निर्णय नं. ९२१३ - लागु औषध सेतो हेरोइन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२१३ - लागु औषध सेतो हेरोइन भाग: ५६ साल: २०७१ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७१/०५/११ ३६३० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ फैसला मिति : २०७१।५।११।४ ०६८-CR-१०६७ मुद्दा : लागु औषध सेतो हेरोइन । पुनरावेदक/प्रतिवादी : इरानको मसाद भन्ने ठाउँको स्ट्रिट नं. १६, घर नं. २५७ घर भै ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा डेरा गरी बस्ने हाल कारगार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेका मोहमद फैज विरूद्ध प्रत्यर्थी/वादी : प्रहरी प्रतिवेदनले नेपाल सरकार § कसैबाट कुनै लागु पदार्थ फेला परेमा निजले सो पदार्थ कानूनबमोजिम प्राप्त गरेको वा राखेको हो भन्ने कुराको प्रमाण निजले नै पेस गर्नुपर्ने, पेस गर्न नसकेमा र अन्यथा प्रमाणित भएमा बाहेक निजले यस ऐनअन्तर्गत सजाय हुने अपराध गरेको मानिने व्यवस्था गरी प्रमाणको भार प्रतिवादीमा राखेको देखिने । § औषधसम्बन्धी अपराध निरपेक्ष दायित्वअन्तर्गत पर्ने अपराध भएको हुनाले जसबाट लागु औषध बरामद भएको छ, निजले सो लागु औषध कानूनबमोजिम प्राप्त गर्न वा राख्न पाउने हो भनी तथ्ययुक्तरूपमा प्रमाणित गर्न नसकेमा सोबाट सिर्जित दायित्वबाट उन्मुक्ति पाउन सक्ने अवस्था नहुने । § उल्लिखित कानूनी व्यवस्था अनुसार आफू निर्दोष रहेको प्रमाण पुर्याउने भार प्रतिवादीमा नै निहित रहेकोमा सो अनुसार यी पुनरावेदक प्रतिवादीले तथ्ययुक्त प्रमाण प्रस्तुत गरी आफू निर्दोष रहेको कुरा प्रमाणित गर्न सकेको नपाइने । (प्रकरण नं. ४) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्रुतिकुमारी रेग्मी प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४, १२, १४ । सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री भीमकुमार ओझा पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री राजेन्द्रप्रसाद राजभण्डारी मा.न्या.श्री टंकबहादुर मोक्तान फैसला न्या.देवेन्द्रगोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ : जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा चोकबाट चौधरी ग्रुपको अफिसतर्फ जाने सानो कच्ची गल्लीदेखि पूर्व ऐ.ऐ.मा रहेको नाति महर्जनको ४ चारतले घरदेखि पश्चिम, ऐ. मा रहेको बीर महर्जनको ४ तले घरदेखि दक्षिण, ऐ. मा रहेको ढुङ्गेधारा जाने बाटोदेखि उत्तर यति चार किल्लाभित्र रहेको कान्छा महर्जनको ४ तले, दक्षिण मोहडा भएको घरको तेस्रो तलामा रहेको २ वटा कोठामा प्रवेश गरी खानतलासी गर्दा सुत्ने कोठामा रहेको काठको दराजमाथि रहेको रातो रङ्गको सिनथेटिक सुट्केस रहेकोमा सो सुट्केस खोली हेर्दा भित्र ४५० ग्राम सेतो हेरोइन र ५ हजार अमेरिकी डलर फेला परेको भन्नेसमेत व्यहोराको खानतलासी मुचुल्का । मिति २०६६।८।२६ गतेका दिन इरानी नागरिक मोहमद फैजको जिल्ला ललितपुर, उपमहानगरपालिका वडा नं. २ मा रहेको डेरा खानतलासी गर्दा कोठामा रहेको सुट्केसबाट ४५० ग्राम सेतो हेरोइन र ५ हजार अमेरिकी डलर बरामद गरेको उक्त बरामद लागु औषध जर्मन नागरिक एलेन भन्नेले मलाई राख्न दिएकाले मैले कोठामा राखेको हुँ । सो राखेको लागु औषध नै प्रहरीले बरामद गरेको हो । बरामद भएको ५ हजार अमेरिकी डलर मलाई मेरो बहिनी ज्वाइँ मोहमद फैजले इरानबाट पठाइदिएका हुन् । सो लागु औषध एलेन भन्नेले के कहाँबाट ल्याएका