निर्णय नं. १६९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६९९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/०८ २६२९ निर्णय नं. १६९९ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ७१५ आदेश भएको मिति : २०४०।७।८।३ मा निवेदक : भ.पु.जि.नकदेश गा.पं.वार्ड नं.३ बस्ने काजीबहादुर वाडे विरूद्ध विपक्षी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत सम्भुप्रसाद समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कुन कित्ता जग्गाको उकास भएको हो त्यसको निरोपण नगरी प्रत्यर्थीले पेश गरेको बाली बुझाएको भरपाई अ.बं.७८ नं.अनुसारको प्रकृया नगरी सो भरपाईलाई समेत प्रमाण लगाई भूमिसुधारले वादी दावी नपुग्ने हुँदा खारेज हुने ठहर्छ भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री गड्डाप्रसाद उप्रेती विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र (३६०) विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. ०३८।१२।१३।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्तमा तथ्य र निवेदन जिकिर यस प्रकार छ : पिताम्वेश्वरीदेवी शाहका नाउँको साविक सि.नं. ३४१ लगत नं. ७४ न.नं. ३४ को ३० नं. जाति गाल भन्ने खेत रोपनी ९–८–३ मध्ये आधा पश्चिम मनोहरा खोलातर्फको जग्गा बाबुका पालादेखि नै कमाई जग्गाधनीलाई बाली बुझाई भोगी आएकोमा ०२१ साल भन्दा अगाडि मनोहरा खोला पसी जग्गा नोक्सान परेकोमा सर्भे नापी हुँदा भू.पु. दिवेश्वरी गा.पं.वार्ड नं.७(ख) कि.नं.३३ बाट जग्गा रोपनी २–१०–० मात्र नापी भई बाँकी खोलातर्फ पारी नापी भयो । पछि नयाँ मूल बनी खोला सोझो हुँदा जग्गा उकास भई अन्दाजी ३ रोपनी जग्गा साविक बमोजिम कमाई बाली बुझाउनु भन्ने पिताम्वेश्वरीदेवीबाट मिति ०२९।१।२९।६ मा मेरा बाबु कसकुमारले चलन बहाली पाई जग्गा भोगी आएकोमा खोलाले चापी खोलो कि.नं.२४५ भई नापी भएकोमा सो उकास भएको जग्गाको फिल्ड चेक गरी ज.ध. प्रमाण पूर्जा पाउँ भन्ने समेत पिताम्बेश्वरीदेवीको निवेदन परी कारवाही चलाउँदाका अवस्थामा उक्त जग्गाको बालीमा विपक्षी मिश्रीमाया समेतका व्यक्तिले अशान्ति गर्ने सम्भावना भएकोले शान्ति सुरक्षाको लागि जि.का.भू.सु.मा निवेदन दिई कारवाही चलाएकोमा जग्गाको हकमा अदालतमा गई हक बेहक छुट्याई ल्याउनु भन्ने ०३६।६।१ मा निर्णय भएकोले निज मिश्रीमाया समेत उपर मोहियानीमा खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने बाबु कंशकुमारको विपक्षी भू.सु.कार्यालयमा नालिस परी कारवाही हुँदा जबसम्म जग्गाधनी दर्ता हुँदैन तबसम्म मोहियानी हक पाएको भन्न नमिल्ने भनी खारेज गरी दिएको उपर सम्मानित अदालत समक्ष मेरो रिट निवेदन पर्दा जग्गाधनी दर्ता नभएसम्म मोही हुने प्रश्न नउठ्ने भनी मिति ०३५।१२।२८ मा रिट खारेज भयो जग्गावालाको निवेदनबाट कारवाही चलेको खोलाले छाडी उकास भएको जग्गा दर्ता गरी किसिम कायम गरिपाउँ भन्ने विषयमा कारवाही चलेतर्फ कि.नं.२४५ को पूर्व पट्टिबाट कि.नं.३३ को पश्चिमपट्टि साँधबाट जग्गा रोपनी ४–४–१ जग्गालाई आठा सरह किसिम कायम गर्ने र उक्त जग्गा मिलापत्रबाट देखिने अंशियारहरू पिताम्बेश्वरी शाह, सुर्यप्रसाद शाह, धिरेन्द्रप्रताप शाह, रामेश्वरप्रसाद शाह, सुन्दरप्रसाद शाहका नाममा जग्गाधनी कायम गरी संयुक्त दर्ता गरी दिने भन्न