निर्णय नं. १७२१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७२१ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१२ २३०८ निर्णय नं. १७२१ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको रिट नं. १०३८ आदेश भएको मिति : २०४०।८।१२।२ मा निवेदक : जिल्ला कपिलवस्तु दोहनी गा.पं.वार्ड नं.४ बस्ने रामबरण कुर्मी विरूद्ध विपक्षी : ऐ.हरनामपुर गा.पं.वार्ड नं.२ बस्ने बेचु लोनियासमेत विषय : उत्प्रेषण (१) उखडा फाराम भरेको नदेखिएको भन्दै मोही प्रमाणपत्र समेत पाइसकेको भन्ने आधारमा मोही बदर गर्नु परेन भनी गरेको निर्णय त्रुटिपूर्ण छ भन्न नसकिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह र विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. ०३९।५।२८ को भूमिसुधार कार्यालयको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धरा ७१ अन्तर्गत पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : विपक्षीको बाबु बुच्चुन लोनियाले मेरो साविक मौजा हरनामपुरको १९२ समेतको जग्गामा जवरजस्ती २०११ साल आषाढ १४ गते देखि कब्जा गरी खिचोला गरेकोले २०११ साल र ०१२ सालको बाली दिलाई चलन चलाई पाउँ भनी मुद्दा चल्दा सर्वोच्च अदालतबाट मिति २०२१।२।२७।३ मा फैसला भई सो बिगो समेत भराई पाएकोमा सो जग्गा जिल्ला कपिलवस्तु हरनापुर गा.पं.वार्ड नं.२ख कि.नं.५८ को ०–२–४ ऐ.कि.नं.११० को ०–६–३–७ ऐ.कि.नं.११४ को ०–७–५ ऐ.कि.नं.११६ को ०–६–१३ ऐ.कि.नं.१४७ को ०–२७ ऐ.कि.नं.१५७ को ०–१–० जग्गा नापी भएकोमा यही जग्गाको पोत बुझाई रसीद दिलाई पाउँ भनी विपक्षीको बाबु बुच्चुन लोनियाले मुद्दा दिँदा मिति २०१४।२।१७।५ मा उजूरी झुठ्ठा ठहरी फैसला भएकोमा यसै जग्गा सम्बन्धमा बुच्चुन लोनियाले उखडा सम्बन्धी ऐन, २०२१ लागू भए पछि उखडा फाराम भर्दा उजूरी परी मेरो ठहरी शुरूदेखि सर्वोच्च अदालतसम्म फैसला भएकोमा पुनः सो जग्गालाई भू.सं. ऐन, २०२१ लागू भएपछि प्रतिरक्षीले २ नं. लगत प्रकाशित गराउँदा मेरो उजुरी परी सो आदेश बदर (४४३) भएकोमा उक्त उल्लेखित कुरालाई आधार लिई फिल्डबुकमा लेखिएको मोहीको नाम कटाई पाउँ भनी विपक्षी अधिकारीज्यू समक्ष उजूर गर्दा फिल्डबुकमा मोही व्यहोरा लेखाई मोहीको प्रमाणपत्र समेत पाइसकेको र विपक्षीले उखडा फाराम समेत भरेको नदेखिँदा लगत कट्टा हुने ठहर्दैन भनी मिति ०३९।५।२८ का दिन निर्णय गर्नु भएकोले उल्लेखित निर्णय र मोहियानी हकको प्रमाणपत्र समेतको नक्कल लिई हेर्दा मोहियानी हकको प्रमाणपत्र कुनै पनि निर्णय नगरी मिति २०३१।२।३२।६ का दिन दिइएको देखियो । ३. उक्त निर्णय भू.सं. ऐनको दफा २५(१) र (२) ३४(१) र नियमावलीको नियम ३(२) ६,७,९(३) तथा ने.का.प. २०३१ को नि.नं. ८४७ फुलबेञ्च पृ.सं. २५९ को र अ.बं.१८४क, १८५, १८९ नं. तथा प्रमाण ऐनको दफा ५४ र उखडा ऐन, २०२१ को सम्पूर्ण प्रावधानहरूको समेत विपरीत छ भन्ने समेत रिट निवेदन जिकिर रहेछ । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिं.बे.को २०३९।८।८ को आदेश रहेछ । ५. उखडा फाराम मैले भरेको होइन । मेरो छुट्टी भिन्न भइसकेको बाबुले भरेकैमा मेरो मोहियानी हक जाने होइन । निवेदकले देखाए बमोजिमको जग्गाको म हक प्राप्त मोही भई मेरो मोहीको सबूत प्रमाणको आधारमा भू.सु.का.कपिलवस्तुको ०३९।५।२८ मा कानुनको