निर्णय नं. ६२७० - दर्ता बदर दर्ता ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७० - दर्ता बदर दर्ता । भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :२०५३/०३/३१ ३३१० निर्णय नं.६२७० ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५० सालको दे.पु.नं...११७८,१४४० फैसला मितिः २०५३।३।३१।२ विषयः दर्ता बदर दर्ता । पुनरावेदक वादीः जिल्ला पर्सा गा.वि.स. भेडीहारी वडा नं. १ वस्ने गया महतो कोइरी । विरुद्ध प्रत्यर्थी प्रतिवादीःजिल्ला पर्सा गा.वि.स. भेडीहारी वस्ने नथुनी महतो कोइरी समेत जम्मा ६ । अ.वं. ७८ नं. बमोजिम लिइएको बयानको आधारमा किर्ते ठहर गर्न मिल्ने अबस्था देखिदैन । -प्र.नं.१७) लिखतको प्रकृति अनुसार व्यक्तिको साथमा रहने लिखतमात्र मुलुकी ऐन अ.व.७८ नं. को प्रकृया अपनाई सद्दे किर्तेमा सुनाई सद्दे किर्ते ठहर गरी विवादको निरुपण गर्नुपर्ने हुन्छ । लिखतको प्रकृति अनुसार सरकारी अडृामा रहेको लिखत किर्ते भएको देखिए स.मु.सं.ऐन, को दफा ३ को अनुसुची १ को नं. १२ ले सरकारी छाप दस्तखत वा सो छाप दस्तखत किर्ते भएको मुद्दा सोही ऐन बमोजिम कारवाही चलाई मुद्दा दायर गरी ठहर गर्नुपर्ने । (प्र.नं.१७) मुनरीले गया महतोलाई गरिदिएको शेषपछिको बकसपत्र मालपोत कार्यालय पर्साबाट रजिष्ट्रेशन पारीत भएको र त्यस्तो कागज लिखतको प्रकृति अनुसार सरकारी अडृामा रहने लिखत भएको कारण त्यस्तो लिखत किर्ते भए स.मु.सं. ऐन, अनुसार नै कारवाही चलाउनु पर्नेमा सो नगरी मुलुकी ऐन, अ.वं. ७८ नं. को गलत प्रकृया अपनाई किर्ते गरेको भनी निर्णयाधार लिएको पाइन्छ । किर्ते गरेको सम्बन्धमा नारायणी अंचलाधिश कार्यालयमा उजुर परी किर्ते नठहर्ने गरी निर्णय समेत भएकोले, किर्ते गरेको भन्ने आधारमा र फिल्डवुक कैफियत महलमा बकसपत्र जनिएकै आधारमा मात्र विवादित जग्गाहरु बकसपत्र भित्रको भन्ने निर्णयाधार लिइ गरेको पर्सा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौंडाको फैसलालाई मुनासिव ठहर्‍याउन नमिल्ने । -प्र.नं.१७) पुनरावेदक तर्फबाटः विद्धान अधिवक्ताद्वय श्री शंकर नाथ अधिकारी तथा श्री राजेन्द्र अधिकारी । विपक्षी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्धान अधिवक्ता श्री उपेन्द्र के.सी. अवलम्वित नजीरः फैसला प्र.न्या.सुरेन्द्र प्रसाद सिंहः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ (१) (ग) अन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यस प्रकार छ । २. बिपक्षीको बाजे बराजु क्रमशः बाल गोविन्द महतो, हिरामन महतो, शिवरतन महतो र रामधारी महतो ४ दाजु भाई भएको गोबिन्द तर्फबाट लक्ष्मी, श्रीकिसुन र विन्ध्याचल ३ तिन छोरा हिरामन तर्फवाट राम दयाल, नन्दकुमार २ छोरा शिवरतन तर्फबाट रघुनाथ, मथुरा, विश्वनाथ र कमल ४ छोरा राम धारी महतोको २ श्रीमति रोझनी र मुनरी भएको निजको छोरा छोरी कोही नभएकोमा वृद्ध अवस्थामा सेवा टहल र मृत्युपछि काज क्रिया गर्नको लागी आफ्नो भाई तुलसी महतोलाई एउटा छोरा मेरा साथ राखी देउ भनि भनेपछि मलाई बुबाले अर्‍याए बमोजिम सेवा टहल गर्न थालेपछि म बाट रिझाए बापत वाहाको नाउंमा दर्ता रहेको देहायको जग्गा तत्कालिन पर्सा मालबाट २००७।५।११ गते शेषपछिको बकसपत्रको लेखत लेखी रजिष्ट्रेशन पास भएको । शेषपछिको लेखत विरुद्ध मुनरी कोइरीन र म समेतलाई प्रतिवादी बनाई नथुनी महतोले नालेश गर्दा प्रधान न्यायालय लगायतवाट लिखत सदर गर्ने गरी फैसला भएको छ । फुपु मुनरीको सेवा गरी आएकोमा ०४२।१०।१७ गते मृत्यु भै काजक्रिया गरेकोमा फुपु मुनर