निर्णय नं. १७३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७३३ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/२५ २६०५ निर्णय नं. १७३३ ने.का.प. २०४० अङ् ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नम्बर ७४६ आदेश भएको मिति : २०४०।८।२५।१ मा निवेदक : का.जि.बालाजु स्थित दि नेपाल डिष्टीलरीज (प्रा) लि.का मार्फतबाट ऐ.को प्रबन्धक सञ्चालक ऐ.ऐ बस्ने सोली रुस्तमणी मानेक शाह विरूद्ध विपक्षी : श्री ५ को सरकार अन्तःशुल्क विभागसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) अन्तःशुल्कको सम्बन्ध उत्पादन भएको मदिरासँग रहन्छ । मदिरा उत्पादन नभएपछि त्यसमा अन्तःशुल्क लाग्ने प्रश्न नआउने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी अन्तःशुल्क विभागले अन्तःशुल्क कार्यालयलाई लेखेको पत्र र सो पत्रको आधारमा अन्तःशुल्क कार्यालयले मिति २०३९।२।१०।२ र मिति २०३९।३।९।३ को पत्र बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३९।४।११।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ : उपरोक्त विषय निवेदकले आर्थिक वर्ष ०३२।३३ मा निम्नकोटी मदिरा उत्पादन गर्ने गरी मिति २०३२ साल कार्तिक ९ गतेमा कबुलीयत गर्नुभएकोमा कबुलीयत अनुसार वार्षिक न्यूनतम ग्यारेण्टी अन्तःशुल्क रु.२,००,०००। को दामासाहीले हुने रकम र सुद समेत तिर्न नपर्ने कारण छैन । तसर्थ कबुलीयत अनुसार माथि उल्लेखित रु.२,००,०००। को दामासाहीले हुने रकम र सुद समेत असूल गराउनु होला भनी अन्तःशुल्क विभागबाट लेखी आएकोले उक्त रकम तुरून्तै यस कार्यालयमा दाखिल गर्न ल्याउनुहुन अनुरोध गरिन्छ भनी निवेदकलाई मिति २०३९।२।१०।२ मा र उक्त सम्बन्धमा त्यस डिष्टीलरीजले बुझाउनुपर्ने दामासाहीले रु.१,४४,१०९।६० एकलाख चवालिसहजार एकसय नौ रूपैयाँ साठीपैसा बुझाउनुपर्ने हुँदा सो र त्यस्को दशौंदका दरले हालसम्मको सुद तुरून्तै दाखिला गर्न ल्याउनुहुन अनुरोध गरिन्छ । लेखिएबमोजिम बुझाउन नल्याउनु भएमा सरकारी बाँकी सरह मदिरा ऐन, २०३१ बमोजिम उक्त रकम असूल उपर गरिने हुँदा सो पनि जानकारी गराइएको छ भनी निवेदकलाई मिति २०३९।३।९।३ मा पत्र दिइएको रहेछ । ३. मिति २०३२।७।९ गते अन्तःशुल्क विभागले निवेदकलाई गराएको कबुलीयतनामामा निम्नकोटीको मदिरा उत्पादन गर्न निवेदकले नयाँ प्लान्ट स्थापना गर्नुपर्ने नयाँ प्लान्टबाट उत्पादन इजाजत लिनुपर्ने इजाजत लिई उत्पादन गरेपछि न्यूनतम ग्यारेन्टीको दामासाही बुझाउनुपर्ने भन्ने स्पष्ट उल्लेख गरेको छ । निवेदकले उपरोक्त कबुलीयत बमोजिम नयाँ प्लान्ट तयार गर्दा सो प्लान्टलाई चाहिने ब्वाइलर समय भित्र उपलब्ध हुन नसकी २०३३ साल श्रावणमा मात्र नयाँ प्लान्ट तयार गर्नसकेको र सो कुराको जानकारी अन्तःशुल्क विभागमा मिति २०३३।५।३ मा निवेदकले दिएको थिएँ । मेरो निवेदन अन्तःशुल्क विभागमा परेपछि अन्तःशुल्क विभागले मिति २०३३।७।५।५ मा पुनः कबुलीयत गरायो । जसमा मिति २०३३।५।३ मा अन्तःशुल्क विभागमा दिएको निवेदनलाई उल्लेख गरी ब्वाइलर जडान गर्न केही समय लागेको र हाल ब्वाइलर जडान भई प्लान्ट तयार गरिसकेको भन्ने कुरालाई मान्यता दिई अब सो नयाँ प्लान्टबाट ०३४ साल आषाढ मसान्त सम्मको लागि ०४० भू.पी.र