निर्णय नं. १७१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७१७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१९ २६४३ निर्णय नं. १७१७ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. १४७३ आदेश भएको मिति : २०४०।८।१९।२ मा निवेदक : भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वार्ड नं.१ बस्ने लक्ष्मीनारायण न्हुछे श्रेष्ठ विरूद्ध विपक्षी : ऐ.ऐ.गा.पं.वार्ड नं.१ बस्ने तुइसिं फसी श्रेष्ठ समेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) न्यायिक निर्णय गर्नुपर्ने अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री राजन ढुड्डाना विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. मिति ०३९।११।६ को भू.सु.का.भक्तपुरको निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : मेरा नाउँमा भक्तपुर माल कार्यालयको मोठ श्रेस्ता लगतमा दर्ता भएको श्री महेन्द्र अन्तलिंगेश्वर दधिकोट पञ्चायत वार्ड नं.८(ख) कि.नं.१८५५ को १–५–० को जग्गाधनी म निवेदक र मोही विपक्षी जनिएकोमा विपक्षीले बाली नबुझाई ०३८ सालको बालीमा भू.सु.का.भक्तपुरमा मेरो फिराद परेको र मैले श्री ५ महाराजाधिराज सरकारको जुनाफमा दिएको बिन्तिपत्रमा भू.सं. ऐन, २०२१ को दफा २९(१) बमोजिम मोहीले बाली नबुझाएकोले बाली भराई जग्गाबाट निष्काशन समेत गरिपाउँ भनी दिएको बिन्तिपत्रमा कानुनबमोजिम गर्नु गराउनु भन्ने हु.प्र. बक्स भई सो कागज आएपछि मात्र मुद्दा छिन्नु भनी भनेकोमा त्यसको वास्तै नगरी भू.सं. ऐन दफा २९(१) ले तोकिएको अधिकारीले मोहीलाई निष्काशन गर्न आदेश दिनसक्ने छ भन्ने व्यवस्था भएको निष्काशन गर्नसक्ने आदेश दिनसक्नेछ भन्ने तजबिजी अधिकार हो । तजबिजी अधिकार भए पनि निष्काशन हुने नहुने कुराको आधार देखाउन पर्ने भनी ऐ.उल्लेखित निर्णयबाट प्रतिपादित भएको छ । निष्काशन गर्न पर्छ भन्ने कानुनी किटान नभएको र तजबिजी अधिकार भएको देखिएको हुँदा वादी दावीको कूत (४३१) प्रतिवादीले बुझाएको छैन अड्डैमा बुझाउन तयार छु भनी प्रतिवादीले स्वीकार समेत गरेको हुँदा वादीले कूत भराई पाउने ठहर्छ । मोही निष्काशन तर्फ तजबिजी अधिकार भएकोले मोहीले आफ्नो सत्य कुरा लेखी दिएकोले एक चोटिलाई मोही निष्काशन नहुने ठहर्छ भनी मिति ०३९।११।६ मा विपक्षी कार्यालयबाट निर्णय भयो । ३. उक्त निर्णयमा अ.बं.१८४(क) को विपरीत हुनुको साथै विपक्षी कार्यालयबाट तजबिजी अधिकार भनी फैसला गर्नु भएकोमा तजबिजी अधिकार भए तापनि न्यायिक तरीकाले न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा सबूत प्रमाणको मूल्याड्ढन गरी आधार देखाई निश्चित ठहरमा पुग्नु पर्नेमा आधार नै नदेखाई निष्कर्षमा पुगिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरीकाले निर्णय भएको भनी भन्न मिल्दैन उक्त फैसला बदर हुनुपर्छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने मिति ०३९।१२।१७ को सिड्डलबेञ्चको आदेश रहेछ । ५. भू.सं. ऐन, २०२१ को दफा २९(१) अनुसार निष्काशन गर्न आदेश दिनसक्ने छ भन्ने वाक्यांश सम्बन्धित अधिकारीको तजबिजी अधिकार हो भन्ने कुरामा विवाद छैन । यो अधिका