निर्णय नं. १७२७ - ज्यान कर्तव्य

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७२७ - ज्यान कर्तव्य भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०७/२९ २८०४ निर्णय नं. १७२७ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको फौ.पु.नं. ४२९ ” ” फौ.सा.नं. ५५ फैसला भएको मिति : २०४०।७।२९।६ मा पुनरावेदक/वादी : उविमान बुढामगरको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी : रुकुम जिल्ला हुकाम गा.पं.वार्ड नं.४ बस्ने लाखप्रताप बूढा मगर मुद्दा : ज्यान कर्तव्य (१) अभियुक्तहरूले कर्तव्य गरेकै हो भन्ने अरू तथ्ययुक्त आधार मिसिल प्रमाणबाट देखिन नआएको हुँदा पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. ३०) पुनरावेदक वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर फैसला न्या.बब्बरप्रसाद सिंह १. वादी श्री ५ को सरकारको पुनरावेदन परी पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्त तथ्य यसप्रकार छ : २. अन्यायवाला मध्ये कर्मया मगर्नीले नमालुम कसको करणी गर्भ धारण गरी यही २०३४ साल जेष्ठ २८ गते राति जन्मेको जिउँदो जातक रुकुम हुकाम गा.पं.वार्ड नं.६ हुकाम बस्ने कर्मया मगर्नी १ ऐ.ऐ.बस्ने विनलाख मगर्नी १ ऐ.ऐ.बस्ने नन्दे बूढा मगर १, ऐ.ऐ.(४६१) बस्ने लाखप्रताप बूढा मगर १ समेत जवान ४ मिली कर्तव्य गरी जन्मेको जिउँदो बालख मारी दबाए भन्ने पं.स. उविमान बूढा मगरको २०३४।४।५।४ को जाहेरी दरखास्त । ३. लास दबायो भनी भनेकोमा घरमा खोजी खनी हेर्दा मासु छाला केही नभएको बालखको जस्तो हड्डी जस्तो छुट्याउन नसकिने विभिन्न भागका जस्ता छिन्न भिन्न भई छुट्टिएको अं. ३ इन्च बराबरको २ वटा कपडाको टुक्रा देखिएको सो ठाउँ वरपर हेर्दा अरू कुनै चिन्ह निशान देखिएन भन्ने समेत व्यहोराको घटनास्थल विवरण मुचुल्का । ४. मेरो जग्गा जुनिप्रसाद बूढा मगरले खिचोला गरी दिएको र उविमान बूढा मगर समेतले ५००। जबरजस्ती गरी लिएकोले जिल्ला कार्यालयमा मुद्दा दिन गएको छु सो रिसइवी साधन गर्नका लागी मेरो उपर झुठ्ठा मुद्दा दिएका हुन् भन्ने समेत लाखप्रताप बूढा मगरको २०३४।४।१२।४ को सरजमीनमा गरिदिएको कागज । ५. २०३४ साल जेष्ठ २८ गते दिन रातमा आफ्नो घरमा छु, कर्मया मगरनीले जातक जन्माएको नजन्माएको मलाई थाहा छैन म निर्दोष मानिसका उपर झुठ्ठा उजूर दिएको हुन भन्ने समेत नन्दे बुढाको मौका तहकिकात डोर सरजमीनमा गरेको २०३४।४।१२ को कागज । ६. कर्मया मगरनीको जन्मेको जिउँदो बालकलाई म समेतले कर्तव्य गरी मारेको होइन मेरो लोग्न जग्गा सम्बन्धी मुद्दा दिन मुसिकोट जानुभएको सो इवीले झुठ्ठा उजूर दिएका हुन भन्ने समेत २०३४।४।१२ को मौका तहकिकात डोर सरजमीनमा विनालाख बूढा मगर्नीले गरी दिएको कागज । ७. २०३४ साल जेष्ठ २८ गते राति खाना खाई सुत्ने बेलामा अभियुक्त नन्दे बुढा लाखप्रताप बूढा र विनालाख मगर्नी समेतले कर्मया मगर्नीले जन्माएको बच्चालाई बचाए पुरानो लोग्नेले लिँदैन बच्चालाई मारी दबाउनु पर्दछ भन्ने गफमत गरेको लाखप्रतापले बच्चलाई उचाली जमीनमा पछारी मारी दियालो बाली झ्याङ भित्र बसको आँखाले नै देखेको हुँ म त्यसपछि के के गरे थाहा भएन भन्ने जानरोज धर्ती मगर्नी लालतोली घर्ती मगर, दाडी बूढा मगर्नीले र कर्मया मगर्नीले नमालुम कसको वीर्यबाट हो गर्भ बोकेकी थिई २०३४ साल जेष्ठ २८ गतेको राति कर्मया मगर्नीको गर्भबाट जन्मेको जातकलाई लाखप्रताप नन्दे बूढा विनलाख मगर्नी समेत मिली कर्तव्य गरी मारी दबाई भन्ने कुरा लालतोली जानरोज ढाटी मगर्नी समेतको मुखबाट सुनेका हौं कर्तव्य