निर्णय नं. ६२७४ - जग्गा हक कायम दर्तासमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६२७४ - जग्गा हक कायम दर्तासमेत भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/06/21 ३१५१ निर्णय नं. ६२७४ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा संवत २०५२ सालको दे.पु.नं. ......... २७७८ फैसला मितिः २०५३।६।२१।२ विषयः जग्गा हक कायम दर्ता समेत । पुनरावेदक वादीः स्याङजा जिल्ला, मनकामना गा.वि.स. वडा नं.४ घर्तिखोला वस्ने अग्नी प्रसाद उपाध्याय । विरुद्ध प्रत्यर्थी प्रतिवादीः एै.वनिथोक, देउराली गा.वि.स.वडा नं. ९ वस्ने याम बहादुर खड्का । § मुलुकी ऐन अ.वं. ८५ नं.को व्यवस्थालाई हेर्दा अड्डामा मुद्दा परि फैसला भएपछि सो फैसला उपर ऐन वमोजिमको पुनरावेदन नभई सोही मुद्दामा उसै झगडियाका नाउंमा फिरादपत्रलिई सून्न हुदैन । लिएको भए पनि खारेज गरि दिनुपर्छ भन्ने व्यवस्था भइरहेकोले अघि मुद्दा परि प्रतिवादीले समेत आफ्नो भनी जिकिर लिएको र डिसमिस भएको हकमा सम्म वादीको पुनः फिराद दावी लाग्न सक्ने भएन । (प्र.नं.१६) § अघि विवाद पर्दा उल्लेख नभएको डिसमिस नभएको जग्गाको हकमा सो जग्गामा सो जग्गाका वादीको हक समाप्त भएको मान्न मिल्दैन । (प्र.नं.१६) § ४२० को जग्गाको सम्वन्धमा अघि मुद्दा डिसमिस हुंदा सो फैसलावाट वादीको हक समाप्त भएको नदेखिंदा सो जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ । (प्र.नं.१६) पुनरावेदक तर्फवाटः विद्धान अधिवक्ता श्री बसन्तराम भण्डारी । प्रत्यर्थी तर्फबाटः विद्धान अधिवक्ता श्री श्रीहरि अर्याल अबलम्वित नजीरः फैसला न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको फैसला उपर वादी तर्फवाट पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ : २. ९९ सालका ३ महले मोठमा दाता डिल्लीसरा खड्काका नाउंमा दर्ता भएको कलम कलम गरि खेत मुरी १० मध्ये पुर्व भिरे खोला, पश्चिम देउराज खड्काको खेत, उत्तर देउराज थापाको खेत कुलो, दक्षिण खोला यति ४ किल्ला भित्रको तिरो रु. १।५०।३ लागेको माल मुल भन्ने खेत मुरी ।४।६।५ जग्गा र लम्वाई हात ११ गज हात ७ ढुंगाको गारो खरको छानो १ तला छापेको घर समेत डिल्लीसरावाट थैली रु.५८००। मा २०२२।७।२९।१ मा राजिनामा गरि लिएको पास गरि नदिंदा पास गराई पाउं भनि अदालतमा मुद्दा परि एक तर्फवाट पास भै तिरो भरो भोगचलन गरी आएको विपक्ष यम बहादुरलाई कुनै लेखत नगरी दोकान गरि वस्न दिएकोमा म आफैलाई चाहियो खाली गरी दिनुहोस भन्दा घर खाली गरि नदिएकोले घरवाट उठाई खाली गराई पांउ भनि विपक्ष उपर फिराद गरि विपक्षीले प्रतिवाद गर्दा वादीले लिएको जग्गा सहरवाट देखि उत्तर पटिृ छुट्टै छ । वादी दाविको घर मेरो पिताजीको नाउंमा दर्ता भएको १।५ को जग्गा मिन बहादुरलाई घर वनाउन दिनु भएको र मिन बहादुर वाट घरको दारपात रु.५०। मा लिई मेरो हक भएको हो । प्रतिवादी प्रेम बहादुरले २०४५।१२।२५ मा वाली लगाउन लागेको मौका विपक्षी आई गोरु फुकाई खन जोत गर्न पाउंदैनौ भनि खिचोला गरेकाले विपक्षीलार्य अदालतवाट झिकाई मेरा साक्षी प्रमाण वुझि मेरो हक पुग्ने विरुवा अर्चले गा.पं. वडा नं. ७ को कि.नं. ४२० मोल रु. ५,०००। र कि.नं. ४१९ को मोल रु. ८००। समेत जम्मा रु. ५८००। मोलिने जग्गा खिचोला गरेमा विपक्षीलाई कोर्ट फी ऐन ण्ज्ञठ को दफा ९ (१५) बमोजिम गरी २ कित्ता जग्गा राजीनामा वमोजिम मेरा हक कायम गरि मेरा नाउंमा दर्ता समेत गरि पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. २०२४।१०।११ मा डिल्लीसरा खड्कावाट रु.५८००। मा