निर्णय नं. १७२९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७२९ - उत्प्रेषण भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०७/२७ ४०२३ निर्णय नं. १७२९ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रि.नं. ११३९ आदेश भएको मिति : २०४०।७।२७।१ मा निवेदक : जि.दोलखा नाम्दु गा.पं.वा.नं.५ बस्ने वर्ष ५१ को हेमकुमारी सिवाकोटी विरूद्ध विपक्षी : श्री ५ को सरकार अर्थमन्त्रालय अन्तर्गत दोलखा मालकार्यालयका मालपोत अधिकृत विषय : उत्प्रेषण (१) अन्तिम फैसला भएको मितिले ३ वर्ष भित्र आफूले राखेको धरौटी फिर्ता लिनआएको नदेखिएको, थाहापाएको मितिले धरौटी फिर्ता लिन आउनसक्ने दण्डसजायको ५१ नं.मा व्यवस्था भएको नदेखिएको । (प्रकरण नं. ७) आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यसप्रकार रहेछ । २. म निवेदिका वादी र प्रतिवादी जगतबहादुर खत्री भएको हकसफा मुद्दा दोलखा माल कार्यालयमा परी तह तह हुँदै जिल्ला कार्यालयबाट मिति ०३१।१०।६ मा हकसफा नहुने ठहरी भएको पुनरावेदन फैसला उपर जि.का.को फैसला बमोजिम सो उपर मैले जि.का.मार्फत नै राजस्व न्यायाधीकरणमा पुनरावेदन दिएकोमा आफ्नो अधिकारक्षेत्रभित्र नपर्ने भनी जि.का.मा मिसिल फिर्ता आएपछि उक्त मुद्दा जनकपुर अं.अदालतमा पठाइएको त्यहाँबाट पनि क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने हुँदा अधिकारक्षेत्र भित्र नपर्ने भनी मिसिल म.क्षे.अ.मा पठाई पछि त्यहाँबाट जि.का.को फैसला उपर पुनरावेदन गर्दा पुनरावेदनको लागि अनुमति नदिएसम्म पुनरावेदन लाग्न नसक्ने भनी मिति ०३५।५।६ मा फैसला भएको कुरा मेरो मुद्दाबारे जानकारी पाउन जि.का.चरीकोटमा निवेदन आएपछि मात्र मिति ०३८।७।४ मा जानकारी प्राप्त हुनआएको मिति ०३०।५।११।२ मा मैले धरौटी राखेको रकम मिति ०३१।१०।६ मा फैसला बमोजिम फिर्ता पाउँ भनी सूचना भएको मिति २०३८।७।४ ले १ वर्ष १ महीना ५ दिन भित्र मिति ०३९।८।९।४ का दिन दर्खास्त दिँदा दण्डसजायको ५१ नं. ले धरौटी रकम ३ वर्ष नाघी सकेकोले फिर्ता नपाउने भन्ने कुराको जानकारी ०३९।२।२१ मा तपाईंलाई जानकारीको पत्र दिइसकेको भनी मलाई ०३९।८।१३ गते सूचना दिएकोले मैले मेरो मुद्दा अन्तिम भएको जानकारी ०३८।७।४ मा पाएको र कानुन बमोजिम मैले राखेको धरौटी रकम रु.२,०००। रजिष्ट्रेशनको ३५(३) नं.अनुसार अढाई प्रतिशतले कट्टा गरी बाँकी रु.१,९५०। पाउनुपर्नेमा अन्तिम फैसला भएको जानकारी अ.बं.२१० नं.बमोजिम मलाई नदिई फैसला भएको ३ वर्ष नाघी सकेको हुँदा नपाउने भनी मेरो सम्पत्ति गैरकानुनी तवरले विपक्षी माल कार्यालयले अपहरण गरेकोले विपक्षी कार्यालयको मिति ०३९।८।१३।१ र ०३९।२।२१ को पत्रहरू नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेशद्वारा बदर गरी हनन् भएको हकको प्रचलन गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ३. विपक्षीबाट लिखितजवाफ मगाई पेश गर्नुभन्ने सिड्डलबेञ्चको मिति ०३९।९।७ को आदेशानुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यसप्रकार रहेछ । ४. जिल्ला कार्यालयले गरेको पुनरावेदन किनारा माथि पुनरावेदनको लागि अनुमति नदिएसम्म पुनरावेदन लाग्न नसक्ने देखिँदा यस अदालतले हेर्न मिलेन लगत कट्टा गरी मिसिल जि.का.दोलाखामा पठाई दिनु भनी मिति ०३५।७।६।२ मा म.क्षे.अ.सिंगलबेञ्चबाट आदेश भई जि.का.दोलखाको ०३५।७।६ को पत्र साथ मिसिल यस माल कार्यालयमा प्राप्त भइरहेको देखिनाले ०३५।७।६।२ को म.क्षे.अ.को फैसलालाई अन्त