निर्णय नं. १७०५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७०५ - अंश भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/०५ २४८८ निर्णय नं. १७०५ ने.का.प. २०४० अंङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको दे.पु.नं. २१३, ३१० फैसला भएको मिति : २०४०।५।५।१ मा पुनरावेदक/वादी : का.जि.धर्मस्थली गा.पं.वडा नं.७ पुसल गाउँ बस्ने लालविर पुतवार विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने पुनसिङ् पुतवार मुद्दा : अंश (१) वादी प्रतिवादीको नाममा अलग अलग जग्गा दर्ता भई अलग अलग भोगचलन बिक्री व्यवहार समेत गरेको देखिएको हुँदा वादी प्रतिवादीको बीचमा अंशबण्डा भएको छैन भन्न सकिने स्थिति नदेखिने । (प्रकरण नं. १७) फैसला न्य. सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चले २०३७।८।२।२ मा गरेको फैसला कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भनी २०३७।९।१ मा वादी प्रतिवादी दुवै थरीको परेको निवेदनमा २०३८।४।२६।२ मा पुनरावेदन गर्ने अनुमति भई (३७८) पेश हुनआएको निवेदनको व्यहोरा तथा मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम रहेछ । २. बाजे बुधेको छोरा जेठा जेल माहिला मेरा वा मुखा कान्छा विपक्षीको बाबु बाबुराम भएकोमा जेठो जेल बाजेकै पालामा अंश लिई भिन्न भई बसेकोले हामी माहिला कान्छाका सन्तान म र पुनसिं निजको भाइ हाराँ समेत सगोलमा बसी आएकोमा बसी आएको बाबुहरू परलोक भइसकेपछि ९८।१।१५ गते मानो छुटी केही जग्गा मैले लिई छुट्टै घरमा बसी आएको र नापी हुँदा मेरो नाउँमा जोताहा र विपक्षीका बाबुका नाउँमा साविक दर्ता भई निजले नामसारी गर्न का.भू.प्र.का.मा दर्खास्त दिई आएको म्यादमा हाजिर भई सो जग्गा विपक्षीको मात्र होइन मेरो पनि हक लाग्ने भनी बयान भई हक वेहक गरी आउनु भनी ०२३।७।२४ मा भई सो उपर का.जि.अ.मा मुद्दा पर्दा पनि दावी झुठ्ठा ठहरे उपर पुनरावेदन दिएकोमा नामसरी गर्ने दर्खास्त गरेको मनासिव र अंश बाँकी भए नालेस गर्नु भनी ०३१।१०।३ मा वा.अं.अ.बाट फैसला भएकोले हामीहरूको अंश भएको समेत नहुँदा उक्त मितिलाई मानो छुट्टिएको कायम गरी विपक्षबाट आधा अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ । ३. बाजे बुधे परलोक भएपछि मेरो बाबु बाबुराम समेत ३ दाजुभाइ सगोलमा भएको सम्पत्ति ३ बण्डा गरी आ–आफ्ना भाग अंश भोगचलन गरी नामसारी र बिक्री समेत भइसकेको छ । नामसारी गर्न दिएको दर्खास्तबाट कारवाही हुँदा हक बेहकतर्फ नामसारी हुने ठहरी वा.अं.अ.बाट फैसला भएको रिसले सम्म यो फिराद गरेको हो, दावी अनुसार ९८ सालमा मानो छुटेको र अंश दिनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रत्युत्तर पत्र रहेछ । ४. प्रतिवादीले पेश गरेको १९७३।२।२१।६ र १९७८।३।१० को लिखत वादीलाई सुनाउँदा लिखत सद्दे भनी बयान गरेको देखिएको मिसिल सामेल रहेका कागजात प्रमाणको मिसिलबाट वादी प्रतिवादीको बीच छुट्टाछुट्टै व्यवहार चली रहेको देखिँदा पुनः बण्डा गरी दिन नमिली अंश पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने काठमाडौं जिल्ला अदालतको फैसला रहेछ । ५. काठमाडौं जिल्ला अदालतको फैसलामा चित्त बुझ्न अंश पाउनु पर्ने भन्ने समेत व्यहोराको वादीको पुनरावेदन पत्र रहेछ । ६. पाउने अंश भन्दा घटी अंश लिएकोमा राजिष्टे«शन भएको हुनुपर्छ भन्ने संशोधित रजिष्ट्रेशनको ३० नं.मा व्यवस्था भएकोमा प्रतिवादीले रजिष्ट्रेशन पारित भएको बण्डापत्र छ भन्न र दाखिल समेत गर्न नसकेकोले वादीको दावी नपुग्ने ठहर्याई शुरूले गरेको इन्साफ मिलेको नदेखिएकोले विपक्षी रुजु रहेकोले झिकाउनु पर