निर्णय नं. १७१८ - कीर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७१८ - कीर्ते जालसाजी भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०७/२८ २४५८ निर्णय नं. १७१८ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको फौ.पु.नं. २७४ फैसला भएको मिति : २०४०।७।२८।२ मा पुनरावेदक/प्रतिवादी : जि.महोत्तरी भुनाहा खजुरिया गा.पं.वा.नं. ३ बस्ने सिल्टु राय यादव विरूद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने खट्टर राय यादव मुद्दा : कीर्ते जालसाजी (१) जिल्ला अदालतको अन्तिम फैसलाबाट पारित भई कायम रहेको लिखतलाई प्रस्तुत कीर्ते जालसाजीको दावीबाट बदर हुने स्थिति समेत नभएको । (प्रकरण नं. १६) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.धनेन्द्र्रबहादुर सिंह १. प्रस्तुत मुद्दामा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिने सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।५।१७।४ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ : २. मेरा नाउँमा दर्ता भएको भूतहाख जुरिया वडा नं.३ख को कि.नं.१३४ को ०–५–९ कि.नं.७५ को ०–८–९ वडा नं.३ ख कि.नं.१०३ को ०–२–१२ समेत जग्गा विगाहा ।।।२ जग्गा लिखत पारित तर्फ पास गराई मेरो हक लाग्दैन लागेको जग्गाको बाली काट्न पाउँदैनौ मैले काटी लग्छु भनी बसिरहेको थिएँ । सिल्टुले सो कुरा बराबर प्रमाण लगाई रहेबाट आशंका लागी ०२९।२।११ गते यस अदालतबाट पारित गराउने गरेकोबाट यथार्थ हुनआयो । २१००।– को ०२८।२।२३ को लिखत पारित गरिपाउँ भनी ०२८।९।१३ गते मुद्दा दिएकोमा म्याद गई प्रतिवादीहरू मिली जालसाजबाट तामेल गराई थाहा नदिई एक तर्फी फैसला गराएछन् प्रतिवादीहरू मिली जालसाज लिखत खडा गरी झुठ्ठा नालेस दिई एकतर्फी फैसला गराउनुभएको पेश भएको लिखतमा कारणीको सिर पुछारमा थोरै ठाउँको रेखात्मक ल्याप्चेको रेखा प्रष्ट नबुझिने भन्ने कैफियत जनिएको पाई सो जग्गामा खिचोला गर्न सिल्टुको हकाधिकार छैन । लिखत मैले नगरेकोमा प्रतिवादीहरू मिली जालसाजी खडा गर्नुभएको प्रमाणका मानिसबाट थाहा पाएकोले जालसाज गरे गराएको तामेली बदर गरी कीर्ते ठहराई जालसाज कीर्ते गरे गराएमा सजाय गरिपाउँ भन्ने समेत फिरादपत्र । ३. वादीले दावी गर्नुभएको कीर्ते राजीनामा लिखत मैले लेखेको वा कीर्ते काम गरेको छैन । सक्कल लिखत झिकी आएमा मेरो हस्ताक्षरबाट लेखेको सावित हुनसक्दैन भन्ने समेत मोहन ठाकुर वडहीको प्रतिउत्तर । ४. मेरा उपर झुठ्ठा दावी गर्नुभएको हो सो लिखतमा मेरो सही परेको देखिन आउँदैन दावी गरेको लिखतमा मैले सहिछाप गरी साक्षी बसेको होइन छैन । सहिछाप भिडाई पाउँ भन्ने समेत रामप्रताप पास्यानको प्रतिउत्तर । ५. वादी दावी झुठ्ठा हो । म्याद जालसाजी तामेल गर्ने गराउने सहिछाप गर्ने लिने दुवैथरी माथि नालेस दिनुपर्ने सो नगरी ३ जना साक्षी बस्ने माथि मात्र नालेस दिएको छ । अ.बं.११० नं.को रीत पुर्‍याई तामेल भएको हो । चुनावको कारणबाट जालसाजी दावा लिनुभएको हो । वेरीतसँग तामेल भएको अवस्था २०८ नं.बमोजिम फैसला बदर हुने कानुनमा भएको वादीले जालसाजीमा दावी लिनुभएको पुग्न सक्दैन भन्ने समेत सिल्टुको र इतलायनामा रीत पुर्‍याई हाम्रो सामुन्नेमा तामेल भएको हो सहिछाप गरेको हो भन्ने रामप्रीत राय र नवल राय वादीले सोरत्र व्यवहार गरी राजीनामा (४३४) गरेकोमा म समेत अन्तरसाक्षी बसी दिएका हो कीर्ते नभएको हुँदा दावा झुठ्ठा हो भन्ने कमल रायको संयुक्त प्रत