निर्णय नं. १७३७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १७३७ - कर्तव्य ज्यान भाग: २५ साल: २०४० महिना: पौस अंक: ९ फैसला मिति :२०४०/०९/२२ २१७७ निर्णय नं. १७३७ ने.का.प. २०४० अङ्क ९ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको फौ.फु.नं. २७ फैसला भएको मिति : २०४०।९।२२।६ मा पुनरावेदक/प्रतिवादी : गोरखा जिल्ला वोर्लाङ गा.पं.वार्ड नं.८ क्यामुनाटार घर भई हाल काठमाडौं कारागार थुनामा रहेकाहरू तारानाथ रेग्मीसमेत विरूद्ध विपक्षी/वादी : विष्णुदत्त शर्माको जाहेरीले श्री ५ को सरकारसमेत मुद्दा : कर्तव्य ज्यान (१) सहअभियुक्तहरूको भनाई अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टी हुनुपर्दछ तब मात्र त्यसलाई प्रमाणको रूपमा लिनसकिन्छ । (प्रकरण नं. ४३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कक्ष मल्ल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी वादीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री कामानन्द देव झा फैसला न्या.धनेन्द्र्रबहादुर सिंह १. डिभिजनबेञ्चका माननीय न्यायाधीशहरूको बीचमा राय नमिलेकोले सर्वोच्च अदालत नियमावली, २०२० को नियम ३३(क) बमोजिम यस फुलबेञ्च समक्ष निर्णयार्थ पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्यहरू यसप्रकार छ : २. मेरी दिदी पद्मकुमारी रेग्मीको विवाह क्यामुनाटारमा भएको, छोरा नभएकी विधवा ६२ वर्ष उमेर पुगेको थिइन । ऐ.क्यामुनाटार बस्ने कनुप्रसाद, ताराप्रसादसँग २०१५ सालदेखि अंश मुद्दा परी हाल पश्चिमाञ्चल क्षेत्रीय अदालतमा चली रहेकोमा २०३४ साल भाद्र १ गते वोर्लाङ सिमल्टार सुन्दरीपुर आफ्नो सहोदर बहिनीका घरमा भेटघाट गर्न जान्छु भनी माइत गई ऐ.४ गते कागजपत्र लिन दरभुंग जान्छु भनी बहिनीसँग बिदा भई हिँडेकी हालसम्म मरे बाँचेको समेत केही थाहा नभएकोले खोजतलासी गरिपाउँ भन्ने समेत ०३४।६।४।३ को जाहेरी दरखास्त । ३. विष्णुदत्तलाई झिकाई सनाखत कागज गराउँदा दिदी पद्मकुमारीले दिदीकै भतिजा क्यामुनाटार बस्ने ताराप्रसाद रेग्मी र कनुप्रसाद रेग्मीसँग गोरखा जि.अ.मा परेको अंश मुद्दाको मिति ०३४।५।५ गतेको तारेख समेत गुजारेकी र क्यामुनाटारको बाटो भई दरभुंग जान हिँडेकी बेपत्ता समेत भएको कारण निज ताराप्रसाद र कनुप्रसादले नै मारे मराएको शंका लाग्छ भन्ने समेत ०३४।७।१५।२ को कागज । ४. कान्छीआमा पद्मकुमारीसँग अंश मुद्दा परी रहेकोमा जिती अंश पाउने भएकी हुँदा निजको अंश भाग पनि आफैंले खाने उद्देश्यले बोर्लाङ सिमल्टार बहिनीको घरबाट दर्भुङ जान भनी आइरहेको बखत अँधेरी खोलामा २ भाइ बसी पद्मकुमारीलाई मारी स्याउलाले छोपी घर आयौं । सो बखत गाउँकै कुप्रे दमाई पनि आई पुग्यो उक्त काम गरेको निजले पनि देखेको थियो । राति दुई भाइ मिली लासलाई काठमा बाँधी अँधेरी खोला दोभानमा लगी खाडल खनी लास गाडी फर्केका हौं । हामी २ भाइ बाहेक अरू मद्दतगार कोही थिएनन् भन्ने समेत व्यहोराको २०३४।७।१८।५ को कनुप्रसादले प्रहरीमा गरी दिएको काजग । ५. कान्छीआमा पद्मकुमारीलाई मार्ने अवस्थामा म थिइन मारी सकेपछि बुढीलाई मारे भनी कनुप्रसादले मलाई भन्यो दुवै भाइ भई लास गाडी आएको हो भन्ने समेत व्यहोराको ऐ.ऐ मितिमा ताराप्रनाथको प्रहरीमा भएको कागज । ६. पद्मकुमारीलाई गाडेको च्याहान खनी हेर्दा खाल्टोमा मासु र छाला केही नबचेको नरकाल सिंगै देखिएको र फरिया र चोलो गली चिराचिरा भएको टुक्रा टुक्रिएको भन्ने समेत मिति २०३४।७।२० को लासप्रकृति मुचुल्का । ७. मर्नेकी बहिनी नर्भदालाई झिकाई चोला फरि