निर्णय नं. ९२१० - बेलगती मोही लगत कट्टा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२१० - बेलगती मोही लगत कट्टा भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०२/१६ ३८३९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति :- २०७१।२।१६।६ ०६८–CI–१५०१ मुद्दा : बेलगती मोही लगत कट्टा । पुनरावेदक/वादी : जिल्ला बारा, गा.वि.स. बिसुलपुर्वा, वडा नं. ३ मा स्थापित श्री राम जानकी भगवानको महन्थ गोखुल दास वैरागीको चेला ऐ.ऐ. बस्ने सुखल दास वैरागी विरूद्द विपक्षी/प्रतिवादी : जिल्ला बारा, विसुनपुर्वा वडा नं. १ बस्ने यदै खाँ थारू § प्रतिवादीले मोही प्रमाणपत्र प्राप्त नगरेको भए पनि लामो समयदेखि वादीको घरबारी भन्दा बाहेकको जग्गा जोतभोग गर्दै आएको एवम्‍ जग्गाधनीले बाली बुझी भरपाई दिँदै आएबाट यी प्रतिवादी मोही होइनन्‍ भनी निष्काशन गर्ने हो भने भूमिसम्बन्धी कानूनी व्यवस्था वैयक्तिक हक एवम्‍ कानूनी राज्यको अवधारणाको प्रतिकूल हुन जाने । (प्रकरण नं.५) पुनरावेदक/वादीका तर्फबाट : विपक्षी/प्रतिवादीका तर्फबाट : विद्वान्‍ अधिवक्ता पवनकुमार जैसवाल अवलम्बित नजिर : § नेकाप २०६९, अङ्क ३, पृष्ठ ४५७, नि.नं.८७९० सम्बद्ध कानून : § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६, २९ सुरू फैसला गर्ने : भूमिसुधार अधिकारी राजाराम थापा पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री गिरिराज पौडेल मा.न्या.श्री विदुर विक्रम थापा फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भै प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त विवरण र ठहर यस प्रकार छ :– श्री रामजानकी भगवान मन्दिरको नाममा दर्ता कायम रहेको जिल्ला बारा, गा.वि.स. जयनगर च्युटाहा वडा नं. ७ कि.नं. ५ को ज.वि. १–११–१५ जग्गाको स्रेस्ता पुर्जाको मोही महलमा भदै खाँ थारू उल्लेख हुन गएको तर निजले भूमिसम्बन्धी ऐन, २०२१ तथा भूमिसम्बन्धी नियमावलीबमोजिम निज भदै खाँ थारूले मोहीको हैसियतबाट १ नं. लगत नभरेको र सोको आधारमा २ नं. अनुसूची प्रकाशित नभएको तथा ३ नं. मोहीको प्रमाणपत्रसमेत नभएको र दावीको जग्गा जग्गाधनी रामजानकी भगवान मन्दिरको जोत भोगमा रहेको तथा मोही लगत नभएको अवस्थामा मोही हुन नसकिने भनी सम्मानित श्री सर्वोच्च अदालतबाट नजिर प्रतिपादन भएकाले बेलगती मोही कट्टा गरिपाउँ भन्नेसमेत व्यहोराको वादी श्रीरामजानकी भगवान मन्दिरको महन्थ गोखुलदास वैरागीको चेला सुखलदास वैरागीले भूमिसुधार कार्यालय, बारामा मिति २०६५।९।१ मा दिएको निवेदनपत्र । विपक्षीले दावी गरेको जग्गाको म दर्तावाला मोही भएको र मोहीको कर्तव्य पालन गरी आएको छु । भूमिसम्बन्धी नियमावलीबमोजिम दावी जग्गाको मोही १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भै मोहीयानी हकको प्रमाणपत्र पाएको व्यक्ति हुँ । दावीको जग्गा २०२० देखि २०६५ सालसम्म जोत भोग गरी सोको कुतबाली मबाट जग्गाधनीले बुझी मोही स्वीकार गरी सालसालै भरपाई गरिदिएको हुँदा सो भरपाइहरूको प्रतिलिपि पेस गरेको छु । मसँग रहेको मोहीको २ नं. अनुसूची र ४ नं. जोताहा स्थायी निस्साको प्रमाण मसँग रहेकाले म दर्तावाला मोहीको मोहीयानी हक समाप्त पार्न विपक्षीले झुट्ठा उजुरी निवेदन गरेकाले विपक्षीको माग दावी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी भदै खाँ थारूको मिति २०६५।१०।२४ को प्रतिउत्तरपत्र । भूमिसुधार कार्यालय, बारामा रहेको मोही १ नं., २ नं., ३ नं. लगत भिडाउँदा १ नं. र २ नं. अनुसूचीको ठेली नभएको र मोही प्रमाणमा दावी जग्गा उल्लेख नभएको भनी