निर्णय नं. १७०६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७०६ - दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ भाग: २५ साल: २०४० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०४०/०५/२० २६१६ निर्णय नं. १७०६ ने.का.प. २०४० अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.फु.नं. ५५६ फैसला भएको मिति : २०४०।५।२०।२ मा निवेदक/वादी : जि.नवलपरासी गा.पं.वा.नं. ८ परासी बजार बस्ने हरी केशवलाल दास विरूद्ध विपक्षी/प्रतिवादी : जि.नवलपरासी कावास्वती गा.पं.वार्ड नं.४ बस्ने रामनाथ पराजुली मुद्दा : दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ (१) वादीलाई राजीनामा गराई दिएको जग्गा प्रतिवादीलाई सट्टापट्टा गरी दिएको देखिन आएकोले वादी दावी बमोजिमको सट्टापट्टाको लिखत र सो आधारमा भएको दर्ता समेत बदर हुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३९।४।१९।३ को फैसला उपर पुनरावेदन गर्न अनुमति पाउँ भनी ०३९।५।१५।३ मा परेको निवेदनपत्रमा ०४०।३।१।४ मा अनुमति पाई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. ऐति कुमाल्नीलाई घरसारमा रू.८०७५। बुझाई ऐतिका नाउँमा दर्ता भएको विष्णुनगर मौजाको १४–८–६ मध्ये कि.नं.३४ को २–०–० छोडपत्र (३८२) राजीनामा गरी पारित गरी दिएकोबाट यस अदालतमा फिराद दिएकोमा पारित नहुने ठहरी फैसला भए पनि मेरो लुम्बिनी अञ्चल अदालतमा पुनरावेदन परी प.क्षे.अ.समेतबाट मैले जिती पाएको जग्गा भोगचलन गरी आएकोमा हाल उक्त जग्गा सर्भेमा कावास्वती गा.पं.वडा नं.४(क) नक्सा भित्रको कि.नं.४९ मा परिणत भई २–३–१८ कायम भएको जग्गालाई विपक्षीले ऐतिसँग मिली सट्टापट्टा गरी भरतपुर भू.प्र.का.चितवनबाट पारित गराई दा.खा. समेत गराएकोले उक्त मेरो ऐतिबाट गराई लिएको राजीनामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट समेत जिती पाएको मेरो हक हुनआएको उक्त जग्गा विपक्षीले सट्टापट्टा गरी दा.खा. समेत गराएकोले लिखत सट्टापट्टा र दर्ता बदर गरी मेरो नाउँमा दा.खा. समेत गरिपाउँ भन्ने समेत व्यहोराको वादी दावी रहेछ । ३. वादी दावी बमोजिम दर्ता लिखत बदर हुनुपर्ने होइन अञ्चल तथा जिल्ला अदालत नियमावली, ०३४ ले फिरादपत्रमा खुलाउनु पर्ने बाध्यता छ वादीले स्त्री अंश धन र अपुतालीको बोली परेतापनि स्त्री अंश धनको कुन नं. र अपुतालीको कुन दफा अन्तर्गत माग गरिएको हो सो कुरा खोल्न नसकेकोले वादीको दावी लाग्न नसक्ने स्पष्ट छ । अ.बं.७३ नं. ले उही मानिसको नाउँमा एकपटक नालिस दिए हुनेमा सो नगरी पहिले दिएको नालिशको रूप विचार गरी मात्र सो मुद्दाको रूपबाट अरू कुरामा पछि नालिस दिने नियत लिई वादीलाई सो वादीमा छुटको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत नहुने गरी व्यवस्था गरेको छ । वादीले बदर गरिपाउँ भनी दावी गरेको लिखत जालसाजी हो भनी नालेस गर्नुभएको छ सो लिखत बदर गारउन चाहेको भए वादीले जालसाजी साथै लिखत बदर पनि अ.बं.७३ नं अनुकूल एकै साथमा दावी गर्नु पर्ने थियो वादीले गर्नुभएको केही नजीर वादी दावाको आधारमा कानुन उपर उदघोषित होइनन् त्यसो हुँदा विषयांतरका केही नजीरको उल्लेखले मात्र वादीको दावा खंभीर भई मेरो लिखत दर्ता बदर हुनुपर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ । ४. जालसाजी र लिखत बदर देवानी र फौजदारी भई अलग अलग उजूर दायर हुनुपर्ने र का