निर्णय नं. ६२७८ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६२७८ - लेनदेन भाग: ३८ साल: २०५३ महिना: माघ अंक: १० फैसला मिति :2053/05/10 २८६३ निर्णय नं. ६२७८ ने.का.प.२०५३ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे संवत २०५१ दे.पु.नं. ......... ५६५ फैसला मितिः २०५३।५।१०।२ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः का.जि.का.न.पा. वार्ड नं. ११ थापाथली स्थित श्री ५ को सरकार स्थानिय विकास मन्त्रालय अन्तर्गत आदर्श छापाखानाको तर्फवाट ऐ.का. छापाखाना प्रमुख वर्ष ४९ को हेमराज पाण्डे । विरुद्ध विपक्षी वादीः नेपाल वैंक लिमिटैड काठमाडौंको तर्फवाट अख्तियार प्राप्त ऐ.का. मुख्य प्रवन्धक योगेन्द्र राज रिजाल । § एकै दिन, उहि पक्षहरुका विच एकै विषयमा भएका लिखत वमोजिमको रकम दिलाई पाउं भन्ने दावी देखिंदा अ.वं. ७२ नं. विपरित भन्न नमिल्ने । (प्र.नं.१२) § वादीले कपाली सरहको लिखत भएकोले सांवा व्याज भराई पाउं भनि दिएको फिरादको प्रतिवाद गर्दा उक्त लिखत लेनदेन प्रकृतिको कारोवारको लिखत नभई करार प्रकृतिको हो भन्ने जिकिर प्रतिवादीले लिएको देखिएन । कुनै व्यापारिक कारोवारको सम्वन्धमा लिखत भएको समेत देखिदैन । तसर्थ वादी दावी वमोजिम सांवा व्याज रकम भराई दिने गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मनासिव ठहर्ने । (प्र.नं.१२) पुनरावेदक तर्फवाटीः विद्धान अधिवक्ता श्री राजिवकान्त मैनाली । विपक्षी तर्फवाटः अबलम्वित नजीरः फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत, पाटनको मिति ०४९।१।२२ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) (क) वमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यस प्रकार छः २. विपक्षी श्री ५ को सरकारको स्वामित्वमा रहेको आर्दश छापाखानाले मिति ०४१।१।२५ मा निजको नाममा काटिएको राष्ट्रिय वाणिज्य वैंकको रु.१८,००,०००। र सोही मितिमा काटिएको राष्ट्रिय वाणिज्य वैंकको रु.२०,००,०००। थान दुई वैंकवाट जम्मा रु.३८,००,०००। (अठतीस लाख) वैंक नियम वमोजिम वि.पि.गरी विपक्षीवाट दुईवटा छुट्टै छुट्टै लिखत लेखाई भुक्तानी दिईयो । उक्त दुवै वैंक कलेवरानको लागि जांदा सम्वन्धित राष्ट्रिय वाणिज्य वैंकवाट मिति ०४१।१।२६ मा फिर्ता आयो । त्यस सम्वन्धमा विपक्षीसंग सांवा रु.२१ प्रतिशत व्याजसहित भुक्तानी गर्न पत्राचार गरियो । पटक पटक गरी १,१४,९७०। वुझाएको र अन्य रकम नवुझाएकोले वाध्य भएर यो फिराद दायर गरिेएको छ । विपक्षीहरुवाट सांवा रु.३८,००,०००। र १९।११।०४४ सम्मको व्याज रु.४२,८२,१०४।६० समेत जम्मा रु.७९,७७,३३३।७० र फिराद मिति देखि भरि भराउ हुने दिन सम्मको सांवाको सयकडा २५ प्रतिशतले व्याज समेत दिलाई भराई पाउं भन्ने समेत व्यहोराको नेपाल वैंक लि.को मिति २०४४।११।२३ मा तत्कालिन अवस्थाको वागमति अंचल अदालतमा परेको फिरादपत्र । ३. फिराद दावी वमोजिम को रु.३८,००,०००। वुझाउनु पर्ने तथ्य सत्य हो । त्यस मध्ये पटक पटक गरि रु.१,१४,९७०। वुझाई सकेको र वांकी रकम पनि तिर्दै जाने तर्फ प्रयत्नशिल रहेको भन्ने समेत व्यहोराको आर्दश छापाखानाको तर्फवाट र आफ्नो तर्फवाट समेत छापाखानाको प्रमुख वोध वहादुर राउतको मिति २०४५।४।२५ गतेको संयुक्त प्रतिउत्तर पत्र । ४. फिराद दावी अनुसारको कारोवारमा संलग्न हुनु पर्ने कुनै कारण छैन र भएको पनि होइन । सो कारोवार फिरादी र आर्दश छापाखाना विच भएको हो । रकम नतिरेको हुनाले रकम भुक्तान गर्न आर्दश छापाखानालाई पत्राचार मात्र गरिएको हो, फिरादीलाई कुनै अन्याय गरेको छैन यसरी