निर्णय नं. १७१२ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१२ - जालसाजी भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१८ २२२१ निर्णय नं. १७१२ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३८ सालको फौ.पु.नं. ३२५ फैसला भएको मिति : २०४०।८।१८।१ मा पुनरावेदक/वादी : जिल्ला कास्की पोखरा न.पं.वार्ड नं.२ मिरुवा बस्ने प्रज्ञासागर पराजुली विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने विष्णुमायाको मु.स. गर्ने थिरकुमारी पराजुलीसमेत मुद्दा : जालसाजी (१) लिखत रजिष्ट्रेशन पारित भएको देखिन नआएकोले जालसाजी नगरेको ठहराई पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव देखिने । (प्रकरण नं. १५) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.बासुदेव शर्मा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले ०३८।३।२३।३ मा गरेको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने २०३८।४।२८।४ मा निवेदन परी २०३८।७।२३।१ मा पुनरावेदनको अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ । २. रत्नाखरका नाउँमा लालमोहर भएको विर्ता उन्मूलन भई रैकरमा परिणत भई रैकर तिरो दर्ताको मेरो पिता शिवप्रसाद सहितका अंशियार हुन । भिन्न हुँदा पिताजीका भागमा परेको विर्ता मध्ये ४ किल्ला भित्रको ठूलो बगर भन्ने जग्गा रू.९९। मा पिताजीबाट गजबहादुरले ०१८ सालमा राजीनामा गरी लिई घर बनाउँदा विपक्ष विष्णुमाया समेतको खिचोला पर्दा गजबहादुरको उजूर परी र राजीनामा सदर हुने भनी सर्वोच्च अदालतबाट फैसला भएपछि हक बेहकमा विष्णुमाया समेत उपर मैले नालेस दिँदा आफ्नो प्रतिउत्तरमा ठूलो बगर भन्ने जग्गा रू.९९। मा शुभलाललाई दिएका छु भनी प्रतिउत्तरमा लेखेबाट थाहा पाई बुझ्दा लेखक साक्षीलाई समेत ढाँटे भोर्‍याई हक बेहकको फैसला भई नसक्दै थैली देखाई ०२९।११।७ को मिति पारी जालसाजी लिखत खडा गरेकोले फिराद गर्न आएको छु । जालसाजी गरी राजीनामा लिनुदिनु गरेमा कीर्ते कागजको १० नं.बमोजिम सजाय गरिपाउँ भन्ने समेत (४१४) प्रज्ञासागर पाध्याको फिरादपत्र रहेछ । ३. वादी दावीको जग्गा रू.३५,००। मा मिति ०२९।११।७ मा ६ महीना पारित गरिदिने व्यहोराको राजीनामा लिएको छु दावी बमोजिम रू.९९। कै थैली राखी जालसाज राजीनामा लिए दिएको छैन । जालसाज भन्ने दावा झुठ्ठा हो भन्ने समेत शुभलालको प्रतिउत्तरपत्र रहेछ । ४. फिराद परेपछि साक्षी समेत भोर्‍याई रू.९९। मा अघिको मिति पारी जालसाजी लिखत खडा गरेको होइन रु. ९९। को जालसाजी लिखत खडा भए लिखत दाखिला हुनु पर्दथ्यो सो गर्न नसकेबाट दावी झुठ्ठा हो भन्ने प्रतिवादी विष्णुमायाको प्रतिउत्तर रहेछ । ५. वादी प्रतिवादीको साक्षी बुझिएको बकपत्र मिसिल सामेल रहेछ । ६. जग्गा नै वादीको दावा नपुग्ने भनी आजैका मितिमा निर्णय भएको समेत हुँदा उक्त राजीनामा लिखत प्रतिवादीहरूले जालसाज गर्‍यो भन्ने वादीको दावा पुग्न सक्दैन भन्ने समेत कास्की जिल्ला अदालतको फैसला रहेछ । ७. २०२९।१२।७ मा दिने विष्णुमाया पराजुली, लिने शुभलाल गुरुड्डलाई बगर भन्ने पाखो जग्गा राजीनामा गरी जालसाज गरेकोले सजाय गरिपाउँ भन्ने वादी भएको प्रस्तुत मुद्दामा उक्त जग्गा वादीको नाममा दर्ता नभएको कारणले वादी दावा पुग्न नसक्ने ठहर गरी दे.३०२ नं.को जग्गा खिचोला मुद्दा आजै फैसला भएकोले वादी दावी पुग्न नसक्ने ठहर गरी शुरू जिल्ला अदालतले गरेको फैसला सदर हुने ठह