निर्णय नं. १७२८ - उखुबालीको क्षतिपुर्ति दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७२८ - उखुबालीको क्षतिपुर्ति दिलाई पाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/०४ २५८६ निर्णय नं. १७२८ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.पु.डि.नं. २५९ फैसला भएको मिति : २०३९।८।४।६ मा पुनरावेदक वादी : विराटनगर नगर पं.वार्ड नं.४ बस्ने निलमप्रकास गौतम विरूद्ध विपक्षी प्रतिवादी : मोरङ सुगर मिल्सका महाप्रवन्धक श्री धुर्वकुमार थापा मुद्दा : उखुबालीको क्षतिपुर्ति दिलाई पाउँ (१) सिफारिश अनुसार कर्जा पाएकै नाताबाट उक्त जमीनमा लगाएको उखु स्पष्ट शर्तको अभावमा मोरङ सुगर मिल्सले लिनै पर्छ भन्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री दमन ढुड्डाना फैसला न्या.त्रिलोकप्रताप राणा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३८।५।२२ को फैसला उपर पुनरावेदन गर्ने अनुमति पाई पुनरावेदनमा दर्ता भई आज यस बेञ्च समक्ष पेश हुन आई ०३८।७।१८ बाट आज निर्णय सुनाउने तारेख तोकी पेश हुनआएको रहेछ । २. मुद्दाको तथ्य संक्षिप्तमा निम्न बमोजिम छ । ३. ०३३।३४ को सिजनमा उखु खेती गर्न मोरङ र सुनसरीका किसानहरूलाई खेती गर्न आव्हान गरी नगदी जिन्सी प्रति विगाहा १ मा बैड्ढ ब्याजदरले रू.१,५९२। ऋण दिने र उखु कटाई १ विगाहामा १ वर्षको रू.४,०००। सम्म फाइदा हुने भनी देखाएकाले मोसोरा भाग गा.पं.को ५ विगाहामा उखुखेती गर्न स्वीकृत दिई स्वीकृति पत्र समेत दिएको र सोही जग्गा धितो राखी उखु लगाउन (४६८) रू.७,९६०। कर्जा लिएको र खेती गरी उखु तयार भएपछि विपक्षी मिलमा गई उखुखेती मिलमा ल्याउन पाउँ भनी लिखित मौखिक माग गर्दा मेरो कुरै नसुनी पूर्जी माग गर्नु भएकोले पूर्जिमा ०–३– कठ्ठा जग्गाको मात्र उखु काटी ९२ कुइन्टल १७ के.जी. उखु मात्र मिलमा ल्याई अरू. ४–१७ जग्गाको उखु खेतमा नै रहेकोले स्वीकृति दिई लगाएको उखु नलिई खेतमै खडा राखी मलाई नोक्सान परेकोले ज.वि.४–१७– जग्गाको जम्मा कुइन्टल २,९१० को प्रति कुइन्टल रू.१९ ले हुने जम्मा मोल बिगो रू.५५,२९०। विपक्षीबाट दिलाई पाउँ भन्ने समेत फिरादपत्र । ४. विपक्षी वादीसँग उखु लिने लिनै नसके क्षतिपूर्ति वा नोक्सानी दिने भन्ने कुनै शर्त छैन विपक्षीले आफ्नो जग्गा विगाहा ५ मा उखुखेती गर्छु भनी माग गरे अनुसार मिलले निजलाई आफू जमानी बसी उक्त जग्गा बिगाहा ५ धितो राखी ने.बैं.लि.बाट कर्जा दिलाई दिएको हो सो कर्जा पत्र र यस मिलले जारी गरेको सार्वजनिक सूचनालाई विपक्षीले करार भनेका हुन भने पनि त्यसबाट वादीको फिरादपत्र दायर रहन नसक्नेमा उखु अधिकृतले पूर्जि नदिई पक्षपात गरेको भन्ने हकमा सबैलाई बराबर पूर्जि वितरण गरेको र कसैलाई पक्षपात गरेको छैन । वादीको झुठ्ठा दावाबाट अलग फुर्सद गराई पाउँ भन्ने समेत प्रतिउत्तर । ५. प्रतिवादीले प्रचार गरेको पाम्पलेट पर्चामा प्रति बिगाहा रू.१,५९२। खर्च लाग्ने देखाएकोेले न्यूनतम लागत रू.१६००। प्रति बिगाहा र सोको सयकडा २५ ले रू.४००। प्रति बिगाहा व्यवस्थापन लागत कायम गरी प्रति बिगाहा रू.२,०००। क्षतिपूर्ति कायम हुने ठहर्छ सो दरले हुने रूपैयाँ वादीले प्रतिवादीबाट भरी पाउने ठहर्छ भन्ने समेत मोरङ जिल्ला अदालतको ०३७।३।३ को फैसला । ६. सो फैसला उपर इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको र वादी दावी बमोजिमको बिगो कायम हुनुपर्नेमा घटी बिगो कायम गरेको चित्त बुझेन भन्ने समेत वादीक