निर्णय नं. १७३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७३४ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/११ २४७८ निर्णय नं. १७३४ ने.का.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं. ९९७ आदेश भएको मिति : २०४०।८।११।१ मा निवेदक : काठमाडौं जिल्ला काठमाडौं नगरपञ्चायत वार्ड नं.१० वालाजु बस्ने रूपा श्रेष्ठ सुनसरी जिल्ला धरान न.पं.वार्ड नं.५ बस्ने शारदा मास्केसमेत विरूद्ध विपक्षी : भूमिसुधार कार्यालय मोरङसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) निर्णय गर्ने अधिकार नभएको कर्मचारीले पेश गरेको टिप्पणीलाई सदर भनी गरेको निर्णय न्यायिक मनको प्रयोग नगरी त्रुटिपूर्ण निर्णय गरेको भन्ने देखिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल विपक्षीतर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्द आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. मिति ०३९।२।१७ को भूमिसुधार कार्यालयको टिप्पणी आदेश बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको रहेछ । २. संक्षिप्त तथ्य र निवेदन जिकिर यसप्रकार छ : जिल्ला मोरंग साविक मधुमल्ला गा.पं.वार्ड नं.९ हाल उर्लावारी गा.पं.वार्ड नं.१ को कि.नं.१० को जग्गा बिगहा १–१६–९ को जग्गा ०३७।८।२२ को अंशबण्डाको लिखतबाट बुबा गणेशबहादुरको नामबाट म रोशन श्रेष्ठको नाउँमा आएको छ र जग्गाको पूर्ण स्वामित्व ममा नै निहित छ ०३९।२।१६ देखि मैले सो जग्गा युगेशकुमार श्रेष्ठलाई बकसपत्र गरी दिएको छु । ऐ.वार्ड नं.१ को साविक कि.नं.१६ को जग्गा बिगहा ३–१९–१५ जग्गा ०३७।८।२२ का मितिबाट २१५, २१६, २१७, २१८ मा कित्ताकाट भई पिता गणेशबहादुरको नामबाट सो जग्गा क्रमशः ०–१९–१५ सुजनको नाममा १ बिगहा सिर्जनका नाममा १ बिगहा शारदाका नाममा १ बिगहा रूपाको नाममा आएकोमा हामी चारैजनाले सो जग्गा ०३९।१।१२ र ०३९।२।१६ मा बकसपत्र गरी युगेशकुमारलाई दिई निजको हकमा रहेको छ । यस्तैमा विपक्षी हस्तबहादुर धिमालले सो जग्गामा मोहियानी हक कायम गरिपाउँ भनी विपक्षी भू.सु.का.समक्ष निवेदन दिएकोमा विपक्षी अधिकारीज्यूले मोही कायम गरी दिने ठहर्छ भनी मिति ०३९।२।१७ मा टिप्पणी आदेश गरी दिनुभएको रहेछ । ३. हस्तबहादुर हाम्रो ठेक्कामा काम गर्ने ठेकदार हुन निजलाई मोही कायम गरिपाउँ भनी निवेदन दिने हकदैया छैन र सो निवेदन सुन्ने र कारवाही गर्ने विपक्षी अधिकारीज्यूलाई पनि अधिकार छैन । अधिकार भएको भए हामीलाई बुझी निर्णय गर्नुपर्नेमा हामीलाई बुझेको छैन र अ.बं.११० नं.बमोजिम म्याद तामेल गर्न नलगाई सो को विपरीत गरिएको छ । ४. मोही हुनलाई भू.सं.ऐनको दफा २५ बमोजिम मोहीले जग्गा कमाएको हुनुपर्दछ र भू.सं.नियमहरू, २०२१ को अनुसूची २ र ४ को कार्यविधि पूरा हुनुको साथै ऐ.ऐनको दफा ३४(१) र २ बमोजिम कूत बुझाएको भर्पाई कबुलीयत हुन आवश्यक छ सो छैन र निज मोही भए हामीले प्राप्त गरेको ज.ध.प्र.पू.मा जोताहा भनी जनिनु पर्दथ्यो सो खाली छ तसर्थ उक्त निर्णय भू.सं.ऐन नियमहरू तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत हुनगएको छ भन्ने समेतको रिट निवेदन जिकिर रहेछ । ५. यसमा विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नुभन्ने सर्वोच्च अदालत सिड्डलबेञ्चको मिति ०३९।७।२।३ को आदेश रहेछ । ६. हस्तबहादुरको फिराद दावी बमोजिम कारवाई चलाई सोमा बुझ्नुपर्नेमा आवश्यक प्रमाण बुझी सरजमीन मुचुल्का समेत कागजात प्रमाणको आधारमा अधिकार प्राप्त अधि