निर्णय नं. १७०८ - आय कर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७०८ - आय कर भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/२० २७५४ निर्णय नं. १७०८ ने.का.प. २०४० अङ्क ८ फुलबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ३८ फैसला भएको मिति : २०४०।८।२०।३ मा निवेदक/प्रतिवादी : श्री ५ को सरकार अर्थ मन्त्रालय, कर विभाग कर कार्यालय विराटनगर विरूद्ध विपक्षी/पुनरावेदक : जि.मोरड्ड विराटनगर स्थित अरूणोदय उद्योग प्रा.लि.का तर्फबाट ऐ.का सञ्चालक जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.४ बस्ने मदनलाल अग्रवाल मुद्दा : आय कर (१) कर फछ्र्यौट आयोगले व्यक्तिगत धारणा बनाई अजमाइसी आधारमा आयात इजाजतपत्रको मोलको तीस प्रतिशतले खूद आय कायम गर्ने गरेको कर फछ्र्यौट आयोगको निर्णय र सो आधारमा कर कार्यालय विराटनगरले गरेको आयकर निर्धारण आदेश समेत नमिल्ने । (प्रकरण नं. २२) निवेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय विपक्षी पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री शुसिल कुमार सिन्हा फैसला न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७२(ख) बमोजिम श्री ५ महाराजाधिराज सरकारबाट दोहर्‍याई दिनुभन्ने हुकूम प्रमांगी बक्स भएबमोजिम प्रस्तुत मुद्दा यस बेञ्च समक्ष पेश हुनआएको छ । मुद्दाको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : २. कर फछ््र्यौट आयोगको निर्णयानुसार भनी कर कार्यालय विराटनगरबाट आर्थिक वर्ष २०३०।३१ को लागि खूद आय रू.४५,३४९।१५ र कर रू.१०,१४२।०४ र जरिवाना रू.५७।९६ गरी गरेको कर निर्धारण आदेश मिति ०३४।१२।२० मा प्राप्त भएकोमा अरूणोदय उद्योग प्रा.लि.ले नेपाल औद्योगिक व्यवसाय ऐन, २०१८ अनुसार १० वर्ष आयकर छूट पाएको उद्योगले र सोही अनुसार उक्त उद्योगलाई कर नै नलाग्ने भनी पुनरावेदकको भनाई भएकोमा कर फछ्र्यौट आयोगबाट आर्थिक ऐन, २०२७ को दफा १०(२) अनुसार उद्योगको औद्योगिक आयमा मात्र कर छूट हुने अवस्था भएको र नेपाल आयकर ऐन, ०१९ को संशोधित दफा १९(२) मा उद्योगको औद्योगिक आयमा आयकर रिहाई दिन सकिने व्यवस्था रहेको हुँदा पुनरावेदकको गैर औद्योगिक आयमा कर लगाइएको हो भन्ने जिकिर लिएको देखिन्छ । ३. अरूणोदय उद्योग प्रा.लि.ले ०२५ सालदेखि नै १० वर्ष सम्मको लागि आयकर छुटको सुविधा उपभोग गरी आएकोमा मिति ०२९।६।५ मा जारी भएको नेपाल आयकर ऐन, ०१९ को संशोधित दफा १९ लागू हुनसक्तैन र आयकर छूट नपाएका उद्योगको लागि मात्र आर्थिक ऐन, ०२७ सो दफा १० को प्रतिवन्धात्मक वाक्यांश लागू हुने हुँदा उक्त ऐन लगाई अरूणोदय उद्योग प्रा.लि.माथि आयकर लगाउने गरेको कर फछ्र्यौट आयोगको निर्णय कानुनी त्रुटिपूर्ण छ । ४. यस उद्योगले प्राप्त गरेको आयात इजाजतपत्रहरूबाट व्यापारिक वस्तुहरू झिकाई व्यापारबाट प्राप्त हुने आय गैर औद्योगिक आय खूद आय कायम गरी आयकर लगाइएको हो भन्ने कर फछ््र्यौटको जिकिर सम्बन्धमा अरूणोदय उद्योगले नेपालबाट उत्पादित वस्तुहरू निर्यात गरी प्राप्त हुने विदेशी मुद्राको बोनसको रकमबाट यस उद्योगलाई चाहिने कच्चा पदार्थ स्टेनलेस स्टिलका सिटहरू आयात गर्दै आइरहेकोमा श्री ५ को सरकारबाट स्टेनलेस स्टिलका सिटहरूको आयातमा प्रतिबन्ध लगाएको र बोनस रकमबाट तोकिएको ३० वस्तुहरू मगाउन सकिने श्री ५ को सरकारबाट व्यवस्था गरिए अनुसार नै अरूणोदय उद्योगले विकास सामग्रीहरू आयात गर्दै आएको हो आफूखुशी आयात निर्यातको