निर्णय नं. १७१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१० - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/०४ २२३६ निर्णय नं. १७१० ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३९ सालको रि.नं. ९९० आदेश भएको मिति : २०४०।८।४।१ मा निवेदक : जि.सुनसरी इनरूवा गा.पं.वा.नं. २ बस्ने जयराम ठाकुर विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने तनुकलाल ठाकुरसमेत विषय : उत्प्रेषण (१) भूमिसम्बन्धी ऐनले तोकेको कानुनी प्रकृया पूरा नगरी मोहियानी हक प्राप्त हुन नसक्ने। (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह तथा विद्वान अधिवक्ता श्री अवधेशकुमार सिंह, विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.बासुदेव शर्मा १. भूमिसुधार कार्यालय सुनसरीको मिति २०३९।६।१० को निर्णय बदर गरिपाउँ (४०८) भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकारको रहेछ । २. इनरुवा गा.पं.वार्ड नं.२ बस्ने जयराम ठाकुरका नाउँमा दर्ता रहेको वार्ड नं.९(ख) को कि.नं.३७ र ऐ.ऐ.को कि.नं.११२ समेतको जम्मा जग्गा बिगाहा ३–१–१० मैले ०२० सालदेखि मोहीको हैसियतले जोत भोग गर्दै ज.ध. लाई बाली समेत बुझाई आएको हुँदा उक्त जग्गाको मोही कायम गरिपाउँ भनी इनरुवा गा.पं.वार्ड नं.२ बस्ने तनुकलाल ठाकुरको निवेदन परेकोमा पञ्चायतको सरजमीनको आधारमा ठाकुरको निवेदन परेकोमा पञ्चायतको सरजमीन आधारमा मोहियानी हकको प्रमाणपत्र दिने गरी ०३५।४।२६ मा भू.सु.का.सुनसरीबाट भएको निर्णय उपर जयराम ठाकुरको ०३५ सालमा सर्वोच्च अदालतमा रि.नं. ८५६ दायर हुँदा सो निर्णय उत्प्रेषणको आदेशले बदर भई कानुन बमोजिम गर्न भू.सु.का.मा गएको रहेछ । ३. उक्त जग्गाको सम्बन्धमा दुवै थरीलाई राखी मिति ०३८।३।२ मा उक्त जग्गा तनुकलाल ठाकुरले कमाएको भनी भएको सरजमीनको आधारमा तनुकलाल ठाकुरलाई मोही हकको प्रमाणपत्र दिने ठहराई मिति ०३९।६।१० मा भू.सु.का.सुनसरीबाट निर्णय भएको रहेछ । ४. भूमि सम्बन्धी ऐन, ०२१ को दफा २५(१) अनुसार मोही कायम हुनलाई ऐ.को नियम ३ बमोजिमको मोहीको लगत भरेको ऐ.को नियम ९(२) बमोजिम ४ नं.जो.अ.नि. प्राप्त गरेको र ऐ.को नियम ६ बमोजिम २ नं. लगत प्रकाशन भई सो उपर नियम ७(१) को म्यादमा जग्गाधनीको उजूरी नपरी ऐ.नियम ९(३) बमोजिम सो ४ नं.जो.अ.नि. अकाट्य रूपमा स्थापित हुन पर्दछ वा ऐ.ऐनको दफा २५ को उपदफा (२) बमोजिम मोही कायम हुनलाई ऐ.ऐनको दफा ३४(१) बमोजिम दोहरी कबुलीयत भएको एकप्रति स्थानीय गा.पं.मा हुनुपर्दछ । यस बाहेक मोही कायम हुनसक्ने कुनै व्यवस्था नभएकोमा सरजमीनको भनाईको आधारमा मोही कायम गरिएको उक्त निर्णय अवैध तथा कानुनी त्रुटिपूर्ण हुँदा बदर गरी निवेदकको हक संरक्षित गरिपाउँ भन्ने समेत व्यहोराको जयराज ठाकुरको निवेदनपत्र रहेछ । ५. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिड्डलबेञ्चको २०३९।७।२ को आदेश । ६. उक्त जग्गा भू.सु.ऐन लागू हुनुभन्दा अगावै ०२० सालदेखि नै मोहीमा जोती आएको छु । भू.सु.ऐन लागू हुँदा मैले १ नं. फाराम भर्न खोज्दा तपाइले जग्गा जोत्नुभएको छ किन मोही लेखाउनु हुन्छ तपाईं जग्गा सके जोत्दै गर्नु भनी विपक्षी जग्गाधनीले विश्वास दिलाएकोले म अनपढ केही नबुझ्ने गरी मोही हुँदा १ नं. फारम भरिन तर सरजमीन बुझी सरजमीनका भ