निर्णय नं. १७०७ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७०७ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१६ २३५६ निर्णय नं. १७०७ ने.का.प. २०४० अङ्क ८ फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रि.फु.नं. ४३ आदेश भएको मिति : २०४०।८।१६।६ मा निवेदक/विपक्षी : श्री बागमती अञ्चल अदालत समेत विरूद्ध विपक्षी/निवेदिका : का.जि.का.न.पं.वडा नं.११ थापाथली प्रसूती गृह बस्ने डा. दिव्यश्री मल्ल विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ (१) अन्य कानुनी बाटो अवलम्बन गरी सकेकीलाई संविधानको धारा ७१ अन्तर्गत असाधारण अधिकारक्षेत्रको प्रयोग गरी यस अदालतले मद्दत गर्न नमिल्ने । (प्रकरण नं. २७) निवेदक विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त र विद्वान वरिष्ठ अधिवक्ता श्री रत्नलाल कनौडिया विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल विपक्षी निवेदिकातर्फबाट : विद्वान वरिष्ठ अधिवक्ताहरु श्रीकृष्णप्रसाद भण्डारी र श्री शम्भुप्रसाद ज्ञवाली आदेश न्या.बासुदेव शर्मा १. यस सर्वोच्च अदालत डिभिजनबेञ्चबाट मिति ०३९।९।११।१ मा भएको आदेश उपर निवेदकहरूको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए फुलबेञ्चबाट दोहर्याई हेरी दिनु भन्ने हुकूम बक्से बमोजिम प्रस्तुत रिट निवेदन यस बेञ्च समक्ष विचाराधीन हुनआएको छ । यस रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिरहरू यस प्रकार छन् : २. का.न.पं.वडा नं.१५ अन्तर्गत किमडोल गाउँमा छाउनीको पिपलको बोट देखि बहादुर तामाङको घर पछाडि भई वारुदखाना जाने ७ फिट चौडाको गोरेटो बाटोमा जबरजस्ती पर्खाल लगाएकोमा सार्वजनिक बाटो मिच्न नहुने हुँदा लगाएको पर्खाल हटाउनको लागि का.न.पं.वडा नं.१५ को वडासमितिबाट म्याद आउँदा (३८९) वडासमितिमा ०३६।४।२ मा बयान गरियो । का.न.पं.स्यानिटेशन फाँटबाट म्याद जारी हुँदा वेरीत सँग तामेल गरी का.न.पं.बैठकबाट कुनै म्याद सूचना समेत नदिई म निवेदिकाले लगाएको पर्खाल न.पं.ऐनको दफा ५३ बमोजिम भत्काउने ठहर्छ भनी फैसला गरिएछ । उक्त तथ्यको उदघाटन विपक्षीहरूले मैले बागमती अञ्चल अदालतमा प्रस्तुत गरेको निषेधाज्ञाको निवेदनको लिखितजवाफमा गरेपछि थाहा पाएको म्याद भित्रै वा.अं.अ.समक्ष का.न.पं.को उक्त फैसला उपर पुनरावेदन गरेको थिएँ । पुनरावेदकको नाउँको म्याद ०३६।११।८।३ मा तामेल भएको र सो म्याद अनुसार निजले प्रतिउत्तर फिराउनु पर्नेमा प्रतिउत्तर नफिराई मुद्दामा एकतर्फी फैसला भएको देखिने हुँदा एकतर्फी फैसला उपर त्यसरी म्यादमा हाजिर नहुने पुनरावेदकले पुनरावेदन दायर गर्नसक्ने देखिँदैन । कानुनबमोजिम दायर हुन नआएको प्रस्तुत पुनरावेदन पत्र निर्णय गरी रहन नपर्ने हुँदा पुनरावेदन खारेज हुने ठहर्छ भनी बागमती अञ्चल अदालतबाट निर्णय भएको रहेछ । ३. मैले आफ्नो घर कम्पाउण्ड घेरी रहेको साविक सीमाना भत्की जग्गामा नै मर्मत गरेको परखालको सम्बन्धमा कुनै नक्सा पास वा स्वीकृति लिई रहनु पर्ने कानुनी बाध्यता छैन । तथापि मैले काठमाडौं उपत्यका नगर विकास समितिको स्वीकृति बमोजिम पर्खाल लगाएको थिएँ। कुनै एकाको सम्पत्तिलाई मेरो भनी ठहर गर्न न.पं.ऐनको दफा ५३ ले नगरपञ्चायतलाई अधिकार दिएको होइन । प्रस्तुत मुद्दामा नगरपञ्चायत आफैं वादी आफैं न्यायाधीश भएको छ । नगरपञ्चायतलाई आफैं वादी आफैं न्यायाधीश ह