निर्णय नं. १७११ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७११ - जग्गा खिचोला भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१८ २२४० निर्णय नं. १७११ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३८ सालको दे.पु.नं. ४०४ फैसला भएको मिति : २०४०।८।१८।१ मा पुनरावेदक/वादी : जिल्ला कास्की पोखरा न.पं.वार्ड नं.२ मिसवा बस्ने प्रज्ञासागर पराजुली विरूद्ध विपक्ष/प्रतिवादी : ऐ.ऐ.बस्ने विष्णुमायाको मु.स. गर्ने थिरकुमारी पराजुलीसमेत मुद्दा : जग्गा खिचोला (१) हक बेहक गर्ने काम बाँकी छँदै बीचमा राजीनामा लिएको देखिएकोले विवादको जग्गा हुँदा सो जग्गा राजीनामा गरी दिने अधिकार नपुग्ने गरी दिएको राजीनामाबाटै मेरो हक हुनआएको भन्न वादी दावी पुग्ने नदेखिने । (प्रकरण नं. १३) पुनरावेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.बासुदेव शर्मा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०३८।३।२३।३ मा भएको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी २०३८।४।२८ मा पर्नआएको निवेदनपत्रमा २०३८।७।२३।१ मा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. जिल्ला उन्मूलनमा बाबा शिबप्रसादले विवरण दरखास्त दिई तिरो समेत तिरेको जग्गा मध्ये पूर्व पश्चिम बाटोको ४ किल्ला श्रामित्रको विजनाला ।।६ के तिरो ।५२ को ठुलो जग्गा बगर भन्ने जग्गा बाबा शिवप्रसादले रू.९९। मा गजबहादुरलाई ०१८ सालमा राजीनामा दिई निज गजबहादुरले घर बनाई पाउँ भनी दरखास्त दिँदा विपक्ष मध्येकी विष्णुमायाले मेरो अंश हकको जग्गा भनी उजूर गरेबाट हक बेहकको नालेस गरी हक बेहक गर्ने काम बाँकी छँदै गजबहादुरले लिएको राजीनामा बदर हुने भन्ने सर्वोच्च अदालतको फैसला भएकोले राजीनामाबाट गजबहादुरको हक नपुग्ने भई मेरो हक कायम रहने भएको र सो जग्गा दर्ता गर्नलाई पिताजीले म्याद भित्र दरखास्त दिई तिरो समेत दाखेल गर्नुभएको र विपक्ष लोग्ने बाबाले दरखास्त दिँदा सो जग्गा दरखास्त नपरेबाट मेरो हक भइरहेको जग्गामा विपक्ष विष्णुमाया रुद्रमणि (४११) गई हाम्रा दाजु कान्छा बाबु देवर थिरमणिले सो जग्गा चलन गर्नु भएकोले दावी खिचोला गरेकोले विपक्षीहरूको दावी खिचोला मेटाई मेरो हक कायम गरिपाउँ भन्ने समेत प्रज्ञा सागरको फिरादपत्र रहेछ । ३. सर्वोच्च अदालतबाट विपक्षीको पिताले गजबहादुरलाई दिएको राजीनामा बदर भई फैसला भएपछि त्यस म्याद ३५ दिन भित्र अथवा २ वर्ष भित्र फिराद दिई जग्गा हक बेहक कायम गर्नुपर्ने सो नगरेबाट यो उजूर खारेज गरिपाउँ भन्ने समेत विष्णुमायाको प्रतिउत्तर रहेछ । ४. प्रतिवादी मध्येको चन्द्रप्रसाद समेतजना ३ को म्याद गुजारी बसेको रहेछ । ५. वादी दावीको जग्गा ०२९।१२।७ मा प्रतिवादी मध्ये विष्णुमायाबाट रू.३५००। मा मैले राजीनामा गरी लिएको छु वादी दावी झुठ्ठा हो भन्ने समेत शुभलालको बयान रहेछ । ६. रैकरमा परिणत गराई आफ्नो–आफ्नो नाउँमा दर्ता गराएको दर्ताको प्रमाण वादीले पेश गर्न नसकेको समेतबाट प्रतिवादीहरूले खिचोला गर्यो भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत कास्की जिल्ला अदालतको ०३५।३।१८ को फैसला रहेछ । ७. दुवै पुनरावेदक प्रत्यर्थीको बराबर हक रहेको देखिए तापनि विर्ता उन्मूलन ऐन बमोजिम दार्ता भइसकेको देखिएन । यस स्थितिमा ठूलो बगर भन्ने सम्पूर्ण जग्गामा मेरो हक कायम गरिपाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरी कास्क