निर्णय नं. १७१३ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७१३ - जालसाजी भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/०५ २३५९ निर्णय नं. १७१३ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको फौ.पु.नं. ३१७ फैसला भएको मिति : २०४०।८।५।२ मा पुनरावेदीका/वादी : दाङ उरहरी गा.पं.वा.नं. ५ उरहरी बस्ने गीतादेवी विरूद्ध विपक्षी/प्रतिवादी : दाङ ज.म.वि.वि.गा.पं.बस्ने ठाकुरप्रसाद उपाध्यायसमेत मुद्दा : जालसाजी (१) आमा मरेकोबाट अपुताली हक हुनआएको भन्ने देखाई गरेको प्रस्तुत जालसाजी मुद्दा अ.बं.८२ नं.अनुसार वादीको फिराद लाग्दैन भन्न नमिल्नेमा फिराद लाग्न नसक्ने भन्ने गरेको इन्साफ त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्रीकृष्णप्रसाद भण्डारी विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली फैसला न्या.बासुदेव शर्मा १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन, पुनरावेदन गर्ने अनुमति पाउँ भनी पुनरावेदीका वादी गीतादेवी शर्माको यस अदालतमा पर्नआएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई पेश हुनआएको प्रस्तुत जालसाजी मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. बाबु खुसलरामको छोरा नाति कोही नभई निज पत्नी मोतीदेवीबाट जन्मिएकी जेठी छोरी म कान्छी छोरी अन्यायवाला मध्ये कविरामसँग विवाह भएकी लछिमादेवी समेत २ छोरी छौं आमा मोतादेवी विरामी हुनुभएकोले औषधी उपचार गराउन अन्याय मध्ये कविरामको साथमा काठमाडौंमा पठाई २०३३।५।२२ देखि काठमाडौं शान्ताभवन हस्पिटलमा भर्ना भई २०३३।६।१० सम्म औषधी उपचार भई ऐ.११ गते घरमा आउनुभएको आमा मोतीदेवीलाई सञ्चो नभई विरामीले ग्रस्त गरी कोही मौका मौकामा बेहोसी हुन लागेकोले धर्मशास्त्र अनुसार मुक्तिको लागि निज आमाको देहत्याग गराउन भनी मेरा पति बोधराम र अन्याय रामप्रसादको साथ लगाई २०३३।८।२ गते विहान घरबाट आउने विरामीलाई भेट्न आएको अन्याय मध्ये कविराम, दामोदर आफ्नो घर जान र ठाकुरप्रसाद घोराहीसम्म जान भनी साथै आमाको सँगै गएका हुन दाङ घोराही गा.पं.वा.नं. ८ पक्रेयामा सो दिन १० बजे पुगी खिमलाल गिरीको घर ठाकुरप्रसादको सखेत बैनी ज्वाँइ पशु चिकित्सालय दाङको मुखिया जागिर भएको भीमकान्तले डेरा गरेको ठाउँमा निज भीमकान्ताई भनी विरामी आमा मोतादेवीलाई राखेछन् । खिमलालको घर उत्तरतर्फ निकाश कोठा भएको केही गुप्त कोठा सानो भई भात पकाउने कोठा साँग्रो हुनाले हामी विरामी हेर्छौं भनी ठाकुरप्रसादले समेत तहाँ देखि एकपाउ टाढा पश्चिम तर्फ खाल्टो सेवा र खोलामा पानी नजिक भएको बगरमा भाग पकाउन पति बोधराजलाई पठाई बेहोसी आमा मोतादेवीलाई झुक्याई थैली लिनुदिनु नगरी रू.२८,०००। अंकित गरी दाङ हलवारको गा.पं.को बिगाहा १–०–१९ जग्गाको (४१७) ०३३।१।२६ को मिति राखी ठाकुरप्रसादले र थैली रू.८५,०००। अंकित गरी ऐ.मौजाको जग्गा विगाहा ८–१–४ को २०३३।१।२९ मिति पारी रामप्रसाद समेतले जालसाजी राजीनामा खडा गरेकोले लिखत साक्षी हुने समेत विपक्षीलाई कीर्ते कागजको १० नं. ले सजाय गरी जग्गा बिगाहा १०–१९ को मेरो हक कित्तै पिच्छे आधीले बिगाहा ०–१०–९–½ को राजीनामा बदर गरिपाउँ भन्ने समेत वादी । ३. वादीको आमा मोतादेवीले आफ्नो स्वास्थ्य राम्रो भएको अवस्थामा आफ्नो घरमा बसी पूर्ण जानकारीका साथ आफ्ना हकभोगको दाङ मानपुर गा.पं.वा.नं. ३(ग) समेत कि.नं.१५ समेत कित्ता २ के बिगाहा १–०–१९ को रू.२८,०००। थैली बुझी लि