निर्णय नं. १७१९ - लिखत पारित जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७१९ - लिखत पारित जालसाजी भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०७/२८ २४८४ निर्णय नं. १७१९ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ४४५ फैसला भएको मिति : २०४०।७।२८ मा निवेदक/प्रतिवादी : धनुषा जिल्ला जनकपुर नगरपञ्चायत वार्ड नं.१० बस्ने लक्ष्मण साहू सुडी विरूद्ध विपक्षी/वादी : सिराहा जिल्ला ब्रम्हपुरी गा.पं.वार्ड नं.८ बस्ने बैजनाथप्रसाद साहू रौनियार मुद्दा : लिखत पारित जालसाजी (१) जालसाजी भनी बयान गर्ने प्रतिवादीले तारेख गुजारे पनि अ.बं.१८५ क.नं.को दहाय १ बमोजिम सबूत प्रमाण बुझी त्यसतर्फ ठहर गरी सो ठहरलाई प्रमाण लगाई वादी दावीको लिखत पारित हुने नहुने के हो ? त्यसको निर्णय गर्नुपर्ने । (प्रकरण नं. १६) फैसला न्या.धनेन्द्र्रबहादुर सिंह १. लिखत पारित जालसाजी मुद्दामा पुनरावेदन गर्ने अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदन गर्न अनुमति प्रदान भई प्रस्तुत हुनआएको मुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ । २. विपक्षी लक्ष्मण साहू सुडिले रू.३५,९१८। लिई जनकपुर न.पं.वार्ड नं.१० जनकपुर बेत्ही विर्ताको नगदी दोकानी रू.८।७५ लाग्ने सडक सो पश्चिम रामनारायण साहू सो पश्चिम षिकाउ साहू सो उत्तर माटा पोखरी सो पूर्वको पूर्व पश्चिम १० फुट उत्तर दक्षिण २२।। फुट को ज.वि. ०–०–१२–३ (बाह्र धुर सात कनवा) जग्गामा भएको इटको पश्चिम देवाल पूर्वबाट माथि खप्टाको छाना भएको कोठली २ अगाडि बरण्डा पछाडि बरण्डा २ पश्चिम तर्फबाट पदमा देवल माथि छत भएको कोठली समेत जम्मा ४ र सम्पूर्ण जग्गाबाट सडक छाडी ०३२ साल माघ १ गते राजीनामा गरी दिएको लिखत परित गरी दिएनन् पारित गराई पाउँ भन्ने समेत वादी दावी रहेछ । ३. वादीलाई चिनेकै नहुँदा लिखत गरिदिएको (४३७) छैन । सक्कल लिखत हेर्न पाउँ भन्ने समेत प्रतिवादी लक्ष्मण साहूको प्रतिउत्तर जिकिर रहेछ । ४. वादीबाट सक्कल लिखत दाखिल गराई प्रतिवादीलाई सुनाएकोमा मेरो दशै साहुसँग लेनदेन व्यवहार भएको हो । वादीसँग कहिले पनि लेनदेन व्यवहार गरेको छैन । दशै साहूले नै कुनै प्रकारबाट लिखत गराई लिएको हुनुपर्छ देखाइएको कागज जालसाजी हो भन्ने प्रतिवादीको वारिसको बयान रहेछ । ५. दुर्गा मेडिकल स्टोरको पूर्व मुखको बरण्डामा बसी रू.३५,९१८। लिई राजीनामा गरी दिएको हुनाले स्वतन्त्र व्यवहारको लिखत हो जालसाजी होइन भन्ने वादीको वारिसको बयान रहेछ । ६. एकमुष्ट वादीसँग प्रतिवादीले रकम बुझी स्वेच्छापूर्वक राजीनामा लिखत गरी दिएको हो जालसाजी होइन भन्ने राजकुमार साहुको बयान रहेछ । ७. रु. ३५,९१८। मिति ०३२।१०।१।५ मा बुझी जग्गा घर राजीनामा गरी दिएको हो जालसाजीबाट लिखत गराएको छैन भन्ने नन्दकिशोरलालको बयान रहेछ । ८. दशै र लक्ष्मणले साझा व्यापार गर्ने गरेका थिए व्यापारमा घाटा लागेकोले नोक्सानी रूपैयाँको राजीनामा लेखी दिएकोमा साक्षी बसी दिन पर्यो भनी दशैंले भनकोले साक्षी बसेको छु मेरो सामुन्नेमा दशैं वा बेजनाथले लक्ष्मणलाई रूपैयाँ दिएको होइन भन्ने बच्चु साहू कलवारको बयान रहेछ । ९. दशैं र लक्ष्मणले साझा व्यापार गरेकोमा घाटाको सिलसिलामा लिखत लेखी दिएकोमा साक्षी बस्न दशैंले भनेबाट विश्वासमा परी साक्षी बसी दिएको हुँ मेरो सामुन्नेमा रूपैयाँ गनी गनाउ भएको होइन भन्ने भोला साहुको बयान रहेछ । १०. ०३४।९।२५ को तारिख प्रतिवादीले गुजारी बसेको हुँदा जालसाजी तर्फको वादी डिसमिस हुने र लिखत रीतपूर्वक दे