निर्णय नं. १७३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७३५ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २५ साल: २०४० महिना: मंसिर अंक: ८ फैसला मिति :२०४०/०८/२३ २४१६ निर्णय नं. १७३५ ने.क.प. २०४० अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको रिट नम्बर १७९६ आदेश भएको मिति : २०४०।८।२३।४ मा निवेदक : धर्मसागर तुलाधर का.जि.कमलाछी विरूद्ध विपक्षी : कर कार्यालय काठमाडौं विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) कम्पनिको प्रोप्राईटर दानसोभा तुलाधर भएकोमा रिट निवेदक धर्मसागर तुलाधरको नाममा कर निर्धारण गरेको आदेश कानुन अनुकूल भएको नदेखिने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कर कार्यालयको २०३७।२।२४ का अनधिकृत प्रत्यक्ष कानुनी त्रुटिपूर्ण तथा गलत आयकर निर्धारण आदेश बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३९।२।२६।४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : सागर ब्रदर्श एण्ड कं. को (२०३४) को बैं.चे.को कुल खूद आय रु.६८,०००। कायम गरी त्यसमा रु.१४,३००। निर्धारण गरी उक्त कम्पनीको प्रो.धर्मसागरको भनी उक्त आयकर तिर्न बुझाउनका लागि २०३७।२।२४ गतेको निर्णयानुसार भनी ०३७।२।२९ गते आयकर निर्धारण आदेश पठाएको थियो । उक्त कम्पनीको प्रोपाइटर म नभएको हुनाले मैले कर तिर्न बुझाउन नपरोस भनी पटक–पटक निवेदन गर्दा विपक्षीले कुनै सुनुवाई गर्नुभएन त्यसपछि यही कुरालाई लिई राजस्व न्यायाधीकरणमा निवेदन दिई कारवाई भई प्रतिवेदन झिकाउने आदेश भई झिकाउँदा दानशोभा र म लोग्ने स्वास्नी भएकोले आयकर ऐन, २०३१ को दफा २१ ले त्यसरी धर्मसागरको नामबाट आयकर निर्धारण गर्न मिल्दछ भनी विपक्षी कार्यालयबाट प्रतिवेदन पठाएको थियो पछि उक्त मेरो निवेदनबाट कुनै कारवाही भएन र कानुनबमोजिम गर्नुभन्ने मात्र जेष्ठ ३ गतेमा राजस्व न्यायाधीकरणबाट आदेश भएको थियो । उक्त ०३७।२।२९ को सूचनामा उल्लेखित ०३७।२।२४ को निर्णय नदिए नपाएको हुनाले यस सम्मानित अदालतबाट झिकाएपछि आउने नै छ । ३. सागर ब्रदर्श एण्ड कम्पनीका प्रोप्राईटर दानशोभा तुलाधर हो यो कुरा बाणिज्य विभागमा दर्ता तथा आजसम्म नवीकरण भई त्यस विभागबाट दिएको निज दानशोभासँग मागी यसै निवेदन साथ संलग्न गरेको प्रमाणपत्रबाट पनि प्रष्ट हुन्छ । आवश्यक परे बाणिज्य विभाग बुझे पनि थाहा हुन्छ । यसरी दानशोभा प्रोप्राईटर भएको म प्रोप्राईटर भनी नामै फेरबदल गरी वा प्रोप्राईटर नभएको मानिसलाई प्रोप्राईटर भनी काम नगरेको अर्को व्यक्तिलाई आयकर निर्धारण गर्न विपक्षी कार्यालयलाई कुनै कानुनले पनि अधिकार छैन । ४. फेरि हामीहरू लोग्ने स्वास्नी बीच मन मुटाव भएबाट २०३२।४।२५ मा बण्डापत्र पास गरी भिन्न बसी आएको पनि छु । यसबाट आयकर दम्पति पनि नहुँदा अर्काको नाउँमा आयकर निर्धारण गर्न सक्दैन । ५. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नुभन्ने सिड्डलबेञ्चको मिति २०३९।३।१।३ को आदेश । ६. यस अदालतको सिड्डलबेञ्चको आदेशबमोजिम विपक्षीहरूद्वारा लिखितजवाफ प्राप्त भएको मिसिलबाट नदेखिएकोले बहस पैरवी गर्नको निमित्त महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई नियम बमोजिम पेश गर्नुभन्ने डिभिजनबेञ्चको मिति २०३४।१२।७।२ को आदेश । ७. तारेखमा रहेका निवेदकको वारेश