निर्णय नं. १७०४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७०४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०७/११ २४६१ निर्णय नं. १७०४ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ७१६ आदेश भएको मिति : २०४०।७।११।६ मा निवेदक : जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.१६ बस्ने श्री विलास थपलिया समेत विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय सुनसरी छिटा गा.पं.सुनसरी समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निवेदकहरू जग्गाधनी भएको जग्गामा मोहीको प्रमाणपूर्जा बनाई दिने निर्णय गर्नु अघि जग्गाधनीलाई बुझी निजको कुरामा समेत ध्यान दिई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.हरगोविन्द सिंह प्रधान १. मिति ०३८।१२।३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ । निवेदक श्री विलासको हकभोग दर्ता तिरोको जिल्ला सुनसरी किताहा गा.पं.वार्ड नं.२(ख) कि.नं.३७ को ०–१८–१७½ ऐ.ऐ.कि.नं.३८ को ०–१८–० ऐ.ऐ.कि.नं.३९ का ०–१४–१५ ऐ.ऐ.कि.नं.९९ को १–०–० र म निवेदक सइद साझी मियाँको हकभोग दर्ता तिराको ऐ.ऐ.कि.नं.१२ को ०–१–१७½ जग्गाको विपक्षी गोपी साझीले अरू सम्पूर्ण कित्ता जग्गाहरूको ४ नं.जो.अ.नि. प्राप्त गरेको छु भन्ने आधारमा मिति ०३८।१२।१ मा भू.सु.का.सुनसरीमा मोहियानीको स्थायी प्रमाण पूर्जा पाउँ भनी हामी निवेदकलाई विपक्षी बनाई निवेदन दिनुभएकोमा विपक्षी अधिकारीज्यूबाट मिति ०३८।१२।३१ मा विपक्षी गोपी साझिलाई कि.नं.९९ को जग्गा बाहेक बाँकी सम्पूर्ण कित्ता जग्गाहरूको मोहियानी प्रमाण पूर्जा दिने भनी निर्णय गर्नुभएको रहेछ सो को जानकारी हामीलाई नक्कल सारी लिएबाट थाहा हुनआयो । ३. विपक्षी अधिकारीज्यूले उक्त निर्णय गर्दा हामीलाई बुझी हाम्रो भएको कुराको प्रतिवाद गर्न दिई निर्णय गर्नुपर्नेमा सो नगरी गरिएको निर्णय प्राकृतिक (३७६) न्याय सिद्धान्त विपरीत हुनगएको छ कि.नं.३७, ३८ र ३९ समेतका जग्गाहरू घरबास समेत र फलफूल समेत लगाई आएका हुँदा त्यस्तो जग्गामा मोहियानी हक नलाग्ने र विपक्षीले पेश गरेको भरपाई हामीलाई सुनाउन पर्ने सो नसुनाई गरेको निर्णय अ.बं.७८ नं.अनुसार बदरभागी छ र भिन्न भिन्न जग्गावालाको भिन्न कित्ता जग्गाहरूको विषयमा एउटै उजूरी निवेदन लिई निर्णय गरेको अ.बं.७२ नं. विपरीत हुनगएको छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश पर्नु भन्ने यस अदालतको मिति ०३९।४।२७।४ सिड्डलबेञ्चको आदेश रहेछ । ५. मोहियानी हकको स्थायी प्रमाण पूर्जा बनाई दिने गरी अधिकारीज्यूबाट भएको निर्णय कानुनसंगत छ भन्ने समेतको हिटाहा गा.पं.को लिखितजवाफ रहेछ । ६. साविक देखि नै अरू जग्गाहरूको म मोही भएको आधारहरूबाट भू.सु.अ.ले स्थायी प्रमाणपत्र बनाई दिने गरेको निर्णय कानुन बमोजिम हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको विपक्षी गोपी साझी मियाँको लिखितजवाफ रहेछ । ७. यस कार्यालयबाट भएको निर्णय कानुन समेत नै हुँदा रिट जारी हुन पर्ने होइन खारेज गरिपाउँ भन्ने समेतको भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफ रहेछ । ८. निवेदकहरूको वारिस इश्वरीलाल श्रेष्ठ र प्रत्यर्थी गोपी साझिका वा