निर्णय नं. १७३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७३० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/१३ २६११ निर्णय नं. १७३० ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३९ सालको रिट नं. ११६३ आदेश भएको मिति : २०४०।८।१३।३ मा निवेदक : जिल्ला कपिलवस्तु बसन्तपुर रामनगर गा.पं.वार्ड नं.२ बस्ने शत्रुघ्नप्रसाद कायस्त विरूद्ध विपक्षी : ऐ.ऐ वार्ड नं.२ बस्ने बासुदेव नाउसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सबूत प्रमाणको मूल्याड्ढन नै नगरी आधार समेत नदेखाई न्यायिक मनको अभावमा गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.त्रिलोकप्रताप राणा १. मिति ०३९।८।१६ को भू.सु.कार्यालयको आदेश बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य निवेदन जिकिर यसप्रकार छ : बासुदेव नाउ समेत ५ जनाले मेरो फाँटमा मोही कमाएको छु भनी ४ नं.जो.अ.नि.प्राप्त गरेकोमा मेरो विरोध परी ०२७।१२।३० मा यसै कार्यालयबाट बासुदेव नाउ समेतले प्राप्त गरेको जो.अ.नि.बदर ठहर्‍याई मेरो जोत कायम भएकोमा मोहीको लगत काटी दिनुपर्नेमा बदर भएको जो.अ.नि.कै आधारबाट मेरो ज.ध.प्र.पू.मा मोही जनाएको प्रमाणपत्र पाएको छु । बदर भएको जो.अ.नि.को मोही लगत कट्टा गरी बासुदेव नाउको नाम खारेज गरिपाउँ भन्ने समेतको म निवेदकको भू.सु.का.मा दिएको निवेदन । ३. उक्त कि.नं.५५,५३,७०,२२१ को जग्गा मैले धरै वर्ष देखि अधियाँ शर्तमा जोती आई जो.अ.नि.पाई नापीमा समेत मोही दर्ता भई प्रमाणपत्र प्राप्त गरेको छु । जो.अ.नि.बदर मुद्दा कहिले चल्यो मलाई थाहा छैन । जो.अ.नि.बदर गरेको भए नापीमा मोहीमा दर्ता हुन नपर्ने भन्ने बासुदेव नाउको प्रतिउत्तर परेकोमा भू.सु.का.बाट निवेदकको दावी बमोजिम जो.अ.नि.बदर भएको भू.सु.का. कपिलवस्तुको मिति ०२७।१२।३० को निर्णयको आधारमा मोही लगत कायम भएकोमा उक्त मितिको भू.सु.का.को निर्णय पछि भएको सर्भे नापीमा मोही कायम भई रामनगर गा.पं.वार्ड नं.३ को कि.नं ५३,५५,७०,२२१ समेत कित्ताको जग्गामा मोहीको प्रमाणपत्र कायम हुने ठहर्छ भनी मिति ०३९।८।१६ मा निर्णय भयो । ४. सर्भे नापीमा विपक्षीले बदर भइसकेको जो.अ.नि.को आधारमा मोहियानी लेखाएकोमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८ बमोजिम मेरो उजूरी म्याद भित्र परी सकेपछि विपक्षीले सर्भेमा मोही लेखाएको र मोहीको प्रमाणपत्र लिएकोलाई कुनै कानुनी औचित्य छैन उजूर परी सकेपछि सर्भेमा मोहियानी लेखाएको कानुनी आधार ठीक छ छैन भन्ने तर्फ सबूत प्रमाण नहेरी विवादको कुरालाई नै प्रमाण मानी निर्णय भएको प्रत्यक्ष त्रुटि छ र साथै अ.बं.१८५(क) १८५, १८९ तथा ८५ र जग्गा नापजाँच ऐनको व्यवस्था विपरीत छ भन्नेसमेतको रिटनिवेदन जिकिर रहेछ । ५. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने सिंगलवेञ्चको मिति ०३९।१२।१२ को आदेश रहेछ । ६. रामनगर गा.पं.वार्ड नं.३ कि.नं.५३,५५,७०,२२१ समेतको क्षेत्रफल ०–५–१२ को मोहीले स्थायी ३ नं. प्रमाणपत्र समेत पाइसकेकोले साविकको जो.अ.नि.बदरको निर्णय यिनै कित्ताहरूको सम्बन्धमा नै भएको भन्न प्रमाणित नभएकोले मोही लगत कट्टी नगर्ने गरी यस कार्यालयबाट मिति ०३९।८।१६ मा भएको निर्णयमा कुनै