ०–१०–० समेत साविकका चिकंमुगल १४ नं. पोता लगतमा मेरा पिता हरिकृष्ण डड्डोल र कान्छा पिता दशनारायण डङ्गोलका नाममा सगोल दर्ता छ । निज दर्तावालाहरू परलोक भएकोले आधी हक खाने विपक्षी भाजु राममाया र आधी हक खाने हरिकृष्ण पट्टिका हामी ३ जना छौं । हक खाने म हुँदाहुँदै सो नदेखाई झुठ्ठा निवेदन दिएको २३ नं. वडासमितिको सिफारिशमा हरिकृष्ण डड्डोलको नाम उल्लेख भएपछि निजका हकदार छ छैन बुझ्नु पर्ने र हकदारका नाममा म्याद जारी गर्नुपर्नेमा सो गरिएको छैन । उक्त जग्गा सम्बन्धमा मुद्दा परी रहेकोमा विपक्षी राममायाले सकार गरी शुरू म्यादै गुजारी हरिकृष्णको हक खाने छोरा म छु भन्ने कुरालाई स्वीकार्नु भएको छ । सो मुद्दालाई ध्यानै नदिई यो निर्णय गरी गुठी जग्गा रैकरमा परिणत गरी धर्मलोप गर्नु साथै मेरो आधा हक हनन् गरिएको छ । तसर्थ विपक्षी कार्यालयको उक्त ०३९।१।२० को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।८।६ को आदेश । ५. निवेदकले आफ्नो निर्विवाद हक भएको कुरा देखाउन सक्नुभएको छैन । हक कायम दर्ता बदर निजीग