निर्णय नं. ६२७६ - धर्मपुत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७६ - धर्मपुत्र लिखत बदर भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/06/14 २५९९ निर्णय नं. ६२७६ ने.क.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत् २०५१ सालको फौ.पु.नं. ...... ८३४ फैसला मितिः २०५३।६।१४।२ मुद्दाः जारी । पुनरावेदक वादीः वाग्लुङ जिल्ला, हटिया गा.वि.स. वडा नं.६ वस्ने लाल बहादुर खड्का । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.ठुलाचौर वस्ने ललित बहादुर भण्डारी । § १९ वर्षिया युवक छोरा एकै घर भित्र सुति रहेको अवस्था रातको ११ वजे सोहीस्थानमा एक्ली श्रीमतीलाई अर्को परपुरुष आएर करणी गर्ने भन्ने कुरा सो प्रत्यक्षदर्शी भनिएको छोरो हर्क वहादुरले पनि यो यस किसिमवाट देखेको भन्न सकेको छैन । प्र.लिला कुमारीले प्रतिउत्तरमा ९ महिना पुगेको गर्भ छ भनेकीमा प्रतिवादीहरुले करणी लिनु दिनु गरेको देखेको भनेको मिति २०४८।३।१८ वाट पनि वादीले फिराद गर्दाको मिति सम्म पनि आफ्नो श्रीमती प्र.लिला कुमारीको गर्भ रहेको सम्वन्धमा केही उल्लेख गर्न नसकेवाट आरोपित कसुर गरेको भनि मान्नु संझन सकिने अवस्था नदेखिने । (प्र.नं.१२) § वादीका साक्षीहरुले आरोपित कसुर करणी गर्दाको अवस्था देखिन समेत भनि वकपत्र गरेको र प्रतिवादीका साक्षीहरुले प्रतिवादी जिकिरलाई पुष्टी गर्दै प्र.लिला कुमारी यीवादीकै घरमा वसी रहेकी र वादीकै घरमा सुत्केरी समेत भएकी भनि वकपत्र समेत गरी दिएको देखिएवाट फिरादलेख खम्वीर रुपमा पुष्टि हुन सकेको पाइएन । फौज्दारी मुद्दामा प्रतिवादीको कसुर प्रमाणित गर्ने भार प्रमाण ऐन २०३१ को दफा २५ ले वादीमा भएकोमा कथित करणी गर्दै गरेको वारदात प्रत्यक्ष देख्ने भनिएका हर्क वहादुरको वयान वाहेक सोलाई स्वतन्त्र रुपमा पुष्टि गर्ने अन्य सवुद प्रमाणको अभावमा जारी गरेको ठहर्‍याएको शुरु वाग्लुङ जिल्ला अदालतको इन्साफ उल्टी गरी फिराद दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको मिति २०५१।३।७।३ को फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.१२) पुनरावेदक तर्फवाटः विद्धान अधिवक्ता श्री वद्रीप्रसाद शर्मा प्रत्यर्थी तर्फवाटः अबलम्वित नजीरः फैसला न्या.केशव प्रसाद उपाध्यायः पुनरावेदन अदालत पोखराको मिति २०५१।३।७।३ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तूत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यस प्रकार छः २. विपक्ष मध्येकी लिला कुमारी खड्का विपक्ष ललित वहादुर संग करणीमा विग्री पोइल जानु पुर्व सम्म मेरी एकमात्र विवाहिता पत्नी थिइन् । विपक्ष लिला कुमारी संग मेरो सम्वन्ध २०२४ साल माघ महिनामा विवाह भै मेरो करणी विर्यबाट ३ छोराको जाय जन्म भएको छ । यसरी विवाह भै दाम्पत्य जीवन विताई रहेकोमा मेरो घरको आर्थिक अवस्था केही नाजुक भएको हुंदा वालवच्चा तथा निज लिला कुमारीलाई घरमा नै छाडी १४।१५ वर्ष अगाडी देखि भारतको पन्जावमा नोकरी गरी आएको छु । यसरी सन्तान समेत भएको घरकी हर्ताकर्ता भै व्यवहार समेत सम्हाली आएकी विपक्षी लिला कुमारीलाई ऐ.वडा नं.मा वस्ने ललित वहादुरले स्वास्नी वनाउन भित्र सन्च फकाउने विपक्षी लिला कुमारी पनि फकिने समेत गरेको रहेछन् । तर सो कुरा मलाई थाहा भएन । विपक्षीहरुले एक आपसमा करणी लिनु दिनु गर्दा रहेछन् । सो कुरा २०४८ साल आषाढ १८ गते राती अन्दाजी ११ वजेको समयमा एउटै विस्तारामा सुती करणी लिनु दिनु गरेकै अवस्थामा मेरो छोरा वर्ष १९ को हर्क वहादुर खड्काले देखि फेला पारी हार गूहार गर्दा भागी वेपत्ता भएका रहछन्