निर्णय नं. १७२२ - लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७२२ - लिखत बदर भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/०९ २५४० निर्णय नं. १७२२ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको दे.पु.नं. ४४४ फैसला भएको मिति : २०४०।८।९।६ मा पुनरावेदक/वादी : वीरगञ्ज नगरपञ्चायत अन्तर्गत वडा नं.१३ बस्ने प्रेमबहादुर तामाङ समेत विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने धुर्वबहादुर तामाङसमेत मुद्दा : लिखत बदर (१) बिक्री गरेको लिखतमा मेरो एकलौटी हकभोगको भनी लेखिएको देखिन्छ । सगोलको आर्जन भन्ने देखिन नआएको हुनाले पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. १२) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरूप्रसाद बराल विपक्षी प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.धनेन्द्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३८।१२।१५ गतेको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ५ को ख अनुसार पुनरावेदनको अनुमति भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. म प्रेमबहादुर बाबु, विन्दुदेवी सौतेनी आमा र धु्रबबहादुर छोरा हो हामी सगोलमा बसी आएको अवस्थामा वीरगञ्ज पशुपति आदर्श नगर निर्माण समितिबाट किस्ता बन्दीमा जग्गा बिक्री गरेको कुरा थाहा भई घर बासको कित्ता नं. ४१८ को ज.वि. ०–१–२–४३ मध्ये पूर्वतर्फबाट वीरगञ्ज बस्ने सिखादेवीले आधी जग्गा र पश्चिमतर्फबाट आधी ज.वि. ०–११–२१–½ एघार धुर साढे एक्काइस प्वाइन्ट जग्गा हामीले लिने गरी ०२३।१२।४ मा छोरा धु्रवबहादुरका नाउँबाट शुरू किस्ता दाखिल गरी त्यसपछि पटक–पटक गरी किस्ता बुझाई मिति ०२७।८।२९ मा पूरा किस्ता भुक्तान गरिएको कोठा ३ र दक्षिणतर्फ बरण्डा सेप्टीक पाइखाना समेत बनाई विजुली धारा समेत लिई सगोलमा नै बसी भोग गरी आएको आजसम्म अंशबण्डा पनि भएको छैन सो घर जग्गा ८५,०००। हजारमा बिक्री गरे भन्ने सुनेबाट बुझ्दा विपक्ष छोरा धु्रबबहादुर तामाङले विपक्ष अमृतमान सिंह श्रेष्ठलाई रू.१,३०,०००। एक लाख तीस हजारमा ०३७।५।२५ गते र न.नं. ८८७ बाट रजिष्ट्रेशन पारित गरी दिएको ०३७।५।२७ गते नक्कल सारी लिई थाहा हुनआयो म प्रेमबहादुरको आर्जनको धु्रवबहादुरका नाउँमा किस्ता बन्दीबाट लिएको जग्गा घर हामीहरूको मञ्जूरी बेगर बिक्री गरेको सदर नहुने हुँदा फिराद गर्न आएको छु विपक्षीहरूको लिखतमा सिर्फ जग्गा मात्र लिई पास गरेको हुँदा उक्त लिखत बमोजिमको जग्गा मध्ये ३ खण्डको एक खण्ड पूर्वतर्फ धु्रवबहादुरको पर सारी पश्चिमतर्फबाट २ खण्ड जग्गा विगाहा ०–०–७–४७–½ साढे सात धुर सैंतीस प्वाइन्ट लिखत दर्ता बदर भई सो जग्गा हामीहरूका नाउँमा दर्ता दाखिल गरी विपक्षबाट दिलाई भराई पाउने भन्ने समेत वादी प्रेमबहादुर विन्दुदेवीको संयुक्त फिरादपत्र रहेछ । ३. विपक्षहरू मेरो माता पिता र सौतेनी आमा हुनुहुन्छ । आमा स्वर्गीय भई सौतेनी आमा ल्याए पछि मलाई अनेक दुःख दिएको हुनाले घर दोकानबाट निस्की आफ्नो ज्ञान प्रयासबाट रूपैयाँ आर्जन गर्दै किस्ता बन्दीमा जग्गा लिई ०३७।५।२४ मा पारित गराई लिई उद्योग व्यवस्था (४४६) गर्ने उद्देश्यबाट आफ्नो आर्जनको आफू खुशी गर्न पाउने जग्गा बिक्री गरेको हुँ लेनदेन व्यवहारको १० नं.अनुसार विपक्षहरूको मञ्जूरी लिई रहन नपर्ने बिक्री गरेको हुँ पिताको आर्जनबाट खरीद गरेको र घर समेत नबनेकोले आफ्नो हकको आफूखुस गर्न पाउने जग्गा बिक्री गरेको हुँदा फिराद दावी झुठ्ठ