निर्णय नं. ६२७७ - हक कायम दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७७ - हक कायम दर्ता भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/04/09 २७४२ निर्णय नं. ६२७७ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत २०५१ दे.पु.नं. ......... २०७३ फैसला मितिः २०५३।४।९।४ मुद्दाः हक कायम दर्ता । पुनरावेदक वादीः शिव प्रसादको छोरा गण्डकी अंचल जिल्ला कास्की पो.न.पा.वडा नं. २ भिरुवा वस्ने वर्ष ६९ को प्रज्ञा सागर पराजुली । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ.वडा नं.४ टुडीखेल वस्ने थिर कुमारी पराजुली । § विर्ता विवरण भर्ने कर्तव्य विर्तावालाको हुने र विर्ता परिणत गरी रैकरमा दर्ता गरि दिने कार्य मालपोत कार्यालयको हुने । (प्र.नं.१७) § मालापोत कार्यालयले मौकामा भरेको विवरण अनुसार दर्ता नगरी दिएका कारणले मात्र विर्ता विवरण वमोजिम दर्ता गर्न पाउने हक जाने भन्न नमिल्ने । (प्र.नं.१७) § विवादीत जग्गाको विषयमा विभिन्न प्रकारले मुद्दा परे पनि यस्को यति हक पुग्छ भन्ने ठहर भै सकेको अवस्था नदेखिई पुरा जग्गामा दावी लिएको विवरण सम्म दाखिल गरेको दर्ता गराई सकेको अवस्था नभएको कारण देखाई फैसला हुदै आएको देखिन आएवाट पुर्व फैसलाहरुले नै यी पुनरावेदक वादीको हक स्थापित नभई प्रत्यर्थी प्रतिवादीको मात्र हक स्थापित भई सकेको भन्ने मिल्ने अवस्था पनि देखिएन । (प्र.नं.१८) पुनरावेदक वादी तर्फवाटः विद्धान अधिवक्ता श्री गणेश प्रसाद खरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्धान अधिवक्ता श्री हरिहर दाहाल । अबलम्वित नजीर : फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, पोखराको मिति ०५०।९।२९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (ग) बमोजिम पर्न आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः २. रत्नाखर पराजुलीका नाउंमा १८७७ सालमा विर्ता लाल मोहर भएको अंशियारा विचमा वण्डा हुंदा मेरा पिता शिव प्रसादको अंश हकको पुर्व वाटो पश्चिम वाटो उत्तर गोपालको सांध, दक्षिण झलक वहादुर उदासको सांध यति ४ किल्ला भित्रको विजमाना ।।६ तिरो रु.। ५२ लागेको ठुलो वगर भन्ने जग्गा विर्ता उन्मूलन ऐन लागु भएपछि पिता शिव प्रसादले विर्ता विवरण दाखेल गर्नु भएको रैकरमा परिणत हुन वांकी रहेको अवस्था गज वहादुर गुरुङलाई २०१८ सालमा रु.९९। मा हदमुनीको राजिनामा गरी दिएपछि निज गज वहादुरले घर वनाउन नक्सा पास गर्ने शिलशिलामा विष्णुमायाको विरोध परि कारवाही हुदै जादा सर्बोच्च अदालत वाट विर्ता विवरण वमोजिम शिव प्रसादका नाउंमा दर्ता भै नसकेको हुनाले निजवाट लिएको राजिनामा बदर हुने भनि फैसला भै पिता शिव प्रसादकै हकमा फर्किएको र पिताजीको शेषपछि मेरो हक हुन आएको उक्त ४ किल्ला भित्रको पो.न.पा. वडा नं. १ कि.नं. ६५१ ज.रो. ०-११-०.१/४ को जग्गा विपक्षी समेतका उपर जग्गा खिचोला मुद्दा परि विपक्षीका पति तारा प्रसाद र मेरो पिताको वरावर हक हुने भनि सर्बोच्च अदालतवाट २०४०।८।१८ मा फैसला भएको छ । सोही फैसला समेतका आधारमा जग्गा दर्ता गरी पाउं भनि मा.पो.का.कास्कीमा निवेदन दिएकोमा ०४४।३।३ मा निर्णय भै ग.अं.अ.मा मेरो पुनरावेदन परि मा.पो.का. को पर्चा बदर गरी मा.पो.का.कास्कीमा तारेख तोकि पठाएकोमा मा.पो.का.वाट ०४६।६।२९ मा अदालतवाट हक कायम गरी ल्याएका वखत फैसला अनुसार हुने भनि सुनाएको र पिताको शेषपछि मेरो हक भएको र मुद्दा पर्दा पर्दैको अवस्था विपक्षीले गराएको दर्ता र