निर्णय नं. १७०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७०१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/२१ २३०० निर्णय नं. १७०१ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह (३६७) माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. १६७५ आदेश भएको मिति : २०४०।७।२१।३ मा निवेदक : भ.पु.जि.लुभु गा.पं.वार्ड नं.५ भगवती लाछी बस्ने सानुमान श्रेष्ठ विरूद्ध विपक्षी : भूमिसुधार शाखा भक्तपुरका शाखा अधिकृत शंभुप्रसाद श्रेष्ठ समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) मालपोत कार्यालय ललितपुरको पत्रबाट रिट निवेदकको भनाई अनुसार दर्ता भइसकेको भन्ने जिकिर तथ्यरहित देखिन आयो, यस्तोमा प्रत्यर्थी भू.सु.शाखा भक्तपुरले कूत दिलाई मोही निष्काशन गरिपाउँ भन्ने दावी खारेज गर्ने गरेको निर्णयमा कानुनी त्रुटि छ भन्न नसकिने । (प्रकरण नं. ९) विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. ०३८।८।१७।४ को भूमिसुधार शाखा भक्तपुरको आदेश बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : साविक ल.पु. मालमा मेरा बाबुको नाउँमा १०७१ मा दर्ता भएको र मेरा बाबु परलोक भएपछि मेरा हकभोग हुनआएको उक्त जग्गा २०२१ सालमा नापी हुँदा लुभु गा.पं.वार्ड नं.५ ख कि.नं.८० को ०–०–३ र कि.नं.८५ को २।१४।२ मोही बाबुराम कसाही र जग्गाधनी म निवेदक भई दर्ता प्रमाण मैले प्राप्त गरी उक्त जग्गाको साल सालै मालपोत तिरी आएको छु । उक्त जग्गाको विपक्षीले ०३२ सालको धानबाली नदिएकोले मेरो नालिस पर्दा विपक्षीले उक्त जग्गा सानुमानको नभई मदन गोपालको हो मदन गोपाललाई बाली बुझाई भरपाई लिएको छु भनी जग्गावाला मदन गोपाललाई देखाई प्रतिउत्तर परेकोमा अ.बं.१३९ नं.बमोजिम मदन गोपाललाई बुझ्दा निज हाजिर नभई म्याद गुजारी बसेकोले उक्त जग्गा सानुमान कै ठहर्छ र सानुमानले विपक्षी बाबुरामबाट बाली भराई पाउने ठहर्छ भनी फैसला हुँदै आई स.अ.समेतबाट सोही फैसला सदर भई अन्तिम भइरहेको छ । ०३७ सालको बाली नदिएकोले उक्त जग्गाको विपक्षीबाट भराई मोही निष्काशन गरिपाउँ भनी मेरो उजूरी विपक्षी भूमिसुधार शाखा भक्तपुमा परी विपक्षी मोहीलाई बुझ्दा उक्त जग्गा सानुमानको हो उक्त कित्ताहरूको जग्गाधनी प्रमाण पूर्जा प्रमाणित नभएको र कि.नं.८५ को जग्गा वादीको नभई भीमकुमारी उपाध्यायको जग्गा हो वादीको छोरा मदन गोपालले राजीनामा गरी लिएकोले ०३७ सालको बाली (३६८) मदनले बुझी नलिएकोले लुभु गा.पं.मा धरौटी राखेको छु भन्ने विपक्षीको प्रतिउत्तर परेकोमा भू.सु.का.भक्तपुरबाट वादीका नाममा उक्त दुवै कित्ता जग्गा दर्ता बाँकी देखिएको र कि.नं.८५ को मदन गोपाल श्रेष्ठको नाउँमा दर्ता प्रमाणित देखाएको हुँदा वादी दावी खारेज हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट ०३८।८।१७।४ मा निर्णय भयो । ३. उक्त फैसला कानुन विपरीत छ मैले बाली विपक्षीबाट भराई पाउने गरी सर्वोच्च अदालतसम्म बाट अन्तिम फैसला भएकोमा त्यसलाई विपक्षीले फैसला गर्दा कुनै मान्यता दिइएको छैन । उक्त जग्गा ०२१ सालमा नापी हुँदा जग्गा सानुमान कै हो सानुमानलाई कूत तिरी बुझाई आएको छु भनी विपक्षीले भन्दाभन्दै मेरो दावी नपुग्ने भनी खारिजी फैसला विपक्षीले गर्नु सरासर कानुनी त्रुटि छ र उक्त अदालतहरूको फैसला परिवर्तन गर्ने विपक्षी कार्यालयलाई कुनै कानुनले अधिकार प्रदान गरेको छैन भन्ने समेतको रिट न