निर्णय नं. १७१६ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१६ - लिखत बदर भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०७/२९ २७१२ निर्णय नं. १७१६ ने.का.प. २०४० अङ्क ८ डिभिजनेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको दे.पु.नं. ४९९ फैसला भएको मिति : २०४०।७।२९।३ मा पुनरावेदक/प्रतिवादी : कास्की जिल्ला अमेलाछहरे पानी गा.पं.वार्ड नं.२ भीमकला उपाध्याय विरूद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने खिमलाल आचार्य समेत मुद्दा : लिखत बदर (१) वादी दावीको लिखत पारित हुँदाका अवस्था वादीको उमेर २१ वर्ष नाघेको भन्ने देखिँदैन, यस्तोमा निजको मञ्जूरी लिनुपर्ने अवस्था नदेखिने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या.धनेन्द्र्रबहादुर सिंह १. प्रस्तुत मुद्दामा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिन सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३१।११।१५ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दामा मुद्दाको तथ्य निम्न अनुसार छ । २. विपक्षी लिलाधरकी पत्नी म कुस्मा हुँ मेरो ३ छोरामा जेठा खिमलाल माहिलो म त्रिलोचन कान्छा म देवप्रसाद भएको जिजु बाजेका आर्जनका ९० सालको जाँचमा जि.मु. रुद्रनाथ जिम्मा कि.नं.१०० मा हाम्रा बाजे बलभद्रका नाममा दर्ता भएको लामाचौर विरुवा भन्ने खेत मुरी ।१६।१२।१४ मध्ये खेत मुरी ।२।८।३ को कित्ता १ ऐ.भन्ने खेत मुरी ।१३।१० मध्ये खेतमुरी २।५ को कित्ता १ समेत विपक्षी पुरुष पिता लिलाधर आसामी भिंकला साहू बनी हामीहरूको सगोलका अंश नभएको जम्मा रू.५१००। मा राजीनामा गरी ०३३।७।२ मा पारित गरेको ०३४।१।३० मा नक्कल सारी थाहा भएकोले फिराद गर्न आएको छु । विपक्षी लिलाधरको १ (४२८) भाग बाहेक हामी अंशियारका ४ भागको लिखत बदर गरी सजाय पाउँ भन्ने समेत कुस्मा आचार्य समेतको फिरादपत्र । ३. लिलाधर घरको मुख्य हुन निजबाट राजीनामा लिएको पनि हो । लिलाधरले रजिष्ट्रेशन पारित गरी नदिएकोले मैले वादी दिई म्याद तामेल भएपछि एकाघर सगोलका परिवारले थाहा नपाएको भन्ने विश्वास योग्य हुनसक्दैन । मुद्दा फैसला भएपछि अ.बं.८६ नं.को व्याख्या गरेमा फैसला भएको मितिले ३५ दिन कटाई, यो वादी दिने अधिकार छैन । वादी कुस्माले ०३३।४।१० मा कास्की जि.अ.मा दरखास्त दिई राजीनामा नक्कल लिएको छन् । ०३४।१।३ मा मात्र थाहा पाएको भन्न मिल्दैन । यो वादी म्याद नाघी आएकोले खारेज गरिपाउँ भन्ने समेत भीमकलाको प्रतिउत्तर । ४. प्र.लिलाधरले ०३४।२।२६ मा तामेल भएको इतलायनामाको म्याद गुजारी बसेको रहेछ । ५. वादीका छोराहरू २१ वर्ष भन्दा कमको दुई छोराहरू वादी देखिएकोले निजहरूको मञ्जूरी लिन ऐनले नपर्ने भएकोले वादी दावीको ५ खण्डको ४ खण्ड नभई ५ खण्डको २ खण्ड खिमलाल र कुस्माको हक सम्मको लिखत बदर हुने ठहर्छ भन्ने समेत कास्की जिल्ला अदालतको ०३४।१२।९ को फैसला । ६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी प्रतिवादीहरू दुवै पक्षको पुनरावेदन । ७. लिखत पारित मुद्दामा ०३३।२।२४।१ मा भएको फैसलाको आधारमा लिखत ०३४।७।२ मा रजिष्ट्रेशन भएको यसै फैसलाको नकल ०३३।४।१३ मा वादी कुस्माले लिइसकेको देखिँदा सो फैसला थाहा पाएको मितिले अ.बं.८६ नं.बमोजिम ३५ दिन भित्र फैसला बदर गराई पाउँ भनी नालिस गर्नुपर्नेमा सो ऐनको हदम्याद भित्र दायर नभएकोे प्रस्तुत फिराद खारेज हुनुपर्ने देखिएकोले खारेज नगरी श