निर्णय नं. १७०२ - आयकर (०३३–०३४)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७०२ - आयकर (०३३–०३४) भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/१४ २४३९ निर्णय नं. १७०२ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको फौ.पु.नं. ४५० फैसला भएको मिति : २०४०।७।१४।२ मा निवेदक : श्री हरदेव सिंह बनारसी सिंह फर्म जनकपुरधामको प्रोप्राईटर हरदेव सिंह विरूद्ध विपक्षी : कर कार्यालय जनकपुरधाम मुद्दा : आयकर (०३३–०३४) (१) तथ्ययुक्त आधार बेगरको कर निरीक्षकको गोप्य प्रतिवेदनको आधार बनाई १४,०००००। चौध लाखको सुर्ति बिक्री कायम गरी खूद आय कायम गरेको कर अधिकृतको निर्णय मिलेको नदेखिने । खुद आए नै यकिन गर्नुपर्ने विषय भएकोले कर अधिकृतको निर्णय उपर परेको पुनरावेदनबाट भएको फैसलाहरूमा केही हिस्सा सदर वा केही हिस्सा बदर गर्न सकिने स्थिति नरहने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशिल कुमार सिंन्हा विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.धनेन्द्र्रबहादुर सिंह १. आयकर मुद्दामा पुनरावेदन गर्न अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदन गर्न अनुमति प्राप्त भई प्रस्तुत हुनआएको मुद्दाको संक्षिप्त तथ्य निम्न अनुसार छ, आ.ब. ०३३।०३४ दिपावली व्यापारबाट खर्च समेत कट्टा गरी १५,४५०। खूद आय भएको व्यहोरा उल्लेख गरी कर कार्यालय जनकपुरमा ०३४।११।२९ मा पेश गरेको आएको विवरण रहेछ । २. आ.ब. ०३३।०३४ मन अन्दाजी सूर्ति रू.८,००,०००। खरीद होला अर्थात शिव बिँडी फैक्ट्रीबाट रू.४६,०००। खुद्रा रू.२,०००। पाएको छु । शुरू मौजात रू.५०,००० र अन्तिम स्टक रू.६०,०००। जति होला बिक्रीमा ३५ प्रतिशत मुनाफा गरेको हुँ यस आ.ब. मा आफ्नो पूँजी रू.३,००,०००। लगाएको छु भन्ने समेत व्यहोराको ०३५।४।२२ को करदाताको बयान । ३. यस फर्मले सिराह तथा धनुषा गाउँ क्षेत्रबाट किसानहरू सँग खरीद गरी सूर्ति धुलो बनाई बिँडी फैक्ट्रीहरूलाई थोक स्तरमा बिक्री गर्ने र केही बिँडी फैक्ट्रीहरूको माल खरीद गरी चुर कुलो बनाई दिई कमिशन प्राप्त गर्ने गरेको रहेछ । सो सम्बन्धमा गोप्य तवरबाट बुझ्दा यस फर्मले यस आ.ब. रू.१४,००,०००। को सूर्ति बिक्री गरेको र सो को अतिरिक्त विभिन्न बिँडी फैक्ट्रीबाट रू.४८,०००। जति कमिशन पनि प्राप्त गरेको अनुमान गरी पेश गरेको छु भन्ने समेत व्यहोराको ०३५।११।२२ को कर निरीक्षकको गोप्य प्रतिवेदन रहेछ । ४. तपाईको आ.ब. ०३३।०३४ को दिपावलीको पेश भएको विवरणलाई पुष्टि गर्ने हिसाब किताव छैन भनी बयानमा उल्लेख गर्नुभएको हुँदा आयकर ऐन, ०३३ को दफा ३३ (२) बमोजिम यथा समय न्यायोचित तवरबाट खूद आय रू.१,८८,०००। कायम भएकोले सोमा लाग्ने कर रू.६२,३००। र म्यादभित्र विवरण पेश नगरेको बापत जरिवाना रू.५। समेत रु.६२,३०५ आएकर निर्धारण आदेश प्राप्त भएको ३५ दिन भित्र ने.रा.बैंक दाखिल गर्नुहोला भन्नेसमेत व्यहोराको ०३५।१२।२२ को करकार्यालय जनकपुरको कर निर्धारण आदेश रहेछ । कुन आधारमा कुल आम्दानी रू.१,८८,०००। कायम गरिएको हो सो को कुनै आधार प्रमाण खुलाउनु नभएकोले आयकर नियम २०२० को नियम ११(२) विपरीत हुनको साथै अ.बं.नं. १८५ समेतको विपरीत छ । आयकर ऐन, ०३१ को दफा ३३(१) बमोजिम आयकर निर्धारण गर्दा ऐनको ३३(१) को आधारहरू संलग्न गरी ३३(५) बमोजिमको मौका दिनुपर्नेमा सो समेत अपनाइएको छैन । विना आधार रू.१४,००,०००। को कारोवार कायम गरी व्यापार तर्फको १,४०,०००। र आढत तर्फको ४८,०००। समावेश गरी कूल आम्दानी कायम