निर्णय नं. ६२७३ - लिखत बदर सम्पत्ति फिर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२७३ - लिखत बदर सम्पत्ति फिर्ता भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/08/04 २७४७ निर्णय नं. ६२७३ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५१ सालको दे.पु. नं. ३००४ फैसला मितिः २०५३।८।४।३ मुद्दाःलिखत बदर सम्पत्ति फिर्ता । पुनरावेदक प्रतिवादीः गंगा विष्णुको छोरा जिल्ला कास्की पोखरा नगरपालिका वडा नं. १० वस्ने प्रेम प्रसाद श्रेष्ठ । विरुद्ध विपक्षी वादीः एै.एै.वडा नं. ८ वस्ने डिल्लीराम ढुंगानाको छोरा नावालक अमित ढुंगाना र अनिल ढुंगानाको संरक्षक एै.वडा नं. ६ वस्ने भरतराज अधिकारी । § लेनदने व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति वेचविखन गर्दा वा कुनै किसिमले हक छाडी दिंदा ऐनले आफुखूसी गर्न पाउने अरुको मंजुरी लिनु नपर्नेमा वाहेक अरुमा एकाघरका संगका अंशियार सवै साक्षी वसेको वा नीजहरुले मंजुरीको लिखत गरी दिएको भएमात्र पक्का ठहर्छ । साक्षी पनि नवसेको र मंजुरीको लिखत पनी नभए मंजुर नहुनेले रजिष्ट्रेशन भएको मितिले १ वर्ष सम्ममा थाहा पाएको पैतिस दिन भित्र उजुर गर्यो र निजको मंजुरी ठहरिएन भने निजको हक जति सो संम्पत्ति फिर्ता गराई दिनु पर्छ भन्ने कानूनी व्यवस्था भएकोले सो व्यवस्था अनुरुप वादीहरु अंशियार भएका र एकाघरसंग वसेका कुरामा विवाद नभएकोले वादीहरु दुवै नावालक भएकाले निजहरुको मामा संरक्षक भै अ.वं. ८३ नं. वमोजिम सोह्र वर्ष नपुगेका नावालक समेतको हकमा एकाघरको हकवाला नभएमा निजलाई रेखदेख वा संरक्षण गर्ने व्यक्तिले अड्डाको अनुमति लिई सो व्यक्तिको तर्फवाट नालेश दिन पाउने कानूनी प्रावधान भएकै देखिंदा यस्तो अवस्थामा ईन्साफ तहकीकात गर्नु पर्नेमा शुरुले खारेजी गरेको फैसला त्रुटिपुर्ण देखिदा सो फैसला बदर गरी प्रमाण र कानूनको सहि मुल्याकंन गरी जे जो वुझ्नु पर्छ वुझि ईन्साफ गर्नु भनि तारेखमा रहेका वादी प्रतिवादीलाई तारेख तोकी शुरु कास्की जिल्ला अदालतमा पठाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मिलेक देखिने । (प्र.नं.१२) पुनरावेदक तर्फवाटः विद्धान अधिवक्ता श्री गणेश प्रसाद खरेल । विपक्षी वादी तर्फवाटः अबलम्वित नजीरः फैसला न्या.ओमभक्त श्रेष्ठः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(२) बमोजिम यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ : २. विपक्षी पति डिल्लीराम र आमा राधा ढुंगानाका हामी २ भाई छोरा हौं । पिता र माताको विचवमा के कस्तो वैमनस्य भयो हामीलाई थाहा भएन । ०४७ साल आषाढ देखि हामीलाई तिरस्कार गरी आमा र पितावाट अलग गराइएकोले हामी मामा घरमा वहांको संरक्षणमा वसी आएका छौं । त्यस्तैमा पिता डिल्लीरामका नाउंको सम्पत्ति हाम्रो समेत हक लाग्ने पो.न.पा. वडा नं. ८ को कि.नं. ५७६१ रो.०-१-२-३, कि.नं. ५७६२ को ज.रो. ०-१-२-३, का २ कित्ता जग्गा मात्र हाम्रा हक लाग्ने हित सुरक्षितका सम्पत्ति हुन । सो २ कित्ता जग्गा पिता डिल्लीराम दिने आमा राधा ढुंगाना साक्षी वसी रु.१,८०,०००। मोलिने जग्गालाई विपक्षी प्रेम प्रसादलाई रु.१५,०००। लिई आएको भनि हामीलाई अंशवाट वंचित गर्ने लिखत पारित गरेको हुनाले नालेश गर्न आएको छु उक्त २ कित्ता जग्गा मध्येवाट हाम्रो अंश हक लाग्ने ४ भागको २ भाग लिखत बदर गरी पाउं भन्ने फिराद दावी । ३. विपक्षी वादीहरुको मिलोमतोवाट प्रस्तुत मुद्दा पार्ने पराउने गरे पनि वास्तवमा प्र.डिल्लीरामले ढुकुटि लेखाएका र म समेत सो ढुकटी