निर्णय नं. ९२०९ - जबर्जस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२०९ - जबर्जस्ती करणी भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०२/२५ ६५०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।२।२५।१ ०६७–CR–०७७५ मुद्दा : जबर्जस्ती करणी । पुनरावेदक/वादी : नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : बारा जिल्ला, सिङ्गोल गा.वि.स.वडा नं.१ बस्ने रामबहादुर कार्की § कुनै कसूरका सम्बन्धमा पछि जारी भएको ऐनले चाहे त्यो Condified नयाँ कानून होस् वा Consolidated कानून होस् वा संशोधित दफा होस्, सजाय घटाएको वा अभियुक्तलाई सुविधा दिएको छ भने कानूनमा स्पष्टरूपमा अन्यथा व्यवस्था गरेकोमा वाहेक अन्य अवस्थामा सिद्धान्ततः त्यस्तो पछिल्लो कानून वा दफाको प्रयोग गर्न मिल्ने नै हुन्छ । त्यसरी निर्मित वा परिमार्जित कानून ex-post facto law भित्र नपर्ने भएको हुँदा र पुनरावेदन अदालतबाट फैसला हुँदाका बखत मिति २०६३।७।१७ को संशोधनले मुलुकी ऐन, जबर्जस्ती करणीको महलको ३ नं. को देहाय ३ बमोजिम १४ वर्ष वा सो भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका भए ६ वर्षदेखि १० वर्षसम्म सजाय हुन सक्ने कानूनी व्यवस्था निर्धारण गरेको देखिएकोले प्रतिवादीलाई ६ वर्ष कैद सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला परिवर्तन गर्नुपर्ने अवस्थाको नदेखिने । (प्रकरण नं.३) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री रमेश शर्मा पौडेल प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : मा.न्या.श्री निलकण्ठ उपाध्याय रौतहट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री राजेन्द्र प्रसाद राजभण्डारी मा.न्या.श्री मोहन रमण भट्टराई पुनरावेदन अदालत हेटौंडा फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, हेटौंडाको मिति २०६७।६।१० को फैसलाउपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य एवम्‍ ठहर यसप्रकार छ । पूर्व चोहान बाजेको पक्की घर, पश्चिम चण्डेश्वरी किराना पसल, उत्तर खाली जमिन, पश्चिम महेन्द्र राजमार्ग यति चार किल्लाभित्र दक्षिण मोहडा फर्किको खपडाको छाना भएको दुईतले अजय लज सञ्चालन भएको घरको लजको माथिल्लो तलामा ६ वटा कोठाहरू रहेको, सो कोठाहरू मध्ये दक्षिण ढोका भएको पश्चिम कोठामा प्रवेश गरी हेर्दा सो कोठामा दुई वटा खाटमा बिछौना सहित ओछ्‍याइएको अवस्थामा रहेको, बिछौना सिरक यत्रतत्र बिग्रिएको अवस्थामा रहेको, रामबहादुर कार्कीले सेवन गरी नसकेको बोतलमा आधा जति रक्सी, केरा, स्याउ फलफुल पोका पारिएको दुईवटा पोका खाटको दक्षिण कुनामा देखाएको प्रतिवादी रामबहादुर कार्कीले जबर्जस्ती करण गर्दा लगाएको निलो रंगको कपडाको कट्टुसमेत सोही कोठाको भुईंमा बरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । प्रतिवादी रामबहादुर कार्कीले मादक पदार्थ सेवन गरेको भन्ने परीक्षण प्रतिवेदन । मिति २०६२।११।१३ गते म दिदीको घर निजगढ आउने भनी आई पेट दुखी बसी रहेको अवस्थामा निज रामबहादुर कार्कीले म चन्द्रनिगाहपुर लगी उपचार गराई दिन्छु भनी गाडी चढाई चन्द्रनिगाहपुर ल्याई उक्त लजमा राखी निज बाहिर आई मादक पदार्थ सेवन गरी आई मलाई जबर्जस्ती करणी गरेको हुँदा आवश्यक कारबाही गरी पाउँ भन्नेसमेत व्यहोराको सोनिका दंगालको जाहेरी दरखास्त । जाहेरवाली मेरो घरको छेउको भएकीले निजको र मेरो प्रायः दिनदिनै भेट भएको र आजभन्दा १ वर्ष अघि निजको मन्ज