निर्णय नं. ६२७२ - प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७२ - प्रतिषेध भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/10/23 २७४३ निर्णय नं. ६२७२ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत २०५० सालको रिट नं. ......... २८१२ आदेश मितिः २०५३।१०।२३।४ विषयः प्रतिषेध । निवेदकः जिल्ला मोरङ हात्तिमुडा स्थित स्वस्तिक आयल इण्डट्रिज (प्रा.) लि.को तर्फवाट अधिकार प्राप्त अधिकारी जि.मोरङ विराटनगर न.पा. वडा नं.८ दुगड निवास वस्ने नरेश दुगड विरुद्ध विपक्षीः श्री ५ को सरकार, कर कार्यालय, विराटनगर । § स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.प्रशोधित खानेतेल उत्पादन गर्ने ठुलो उद्योगको रुमा स्थापित भएको र औद्योगिक व्यवसाय ऐन, २०३८ अन्तर्गत सुविधा पाउन सक्ने स्थितिको उद्योग भएको आधारमा आयकर छुट प्राप्तीको लागि कारवाही चली रहेको र कुनै निर्णयमा पुग्न सकी रहेको नभएपनि आयकर दर्ता प्रमाणपत्र नवीकरण गरी गरि दिने भनी सम्वन्धित विभागवाट पत्राचार भइ रहेको स्थिति र सो सम्बन्धी सम्पुर्ण जानकारी कर कार्यलय विराटनगरलाई भई रेको देखिंदा तथा अरु वढी बुझ्नू पर्ने वा जानकारी प्राप्त गर्नु पर्ने आवशक्यता देखिए तत्सम्वन्धी जानकारी सम्वन्धित बिभागवाटै प्राप्त गर्न सक्ने छंदाछदै पनि कर कर्यालय बिराटनगरावाट मिति २०५०।६।१४ मा उक्त उद्योगलाई आय विवरण सहतिको वासलात तथा नाफा नोक्सान हिसावलाई पुष्टि गर्ने वहीखाता वील भरपाई आदि लिई खाता परिक्षण गराउने कार्यको लागी सात दिन भित्र उपस्थित हुने सूचना दिएको मिसिल सामेल रहेको पत्रको फोटो प्रतिवाट देखिन्छ । प्रचलित नेपाल कानून बमोजिम सुविधा पाउन सक्ने अवस्था तथा सुविधा प्राप्ती तर्फको कारवाही नटुंङिदै र सम्वन्धित बिभाग एवं मन्त्रालयवाट जानकारी दिंदा दिदै पनि कर कार्यालय विराटनगरवाट सात दिने उपस्थित हुने सूचना पाएवाट कर निर्धारण प्रकृया प्रारम्भ हुन लागेको देखि यस अदालतमा प्रतिषेध सम्वन्धी निवेदन पर्न आई कारण देखाउ आदेश जारी भएकोमा कर कार्यालय, बिराटनगरवाट मिति २०५०।९।२६ मा सूचना वुझी २०५०।१०।८ मा लिखित जवाफ फिराएको देखिन्छ । उक्त लिखित जवाफ हेर्दा आयकर निर्धारण भई ससकेको नभई निरिक्षण परीक्षणको कार्यसम्म प्रारम्भ भएको देखिएको र औद्योगिक व्यवसाय ऐन अन्तर्गत उत्पादन मुलक ठुला उद्योगले आयकर सुविधा पाउन सक्ने कानूनी प्रावधान रहेवाट र त्यस तर्फ कारवाही समेत चली रहेको भन्ने देखिएकोले त्यस तर्फ ध्यान नदिई आयकर निर्धारण गर्ने तर्फको प्रकृया प्रारम्भ गरेको मुनासिब भन्न नमिलकोले स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.का. आयकर सुविधा सम्बन्धी कारवाही निर्णय नभएसम्म निवेदकको आयकर निर्धारण नगर्नु भन्ने कर कार्यालय विराटनगरको नाममा प्रतिषेध जारी हुने । (प्र.नं.११) निवेदक तर्फवाटः विद्धान अधिवक्ता श्री कमल नारायण दास । बिपक्षी तर्फबाटः विद्धान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी. । अवलम्बिज नजीरः आदेश न्या.केदारनाथ आचार्यः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ तथा ८८(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छ : २. श्री ५ को सरकार, उद्योग बिभागको प.सं.०४१।४२ उ.वि.ई.शा. ३११५।७(२५ च.नं. ५६२५ मिति २०४१।६।८ को पत्रवाट उत्पादन मुलक ठुलो उद्योगको रुपमा यस स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि.को इजाजत प्राप्त भई मिति २०४१।८।२६।३ का दिन कम्पनी दर्ता भयो । विभिन्न कारणवस औद्योगिक इजाजतको म्याद भित्र उत्पादन प्रारम