निर्णय नं. १७१४ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१४ - जग्गा भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१८ २५६२ निर्णय नं. १७१४ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ४८२ फैसला भएको मिति : २०४०।८।१८।२ मा पुनरावेदक/वादी : स.अ.बझाङ जिल्ला सुनदेरा चैनपुर गा.पं.वडा नं.३ बस्ने अम्बरराज जोशी विरूद्ध विपक्षी/प्रतिवादी : स.अ.बझाङ जिल्ला सुनदेरा चैनपुर गा.पं.वडा नं.२ चैनपुर बस्ने हंस गिरी समेत मुद्दा : जग्गा (१) रैकर हो वा गुठी हो, हक बेहकमा नालिस दिन ३५ दिन भित्र अदालतमा जानु भनी परेको फैसला बमोजिम मयाद भित्र नालेस नपरी हद म्याद नघाई परेको फिराद खारेज गर्ने निर्णय सदर हुने । (प्रकरण नं. १२) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल फैसला न्या.बासुदेव शर्मा १. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत २०३७।९।१९।६ मा गरेको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी २०३७।२।९।१ मा परेको निवेदनपत्रमा २०३८।१२।१।४ को अनुमति भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नप्रकारको रहेछ । २. तिरना ढुंगा मौजा जिन्सी सेराको मोठमा बुबा कुलानन्दका नाउँमा दर्ता भएको कि.नं.३ मुलबाटा पूर्व कुला देखिन सन्कु धर्मजगबहादुर सिंहका खेत कुला उत्तर ठीक पश्चिम शेरा खेत उ. ।३५ को धान १०।१० गहुँ १।१।७ जिन्सी तिरो लागि दर्ता भएको सो जग्गा बाजे चन्द्रदेव बझाङगी राजाबाट दान पाई बाजेका दिन देखि हक भोगचलन गरी आएका र बझाङगी राजाबाट स्थापना गरेका शिव दुर्गामठमा पूजा गरे बापत दक्षिण तथा सो जग्गाको जिन्सी तिरी, राजाबाट बाबु बाजेलाई मिन्हा दिन गरेकोमा म गर्भमा छँदा १९९५ सालमा बुबा परलोक भएपछि ०९६ सालमा म जन्मेको मेरो नाबालक अवस्थामा शिवदुर्गाको मठमा आजा पूजा नभएबाट विपक्षीका बागमती गंगा गिरीले उक्त नं.को जग्गामा दृष्टिपात गरी शिव दुर्गाको पूजा म गर्छु कुलानन्द दर्ताका ३ नं. सेरा खेत ३५ मुरी मैले खान पाउन वारुली निस्सा गरिपाउँ भन्ने राजा कान्छा बिन्तिपत्र गरेको छु । आफ्ना पिता पुर्खाले दान दिन पाउनेका सन्तानका नाउँमा रैकर जिन्सी सेराका मोठमा दर्ता भइसकेको जग्गालाई गुठीको हैसियत लगाई कुलानन्दको छोराको उमेर नपुगेसम्म शिवदुर्गाको पूजा गरी खानु भन्ने समेत व्यहोराको बझाङ राजाबाट ०६ सालमा रिपोर्ट तोक पाई जग्गा भोगेको रहेछ मेरो जात कर्म उपनयन गरी १४ वर्षको उमेर पुगेपछि पूजा गर्न मेरो दिलचश्पी हुन गई पूजा छोडाई आफ्नो हक कब्जा गरौं भनी गंगा गिरीसंग गई जग्गा र मोठको पूजा छाडी पूजाका भाडावर्तन फिर्ता देउ भनी गंगासँग भन्न जादा गंगा गिरीले नछोड्ने धाक धम्की देखाउँदा म १४ वर्षको केटोले कठोर शब्दले भनेको धाक धम्कीले उसै दिनदेखि मेरो बराबर होस ठेगाना नभइ बेहोस भई कहिले काहीँ होस आउने र सोही पिरले बेहोस भइरहेकाबाट ०२३ सालमा गंगा गिरी मरेछ भन्ने अरूबाट सुनेपछि मेरो होस ठेगाना हुँदै आएकोले जग्गा चलन गर्न जाँदा राधाले चलन गर्न नदिई पूजा भाँडा पनि नदिई दिन्न भनी जवाफ दिएकाले दान दिनेका उत्तराधिकारी माननीय न्यायाधीशज्यू इश्वरी गंजबहादुर सिंहबाटै ठाडो आदेश गराई शुरू निवेदनमा गुठीको दावी लिएको हुँदा आवश्यक कारवाई गरी पूजा चलाउने प्रबन्ध आदि जो गर्नुपर्ने गरी दिन हुन भनी गुठी संस्थानमा लेखी पठाएकोबाट बुझी राय साथ पेश गर्न भनी गुठी संस्थानबाट बझाङ माललाई आदेश (४२१)