निर्णय नं. ६२७५ - धर्मपुत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७५ - धर्मपुत्र लिखत बदर भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/01/18 ३७०४ निर्णय नं. ६२७५ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा संवत २०५१ सालको दे.पु.नं. ......... २०९५ फैसला मितिः २०५३।१।१८।३ मुद्दाःधर्मपुत्र लिखत बदर । पुनरावेदक वादीः का.जि.का.न.पा.वडा नं. २३ ओम वहाल वस्ने वर्ष २४ को ऐश्वर्य राम भक्त माथेमा । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.वडा नं.२८ नःघल बस्ने सुरेश राम राजभण्डारी समेत जम्मा ४ जना । § स्थानिय निकायलाई पनि सम्वन्धित वडा वासीहरुका विषयमा सहीकुराको जानकारी हुने र राख्नु पर्ने भन्ने मनसायवाट विधायिककाले साक्षी राख्नु पर्ने भन्ने व्यवस्था गरेको पाईन्छ । त्यस्ता साक्षीमा वस्ने भनि तोकिएका व्यक्तिहरु कार्यालय संग सम्वन्धित हुंदा निजहरुले कहि कतै लेखि दिएको प्रमाणिात गरि दिएको व्यहोरालाई अन्यथा प्रमाणिात नभएसम्म सही र तथ्य परक नै मान्नु पर्ने । (प्र.नं.१४) § धर्मपुत्रको १ नं. ले धर्मपुत्र लिन वस्न पहिलो क्रममा एकै भुडीका सन्तान रहने भन्नेमा अन्यथा भन्न मिलेन । एकै भुडीका सन्तान सिताराम र जयरामकमा एक एक छोरा भएकोले धर्मपुत्रको १२ नं. ले धर्मपुत्र दिन राख्न नमिल्ने प्रष्ट भई सकेको छ भने एकै भुडढीका सन्तामा पनि दाजु परशुरामको मृत्यु भई सकेतापनि निजको श्रमिती चन्द्र भुवनेश्वरी जिवितै रहेकी र निजहरुका तर्फवाट ६ जना छोराहरु तथा सितारामका छोरा विष्णु समेत उजुर नपरेको स्थितिमा यी धर्मपुत्र राख्ने भाईको नाती नाताका व्यक्तिलाई प्रस्तुत धर्म पुत्र बदर गराई मैले धर्मपुत्र पाउनु पर्ने भन्ने समेतका जिकिर लिई अदालत प्रवेश गर्न कानूनले सहयोग गरेको छ भनि भन्न सकिने अवस्था देखिदैन । (प्र.नं.१४) § धर्मपुत्र दिने व्यक्तिको माथि उल्लेख गरिएका नजिकका अन्य हकवाला रहेको र निजहरुले दावी लिन नआएको अवस्थामा यी पुनरावेदक वादीको हकदैया श्रृजना हुने अवस्था देखिन आएन। (प्र.नं.१४) पुनरावेदक वादी तर्फबाटः विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्धान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विद्धान अधिवक्ता श्री मधुकृष्ण श्रेष्ठ । प्रत्यर्थी तर्फवाटः विद्धान अधिवक्ता श्री पन्नामान तुलाधर विद्धान अधिवक्ता श्री हरिहर दाहाल अबलम्वित नजीरः फैसला न्या.कृष्ण कुमार वर्माः तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतले न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(४) वमोजिम अनुमति प्रदान नगर्ने आदेश उपर ऐ.ऐनकोदफा १३(५) वमोजिम यस अदालतमा अनुमतिको लागि परेको निवेदनमा पुनरावेदनको अनुमति प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. हामी पुस्तावारीको क्रममा एक वाजेका सन्तानमा रहेका छौं । स्वर्गिय माहिला वाजे वलराम भक्त माथेमाले निजको जेठी छोरी रमादेवीको छोरा सुरजरामलाई धर्म पुत्रको लिखत गरी दिएको कुरा नक्कल मिति २०४३।२।४।१ मा मालपोत कार्यालय काठमाडौंवाट सारी हेर्दा थाहा पाएं । उक्त लिखत मिति ०३९ आषढ ३० गते रोज ४ मा पारित गरेको रहेछ सो लिखत सत्य तथ्य्मा प्रमाणिात नभएको र धर्मपुत्रको १ नं. को रित नपुर्‍याई गरेको छ । धर्मपुत्र राख्न क्रमलाई धर्मपुत्रको १ नं. मा व्याख्या गरेको छ । यस धर्मपुत्रको लिखतले सो क्रम नाघेको छ । धर्मपुत्र राख्ने मृतक वलराम भक्त जन्मेको एकै भुडीका सन्तान र एक वाजेका सन्तान हुंदा हुंदै छोरीको छोरालाई धर्मपुत्र राखेको क्रम व