निर्णय नं. १७१५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१५ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/२० २२२८ निर्णय नं. १७१५ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३८ सालको रि.नं. १५५१ आदेश भएको मिति : २०४०।८।२०।३ मा निवेदक : जि.बैतडी दही माण्डौं गा.पं.वा.नं. ५ बस्ने प्र.पं.जयदेव भट्ट विरूद्ध विपक्षी : बैतडी जिल्ला बैतडी जिल्ला ग्वालेक गा.पं.को प्र.पं.केशव दत्त जोशी समेत विषय : उत्प्रेषण (१) दर्ताको जग्गा हो भन्ने कुराको सबूत प्रमाण पुर्‍याई अदालतबाट हक कायम गराउने विषय भएको र रिट क्षेत्रबाट सबूत प्रमाण बुझी निर्णय गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे आदेश न्या.बासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रत्यर्थी नं. ४ तथा ५ को निर्णय कार्यान्वित नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश र उत्प्रेषणको आदेश जारी गरी निवेदकको हकहरू प्रचलन गराई पाउँ भनी मिति ०३८।११।१४।५ मा दर्ता हुनआएको रिट निवेदनको संक्षिप्त तथ्य जिकिर यस प्रकार छन् । २. संक्षिप्त तथ्य : जिल्ला बैतडी उपल्लो सोराड देहीमाण्डौं गाउँका भवानसिंह बोहराका तालुका भित्र ०३३ सालदेखि बाली आउने गरी म निवेदक जयदेव भट्टको नम्बरी दर्ता भएको पाखो जग्गा कासीराम भट्टबाट फार्से राजीनामा लिएको गाई चण्डीको डाँडा देखि पश्मि खोला पूर्व खोला देखि भीर देखि दक्षिण डाँडा धारदेखि उत्तरको व.प. काठाधाडी गडोखर फगालो डाँडो चाहर पाथी ।१।७ के रू.।३९।२ को कित्ता १ ताल कुल्ला (४२५) खोलादेखि पूर्व डाँडादेखि पश्चिम भिरदेखि दक्षिण डाँडा धार देखि उत्तर अल्याउ डाँडाको चाहार पा.वि. ।।६ रू.।१५।३ कित्ता १ तल्ला बाटा देखि दक्षिण पल्लाबाटा देखि उत्तर, डाडा देखिपश्चिम खोला देखि पूर्वको त.म. बम्युर गडो चाहोर पा.वि. ।६।६ रू.१।४१।३ को कित्ता १ डाँडा देखि पूर्व गजाल देखि पश्चिम धार देखि उत्तर जंगल देखि दक्षिणको डाँडा गडो चाहोरा पा.वि. ।१। रू.२१ को कित्ता १ र १९९५ सालमा दर्ता भएको मोही मोती बोहरा कि.नं.५८९ जंगलको उत्तर भवानी सो दक्षिण गोई चडो गुठी पाखो चाहार पा.वि. ।१। तिरो रू.२१ को कित्ता १ भवानी बोहरा कि.नं.५९० गोई चडो पाखो गुठी मोती सो पश्चिम, जंगल सो पूर्व, पा.वि. ।१ तिरो रू.२१। को कित्ता १ समेत यी २ कित्ताको जग्गा बै. जर्ग बस्ने काशिराम भट्टलाई दिएको र काशिराम भट्टबाट म निवेदक जयदेव भट्टले फार्छे राजीनामा लिएको जग्गा समेत जम्मा ७ खली गुठी रैकर पाखो उपल्लो सोराड देहीमाण्डौं मौजाको जग्गा उल्लेखित राजीनामा दर्ताबाट सालिन्दा अद्यापि मालपोत तिरो बुझाई निर्विवाद रूपले मेरो हक भोगचलनको जग्गा हो । ३. प्रत्यर्थी नं. १,२,३ ले ०३७।११।१ मा प्रत्यर्थी नं. ४ नं. समक्ष पूर्व डाँडा, पश्मि डाँडा उत्तर ठूलो ढुंगा बराड दक्षिण धार भनी ४ किल्ला बाधी पञ्चायत वन कायम गरी सुम्पी पाउन निवेदन दिनु भएछ प्रत्यर्थी नं. ४ बाट ०३८।१।११ मा प्रत्यर्थी नं. १ लाई उक्त ४ किल्लाको पञ्चायती वन कायम भएको प्रमाणपत्र दिई ०३८।३।२ तथा ४ गते डिमार्केशन विलर गाड्ने काम भएको रहेछ । ४. संक्षिप्त जिकिर : म रिट निवेदकलाई कुनै प्रकारको म्याद सूचना नदिई सुनवाइको मौकाबाट वञ्चित गरिएको प्राकृतिक न्याय सिद्धान्तको प्रतिकूल छ । पञ्चायती वन कायम गर्नको निमित्त वन ऐन, २०१८ को दफा २९ ले प