निर्णय नं. १७२३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७२३ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१९ २४९६ निर्णय नं. १७२३ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०३९ सालको रिट नं. १८५२ आदेश भएको मिति : २०४०।८।१९।२ मा निवेदक : जि.मोरड्ड विराटनगर न.पं.वार्ड नं.३ बस्ने तेजनारायण महतो विरूद्ध विपक्षी : जिल्ला हुलाक कार्यालय मोरंग विराटनगरको प्रवर हुलाक हाकिम प्रेमचन्द्र भण्डारीसमेत विषय : उत्प्रेषण (१) नि.से.नि., २०२१ को नियम १०.१४(२) ले व्यवस्था गरे अनुसार रिट निवेदकसँग स्पष्टीकरण नलिई निवेदकलाई निजामती सेवा नियमावली, २०२१ को नियम १०.१(६) अनुसार सरकारी नोकरीको निमित्त भविष्यमा सामान्यतया अयोग्य ठहरिने गरी नोकरीबाट बरखास्त गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुन्दरलाल चौधरी विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.धनेन्द्र्रबहादुर सिंह १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निवेदन जिकिर यस प्रकार छ : म निवेदक जिल्ला हुलाक कार्यालय मोरड्ड अन्तर्गत हलकाराको पदमा रही ०३१ सालदेखि अवछिन्न रूपमा सेवा गरिरहेको स्थायी निजामती कर्मचारी हुँदा आफ्नो सेवा कालमा हुलाक सम्बन्धी कानुन एवं उत्तरदायित्व बहन गर्दै आइरहेकोमा केही महीना अगाडि मात्र हलकाराको कामबाट सर्टिङ फाँटमा मलाई काम जिम्मा दिएकोले सोही काम गर्दै आएको र हुलाक सम्बन्धी कानुन र हाकिमको निर्देशन अनुसार सर्टिङ्ग फाँटमा हुलाकको कर्मचारी बाहेक अन्य व्यक्तिहरूलाई प्रवेश गर्न निषेध गरिएकोले सोही अनुरूप बाहिरी व्यक्तिहरूलाई प्रवेश गर्न निषेध गर्दै आएकोमा मिति ०३८।८।१४ का दिन विराटनगर मेनरोड स्थित विशाल इन्टरप्राइजेजमा काम गर्ने ज्ञानचन्द्र गान्धी अनुमति विना सर्टिङ रूममा प्रवेश गरी चिठ्ठी आफैं छटनी समेत गर्न थाल्नुभएकोले यहाँ बस्न हुँदैन भनी भन्दा नमानी चिठ्ठी छटनी गरी अरूको नामको चिठ्ठी लानुभएको थियो सो कुरा हाकिमज्यू समेतलाई भनेको थिए । मिति ०३८।८।१४ का दिन निज ज्ञानचन्द्र पुनः बलजफती भित्र पसी चिठ्ठी छटनी गर्न लाग्दा बाहिर जानोस भन्दा नमानी मैले हात समाउदा मलाई कुटन खोज्दा चश्मा झरी फुट्यो र निज ज्ञानचन्द्रले मलाई पिटनुभएको हो, भनी व्यहोरा उल्लेख गरी स्पष्टीकरण दिएकोमा प्रवल हुलाक हाकिमले मलाई ०३८।८।२३ मा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट दरखास्त गरे उपर कोशी अञ्चलाधिश कार्यालयमा पुनरावेदन गरेकोमा मिति ०३८।१२।२४ मा सजाय थप गरी भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी थप निर्णय गरे उपर कोशी अञ्चलाधिश कार्यालयमा पुनरावेदन दर्ता गराई (४४९) मन्त्रालयमा आई बुझ्दा यहाँबाट केही हुँदैन भनी मौखिक सूचना पाउँदा रिट निवेदन दिन आएको छु । अञ्चलाधिश कार्यालय विराटनगरले प्रवर हुलाक हाकिम जिल्ला हुलाक कार्यालय मोरड्डले मिति ०३८।८।२३ मा सरकारी नोकरीको लागि अयोग्य नठहरिने गरी बरखास्त गर्ने गरेको निर्णयलाई सदर थप गर्दै गरेको मिति ०३८।१२।२४ को पुनरावेदन निर्णय निम्न आधारमा त्रुटिपूर्ण छ । २. प्रवल हुलाक हाकिमले नि.से.नि., ०२१ को नियम १०.६(५) को अभियोग लगाई सोही नियमको नियम १०.१(५) बमोजिम सरकारी नोकरीको निमित्त भविष्यमा सामान्य तथा अयोग्य नठहरिने गरी बरखास्त गर्ने गरेको र सो उपर अञ्चलाधिश कोशी अञ्चलमा पुनरा