निर्णय नं. १७३२ - नाता कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७३२ - नाता कायम भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/२६ २५३१ निर्णय नं. १७३२ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको फौ.पु.नं. ३८१ फैसला भएको मिति : २०४०।८।२६।२ मा पुनरावेदक/प्रतिवादी : सर्लाही जि.अडहिया गा.पं.वडा नं.३ बस्ने तपेश्वरी यादवनीसमेत विरूद्ध विपक्षी/वादी : रौटहट जिल्ला धर्मपुर गा.पं.वडा नं.८ बस्ने महिन्द्र राय यादवसमेत मुद्दा : नाता कायम (१) कानुनले दिएको परिधि नाघेर फिरादी आफैंले कानुनको रीत पुर्याई देवानीमा दायर गरेको प्रस्तुत मुद्दालाई अदालत स्वयम् आफैंले फौजदारीमा परिणत गर्न नमिल्ने। (प्रकरण नं. १७) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.त्रिलोकप्रताप राणा १. पुनरावदेनको अनुमित पाउँ भन्ने नाता कायम मुद्दामा सर्वोच्च अदालत डिभिजनबेञ्चबाट भएको ०३६।५।२८।५ को निर्णय दोहर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराज सरकारका हजूरमा चढाएको निवेदनमा, नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमाड्डी बक्स भई आएकोमा ०३८।१०।२।६ का फुलबेञ्चका आदेशानुसार अनुमति प्राप्त भई प्रस्तुत मुद्दामा यस बेञ्चसमक्ष पेश हुनआएको रहेछ । २. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : बुल्टेनको ३ छोरामा जेठो हितलाल, माहिला पनिलाल र कान्छा रामशरण, हितलालको छोरा कारे, पनिलालको छोरा हामीहरू हौं । कारेकी श्रीमती तपेश्वरी, हाम्रो भाउजू हुन आफ्नो अंश लिई भिन्नै बसेकी विधवा भाउजू तपेश्वरी गत २०३० साल मार्ग १ गतेदेखि गुल्टेन रायसँग लोग्ने स्वास्नीको सम्बन्ध जोडी गुल्टेन रायको घरमा बसेकी र लोग्ने कारे रायतर्फको पाएको अंश सम्पत्ति पनि परिणाममा गुल्टेन रायकै नाउँमा कायम गराउने फरेबपूर्ण विचारबाट २०३०।८।७ मा निज भाउजूकै नाउँमा दर्ता रहेको धर्मपुरको ४–१५–९ जग्गा गुल्टेनको सहयोगी साथी महादेवका नाउँमा लिखत गरी दिई ०३१।१।१६ मा महादेवबाट गूल्टेनको नाउमा लिखत गराएको छ । लोग्ने कारे रायको अंश सम्पत्ति निजको हक कायम रहन दिन नहुने भई हकवालाको हक कायम गराउनको लागि निज तपेश्वरी गुल्टेनको लोग्ने स्वास्नीको सम्बन्ध कायम गराई पाउँ भन्ने समेत वादी । ३. मैले तपेश्वरीलाई स्वास्नी राखेको छैन । निज आÇनै घरमा बसेकी छिन । प्रतिवादी तपेश्वरीसँग मेरो अघि देखि पटक–पटक मुद्दा मामिला पनि चली आएकोले निजलाई मैले स्वास्नी बनाएको ठहर्न नसक्ने हुँदा तपेश्वरीको र मेरो बीचमा लोग्ने स्वास्नीको नाता कायम हुन नपर्ने भन्ने समेत व्यहोराको गुल्टेन राय यादवको प्रतिवादी । ४. हकवालाको हैसियतबाट कसैले कुनै कुराको नालिस गर्ने हो भने नजिकको हकवाला रामशरण हुँदाहुँदै अरूले नालेस गर्न पाउने होइन । वादीको नालेस अ बं. ८२ नं.को विपरीत छ । मलाई खान लाउन प्रशस्तै पुगेकै र ४६ वर्ष उमेर पुगेको भन्ने वादीकै लेखबाट देखिन्छ भने गुल्टेन रायसँग पोइल जानुपर्ने आवश्यकता नै छैन मेरो लोग्ने र ससुरा प्रतिष्ठित मानिसहरू भएबाट आफू बसेकै टोलमा आÇनु भन्दा कम खानदानमा पोइल जानुपर्ने अवस्था नै नहुँदा गुल्टेन रायसँग लोग्ने स्वास्नीको सम्बन्ध गरी बसेको छैन । वादीहरूको फिराद दावी झुठ्ठा हो भन्ने समेत तपेश्वरीको प्रतिवादी । ५. तपेश्वरीले आफ्नो लोग्नेको सत्य डगाई गुल्टेनसँग लोग्ने स्वास्नी भई बसेकी छिन भन