निर्णय नं. १७३६ - अंश फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १७३६ - अंश फैसला बदर भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/०८ २१५० निर्णय नं. १७३६ ने.का.प. २०४० अङ्क ९ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३९ सालको दे.फु.नं. ३० फैसला भएको मिति : २०४०।९।८।६ मा निवेदिका/वादी : नुवाकोट महादेवस्थान गा.पं.वडा नं.२ थानसिंह बस्ने खड्गकुमारी पाठक विरूद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ मिश्री पाठकसमेत विषय : अंश फैसला बदर (१) अड्डामा उपस्थित भई सहिछाप गरी अड्डाबाट पास समेत गराएको बण्डापत्रको लिखतलाई ठोस सबूत प्रमाणको अभावमा अवैध लिखत घोषित गरी पास समेत भएको लिखतलाई बदर गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदिका वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला प्र.न्या.नयनबहादुर खत्री १. यस अदालतको डिभिजनबेञ्चबाट भएको फैसला उपर निवेदकले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको बिन्तिपत्रमा दोहर्याई दिनु भन्ने हु.प्र.बक्स भएअनुसार प्रस्तुत मुद्दा यस बेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको छ । यस मुद्दाको संक्षिप्त तथ्य तथा जिकिरहरू यसप्रकार छन् : २. ससुरा गोपिदत्तका छोरामा विपक्षी जेठाज्यू पशुपतिभक्त र माहिला लक्ष्मीदेवीका पति प्रेमप्रसाद र कान्छा दुर्गाभक्त समेत ३ छोरा ४ छोरी भएकोमा छोरीहरूको विवाह भइसकेको प्रेमप्रसादको छोराछोरी नभई परलोक भइसक्नुभएको । ससुरा, बूढा ससुराको आर्जनको श्रीसम्पत्तिमा बराबर ३ बण्डा गरी १ भाग विपक्षी पशुपतिभक्त र १ भाग प्रेमप्रसादको श्रीमती लक्ष्मीदेवी १ भाग दुर्गाभक्तको गरी दुर्गाभक्तको भागबाट विपक्षी सौता मिश्री र निजको छोरा कृष्ण १ म १ म तर्फका नावालख छोरा बद्रि समेतको अंश भाग लाग्ने र सौताको छोरी र म तर्फको छोरी २ को विवाह भाग पर सार्नुपर्ने मौजुद छौं । दमुल दनुवार भन्ने तिर्जामा जनिएको थानसिं फाँटको खेतका खलाहरू र का.न.पं.वडा नं.२० अन्तर्गतको अं.२ रोपनी जग्गामा बनेको व्लक नं. १५।३५८ को घर समेत सबै अंशियारको भाग लाग्ने घर जग्गा भएको विपक्षी दुर्गाभक्त म समेत १० साल चैत्र मसान्त सम्म एकै भान्छा गरी सगोल बसी आएको रोग लागी दुर्गाभक्त ०२३ सालदेखि विक्षिप्त हुनुभएको । यसै बीच उपरोक्त घर जग्गा मध्ये नं. १६९।१६८ को घरबारी र ल.नं. ९३।१९८ को जग्गा सम्म लिखतमा चढाइन माल मार्फत ०२४।३।१८ मा पास गरेको रहेछ सो लिखतलाई पक्का गराउना खातिर विपक्षी मिश्री पाठकले पशुपति पाठक समेत उपर अंश मुद्दा र जालसाजी बण्डापत्र बदर गरिपाउँ भन्ने मुद्दा पारी ०२६।६।३१ मा फैसला समेत गराएछन सो बण्डा भनेको कागज बाहेक दपोट भनी मिश्री पाठकनीले पशुपतिभक्त समेत उपर नालेस गरी कारवाही चलाएका र पश्चिम १ नं.को जग्गामा विपक्षी पशुपतिभक्तले झुठ्ठा लुटपिटमा म समेत उपर नालिस गरेकोबाट मेरो समेत अंश मेटाउन जालसाजी र बेरीतबाट बण्डापत्र खडा गरेको प्रष्ट छ । अ.बं.२४ नं.को विपरीत सो बण्डा कानुनले मान्यता नहुने र झुठ्ठा व्यहोराको बण्डापत्र कागज खडा गरेको सो लिखत निष्कृय गरिपाउँ र उक्त कागजको सक्कलै खिची अ.बं.७८ नं.बमोजिम नामाकरण गराई पाउनुपर्छ । उपरोक्त घर जग्गा र सो बाहेक अन्य जग्गा समेत एकैमुष्ट गरी ३ भाग लगाई १ भागबाट मेरो र १ भाग नावालख छोराको हुने गरी बीच बीचमा खडा गरेको मुद्दाहरू र ०२८।६।३१ को यस अदालतबाट भएको फैसला समेत बदर गरिपाउँ भन्ने समेत मिति ०२६